Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • January 24, 2024
  • 658

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर्‍ यो ?

  • सन् २०२४ जनवरी २०
  • मानवरहित यान चन्द्रमामा अवतरण भएको जाक्साले जनाएको छ ।
  • अवतरणपश्चात् चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार ब्याट्रीको रिचार्ज हुन नसकेपश्चात् यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बिर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधि भइरहेको जाक्साले जनाएको छ ।
  • स्लिमको अवतरणसँगै अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ ।

२. फिफा सर्वश्रेष्ठ फुटबलर–२०२४ घोषित हुन सफल खेलाडी को हुन् ?

  • पुरुष तर्फ : लियोनल मेसी र महिला तर्फ : आइतावा बोनमती 

३. सशस्त्र प्रहरीमा डिएसपी बढुवा हुन कुन विषयमा पोस्ट ग्य्राजुएट डिप्लोमा अनिवार्य गरिएको छ ?

  • विपत् व्यवस्थापन 
  • सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुन सुरक्षा तथा विपत् व्यवस्थापन अध्ययनमा पोस्ट ग्य्राजुएट डिप्लोमा गर्नुपर्ने भएको छ ।
  • इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन पोस्ट ग्य्राजुएट डिप्लोमा इन सेक्युरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।
  • यसअघि सशस्त्र प्रहरीमा डिएसपीमा बढुवाका लागि कम्पनी कमान्ड एन्ड स्टाफ कोर्स (सिसिएसी) राखिएको थियो । यस पटकबाट भने कम्पनी कमान्ड र विपत् व्यवस्थापन दुवै कक्षा एकै पटक भइरहेको छ ।

४. ‘मैले छिचोलेका कुइनेटा’ नामक कृतिका लेखक को हुनुहुन्छ ?

  • डा. मुकेशकुमार चालिसे

५. ट्राभल वेबसाइट ट्रिप एडभाइजरद्वारा प्रकाशित विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मध्ये पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ?

  • काठमाडौँ

६. काठमाडौँ महानगरपालिकाले वार्षिक तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली कुन ठाउँमा निर्माण गरेको छ ?

  • बालाजु
  • यो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो ।
  • बर्खाको पानी बगेर खेर जाने र हिउँदमा पानीको अभाव हुने हुँदा यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिएको हो ।
  • तीव्र सहरीकरणका कारण अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय बर्षात् छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिक रूपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ ।

७. नेपाली गायन जगत्का उज्ज्वल नक्षत्र योगेश वैद्यको निधन कहिले भएको हो ?

  • वि.सं. २०८० माघ ५
  • उहाँका ‘सपना भुलाइ सारा आँसु पिएर जाउ’, ‘आँखैमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे, घायल यो दिल के हाँस्थ्यो’, ‘नेपाल मेरो तिमीलाई’ लगायतका गीत चर्चित छन् । उहाँले नेपाल भाषाका पनि थुप्रै गीत गाउनुभएको छ ।
  • वनस्पतिशास्त्रमा एमएस्सी गर्नुभएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रही २०६१ सालमा सहसचिव पदबाट अवकाश हुनुभएको थियो ।
  • उहाँले यही माघ १ गते मात्रै गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिएको धुस्वाँ सायमी सिर्जना पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्टलगायत प्रख्यात पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँका विभिन्न कृतिसमेत प्रकाशित छन् ।
  • उहाँका दुई छोरी र एक छोरा छन् ।

८. असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले युगान्डातर्फ प्रस्थान गर्नु भयो ?

  • वि.सं. २०८० माघ ४ (माघ ७ मा स्वदेश फिर्ता)

९. पहिलो साक्षर घोषित प्रदेश कुन हो ?

  • बागमती प्रदेश (दोस्रो : गण्डकी)
  • बागमती प्रदेश साक्षर घोषित : विसं २०७८ असोज ११
  • गण्डकी प्रदेश साक्षर घोषित : विसं २०७८ असोज २४

१०. हेन्ली पासपोर्ट इन्डेक्स–२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

  • १०३औँ 

११. हाल राष्ट्रसङ्घको स्थायी प्रतिनिधिमा को रहनुभएको छ ? 

  • लोकबहादुर थापा
  • उहाँ पन्ध्रौँ स्थायी प्रतिनिधि हुनुहुन्छ ।
  • यसअघि राष्ट्रसङ्घको प्रतिनिधि अमृतबहादुर थापा हुनुहुन्थ्यो ।
  • नेपालको पहिलो स्थायी प्रतिनिधि ऋषिकेश शाह हुनु भयो ।

१२. बुकर पुरस्कार–२०२३ कसलाई प्रदान गरियो ?

  • पाउल लिन्च (आयरल्यान्ड)
  • ‘प्रोफेट सङ्ग’ उपन्यासका लागि यो अवार्ड प्रदान गरिएको हो ।
  • सन् १९६९ बाट प्रदान गर्न थालिएको यस पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ ।

१३. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

  • माल्दिभ्स

१४. नेपाली स्याटेलाइट ‘नेपाली स्याट १’ कति दिन अन्तरिक्षमा रहेर पृथ्वीमा खसेको थियो ?

  • ८४१ दिन

१५. कँगो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ए, क्लेड टु बी कुन रोगका भेरिएन्ट हुन् ?

  • मङ्की पक्स

१६. महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?

  • वि.सं. २०७९ असोज १४

१७. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ? 

  • सन् २०२३–२०२७

१८. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार–२०२३ बाट सम्मानित हुने नेपाली को हुनुहुन्छ ?

  • डा. घनश्याम ज्ञवाली

१९. राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

  • माघ १
  • नवौँ राष्ट्रिय योग दिवस (२०८०) को नारा : गरौँ योग – रहौँ निरोग
  • वि.सं २०७२ साउन २८ को मन्त्रीपरिषद् बैठकले माघ १ गतेका दिन राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।
  • सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको हो ।

२०. ७५ औँ संस्करणको एमी अवार्ड–२०२४ मा ‘आउट स्ट्यान्डिङ ड्रामा’ को उपाधि जित्न सफल फिल्म कुन हो ?

  • सक्सेसन 
  • अवार्ड समारोहमा फिल्म सक्सेसन र द वियरले सर्वाधिक छ÷छ अवार्ड जितेका छन् ।
  • आउटस्ट्यान्डिङ ड्रामा : सक्सेसन
  • उत्कृष्ट अभिनेता : म्याथु म्याकफेडेन (सक्सेसन)
  • उत्कृष्ट निर्देशक : मार्क माइलड (सक्सेसन)
  • प्रमुख अभिनेता : काइरन कल्किन (सक्सेसन)
  • प्रमुख अभिनेत्री : सारा स्नोक (सक्सेसन)
  • उत्कृष्ट लेखन : जेसी आमस्ट्रङ (सक्सेसन)
  • आउटस्ट्यान्डिङ कमेडी सिरिज : द वियर
  • लेखन र निर्देशन : क्रिस्टोफर स्टोरर (द वियर)
  • प्रमुख अभिनेता : जेरेमी एलिन ह्वाइट
  • प्रमुख अभिनेत्री : आयो एडिविरी
  • हअभिनेता : इबोन मोस बाचाराच

२१. महानगरपालिका हुनका लागि कति जनसङ्ख्या हुनुपर्ने प्रावधान छ ?

  • पाँच लाख
  • कम्तीमा पाँच लाख स्थायी बासिन्दा,
  • पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा एक अर्ब रुपियाँ,
  • कुल सडक लम्बाइको कम्तीमा ७५ प्रतिशत पक्की भएको,
  • विशेषज्ञसहितको अस्पताल, कम्तीमा १०० शय्याको एक अस्पतालसहित कम्तीमा ५०० शय्याको अस्पताल सुविधा,
  • अन्तर्राष्ट्रिय सभाहल तथा अन्तर्राष्ट्रिय स्तरको व्यापारिक प्रदर्शनी स्थल,
  • सङ्ग्रहालय भएको, प्राविधिक शिक्षालय भएको,
  • अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा भएको,
  • अन्य सहरी सुविधा भएको,

२२. त्रिभुवन विश्वविद्यालयको पहिलो कुलपति को हुनु भयो ?

  • कान्ति राज्यलक्ष्मी देवी शाह
  • (पहिलो उपकुलपति : सुवर्णशमशेर जबरा)

२३. पन्ध्रौँ योजनामा उल्लिखित दीर्घकालीन लक्ष्य अनुसार विसं २१००/०१ सम्ममा नेपालीको प्रतिव्यक्ति आय कति पुर्‍ याउने लक्ष्य रहेको छ ?

  • १२,१०० अमेरिकी डलर 

२४. आदिकवि भानुभक्त पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • प्राध्यापक घनश्याम कँडेल (पुरस्कार राशि : एक लाख २५ हजार रुपियाँ)

२५. नेपालमै पहिलो पटक पोथी हात्तीको शल्यक्रिया गरी बच्चाको जन्म कहिले गराइयो ? 

  • वि.सं. २०७९ फागुन २५
  • सौराहाको खोरसोरमा अवस्थित हात्ती प्रजनन केन्द्रमा गण्डकीकली नामक ढोईको शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।
  • छावाको नाम विजयगज राखिएको थियो ।

२६. विदेशमा बस्ने नेपालीलाई ध्यानमा राखी निःशुल्क टेलिमेडिसन सेवाको सुरुवात कहिले गरिएको हो ?

  • वि.सं. २०७९ चैत १५

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA