राष्ट्रिय सभा निर्वाचन २०८०
- निर्वाचन मिति – २०८० माघ ११ गते
- नतिजा सार्वजनिक – २०८० माघ ११ गते
- निर्वाचन भएको जम्मा सिट – १९ वटा
- जम्मा उम्मेद्वार संख्या – ५२ जना
- नेपालको वर्तमान संविधानको धारा ८६ मा राष्ट्रिय सभाको निर्वोचन सम्बन्धी व्यवस्था रहेको छ।
- राष्ट्रिय सभाका सदस्यहरूको पदावधि ६ वर्षको हुन्छ जसमध्ये एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त सँवैधानीक व्यवस्था रहेको छ
- यस निर्वाचनका लागि नयाँ मतभार निर्धारण
- मतभार निर्धारण मिति – २०८० मंसिर ६ गते
- प्रदेश सभा सदस्यको मतभार – ५३
- गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुखका मतभार – १९
- राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहने व्यवस्था रहेको छ।
- मतभारलाई जनसंख्याको आधारमा तय गरिने भएकाले जनगणना २०७८ को नतिजाअनुसार नयाँ मतभार निर्धारण गरिएको हो।