सातौँ कृषि गणना
- मुलुकमा संघीयतालाई शासन प्रणालीको रूपमा अपनाए पछिको यो पहिलो कृषि गणना हो ।
- नारा: कृषि योजनाको सार, कृषि विकासको पूर्वाधार
- गणना अवधि २०७९/१/६ देखि २०७९/२/१९ सम्म
- नतिजा सार्वजनिक मिति २०८० भाद्र २१
नतिजा अनुसार
- कृषि पेसामा संलग्न रहेका कृषक परिवार संख्या : ४१ लाख ३० हजार ७ सय ८९ (६२ प्रतिशत)
- कृषि कर्म गरेको जमीनको क्षेत्रफल: २२ लाख १८ हजार ४ सय १० हेक्टर
- कृषक परिवारको मुख्य आम्दानीको स्रोत कृषि रहेको : ७०.४ प्रतिशत
- आफ्नै कृषि उपजबाट वर्षभरी खान पुग्ने किसान: ४५ प्रतिशत
- आफ्नो कृषि कर्मबाट भएको सबै उत्पादन विक्री गर्ने : १.१ प्रतिशत
- आफ्नो कृषिकर्म बाट भएको सवै उत्पादन घरायसी उपभोग गर्ने कृषक परिवार ६८.८ प्रतिशत
- जम्मा कृषक परिवारमध्ये कृषि कार्यका अतिरिक्त अन्य आर्थिक
- क्रियाकलाप पनि सञ्चालन गर्ने : २६ प्रतिशत
कृषि पेसामा आवद्ध
- पुरुषको हिस्सा :६७.६ प्रतिशत
- महिलाको हिस्सा : ३२.४ प्रतिशत
- प्रदेशगत हिसाबले सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश – कोशी प्रदेश
- जिल्लागत रूपमा सबैभन्दा बढी कृषक परिवार भएको जिल्ला – झापा
- पशुपालन गर्ने कृषक परिवार संख्या ३४ लाख ५ हजार १४
- कृषि कर्मका लागि ऋण लिने कृषक परिवार ४ लाख ८३ हजार २ सय ८ (११.७ प्रतिशत)
- कृषि बिमामा आवद्ध कृषक १ लाख ८२ हजार ४ सय ४१ (४.४ प्रतिशत)
- १,६३९,००० (४० प्रतिशत) कृषकले कृषि कार्यमा ट्र्याक्टर प्रयोग गर्दै आएका छन्।
- सिंचाई सुविधा पुगेको जमिनको क्षेत्रफल १२,०९,२६५ हेक्टर (५४.५ प्रतिशत)
- सिंचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाई सुबिधा उपयोग भएको जग्गाको क्षेत्रफल ८,७९,५७० हेक्टर (७२.७ प्रतिशत)
- ३ लाख ८ हजार (५ सय ७.५ प्रतिशत) किसान परिवारले सरकारी अनुदान पाएका छन् ।
- जलवायु परिवर्तनबारे जानकारी प्राप्त कृषक : ५४ प्रतिशत
- उन्नत बिउ लगाउने कृषक परिवार २२.२ प्रतिशत
- विषादीको प्रयोग गर्ने कृषक परिवार २६.७ प्रतिशत
- सबैभन्दा बढी क्षेत्रफलमा लगाइएको वाली – खाद्यान्न वाली
- धान बाली लगाइएको जमिन – १२ लाख १६ हजार ३८७ हेक्टर
- मकै बाली लगाइएको जमिन ५ लाख ५९ हजार ९०९ हेक्टर
- गहुँ बाली लगाइएको जमिन ६ लाख ५४ हजार १९४ हक्टर
- ० नेपालमा विगत १० वर्षमा पशुपालन गर्ने किसान परिवार ३,३५३,८५७ बाट बढेर ३४,०५,०१४ पुगेको छ
- सबैभन्दा धेरै कृषि योग्य जमिन चलनमा रहेका ५ जिल्लाहरू क्रमश : मोरङ, झापा, सिरहा, सर्लाही,सप्तरी