नेपालमा गरिबी दर २०.२७ प्रतिशत
- राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्याङ्क अनुसार नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि (५९ लाख ११ हजार ६ सय ५९ जना)
- यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ ले गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो ।
- प्रदेशका आधारमा सबैभन्दा कम गरिबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ।
- त्यस्तै, शहर र गाउँको तुलनामा सबैभन्दा कम काठमाडौमा ७% र सबैभन्दा धेरै सुदूरपश्चिमका गाउँमा ४०% गरिब रहेको तथ्याङ्कमा उल्लेख छ ।
- राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० सर्वेक्षणका अनुसार धनी र गरिबबीचको असमानता नाप्ने जिनी सूचक शून्य दशमलव ३० पुगेको छ ।यसअघि जिनी सूचक शून्य दशमलव ३३ थियो ।
- नेपालमा २०३४ सालदेखि गरिबी सर्वेक्षणको काम शुरु भएको हो । त्यसबेला ३६ प्रतिशत गरिबी थियो । २०४८ सालमा गरिबी ४९ प्रतिशत पुगेको थियो ।

