Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

१.१.४ कार्यालयमा संचारको महत्व, प्रकार र माध्यम (“खरिदार विशेष”)

  • Ajnabee Khadka
  • February 27, 2024
  • 453

१.१.४ कार्यालयमा संचारको महत्व, प्रकार र माध्यम (“खरिदार विशेष”)

१.१.४ कार्यालयमा संचारको महत्व, प्रकार र माध्यम (“खरिदार विशेष”)

दुई वा दुई भन्दा बढी व्यक्ति वा समूह वा निकाय बिच सूचना वा जानकारी आदान प्रदान गर्ने कार्यलाई सञ्चार भनिन्छ । यो एक व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने वा अर्को पक्षको विचार धारणा मूल्य मान्यता थाहा पाउने प्रक्रिया हो ।

एउटा व्यक्तिले अर्को व्यक्तिलाई निश्चित सन्देश प्रवाह गर्ने क्रममा प्रयोग गर्ने प्रक्रिया माध्यम सङ्केत र बुझाइको संयुक्त रूप नै सञ्चार हो । सूचना, विचार, अवधारणा, अभिमत, राय, खबर तथा भावना जस्ता सूचनामूलक कुरा पारस्परिक समझदारीको प्रयोजनका लागि प्रसारित गर्ने प्रक्रिया नै सञ्चार हो । प्रशासनमा सञ्चार भन्नाले प्रशासनिक सङ्गठनहरूका विभिन्न निर्णय, कार्यप्रक्रिया, कार्यविधि, कार्यहरू तथा अन्य सङ्गठनका सूचनाहरू प्रसारित गर्ने प्रक्रिया हो । सञ्चार एउटा साधन हो ,जसले प्रशासनिक प्रक्रियालाई सहज बनाउँछ र कार्यान्वयन पक्षलाई सुदृढ गर्दछ ।

सञ्चारका तत्त्वहरू:

  •  सूचना प्रवाह (Sender)
  •  सूचना (Message)
  • प्रसार हुने प्रक्रिया (Channel)
  •  सूचना प्रापक (Recipient)
  •  सूचना प्राप्ति, स्वीकार र बुझाइ ।

सञ्चारको प्रकार/माध्यम:

  •  लिखित सञ्चार/माध्यम
  •  मौखिक सञ्चार/माध्यम
  •  विद्युतीय सञ्चार/माध्यम
  •  सामाजिक सञ्जाल सञ्चार/माध्यम ।

असल सञ्चारका गुणहरू:

  • स्पष्टता
  • पर्याप्तता
  •  वास्तविकता
  •  विश्वसनीयता
  •  उद्देश्यमूलक
  •  समसामयिक
  • स्वीकार्यता ।

सञ्चारका उद्देश्य:

  • लक्ष्य प्राप्तिमा सहजता
  •  कार्यसम्पादनमा समन्वय
  •  सहभागिता बढाउनु
  •  दुई पक्षबीचको सम्बन्ध सुधार गर्ने
  •  अन्तरकार्यालय तथा बाह्य वातावरणसँग सहकार्य गर्ने
  • सूचना जानकारीमा पहुँच वृद्धि गर्ने ।

कार्यालयमा सञ्चारको महत्त्व:

सुगठनको लागि आधारभूत स्रोतहरू Man, Money, Material, Machine and Information मध्ये Information को महत्त्व निर्णायक हुन्छ । प्रभावकारी र व्यवस्थित सञ्चार प्रणालीको माध्यमबाट मात्रै सूचनाको प्रभावकारिता अभिवृद्धी भई सङ्गठनले लक्ष्य प्राप्त गर्न सक्छ । यसको महत्त्वलाई निम्न चित्रबाट पनि देखाउन सकिन्छ ।

सञ्चारको महत्त्वलाई वुदागत रूपमा निम्न अनुसार पनि उल्लेख गर्न सकिन्छ:

  •  प्रभावकारी योजना, समन्वय, नियन्त्रण, अनुगमन मूल्याङ्कन र साङ्गठनिक कार्यवातावरण मार्फत सङ्गठनको सुधार गर्न
  •  कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन वस्तुगत बनाउन
  •  अन्तर निकाय समन्वय कायम गर्न
  •  सङ्गठनका क्रियाकलापहरूको प्रचार प्रसार गर्न
  •  सेवा प्रवाहमा सहजिकरण ल्याउन
  •  पारदर्शिता प्रवर्द्धन गर्न
  •  प्रभावकारी निर्णय गर्न
  •  सेवा प्रवाहमा नागरिक सहभागिता अभिवृद्धि गर्न
  •  जनताको जनविश्वास कायम राख्न
  •  सङ्गठनमा कार्यरत कर्मचारीलाई सङ्गठन प्रति उत्प्रेरित गराउन
  • वातावरणीय अनुकूलता कायम गर्न ।

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 27
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 26
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 26
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA