Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

चिया र कफीको बारेमा केहि रोचक जानकरीहरु

  • Ajnabee Khadka
  • March 03, 2024
  • 583

चिया र कफीको बारेमा केहि रोचक जानकरीहरु

चिया र कफीको बारेमा केहि रोचक जानकरीहरु

चिया बारे जानकारी :

  • विश्वकै पहिलो नगदेबाली ।
  • Green Gold भनी चिन्ने ।
  • नेपालमा वि.सं. १९२० मा जंगबहादुर राणालाई चीन सरकारले उपहारस्वरूप दिएको चिया आफ्ना ज्वाइँ गजराज सिंह थापाले भित्र्याएका थिए।
  • नेपालमा चिया दिवस वैशाख १५ गते मनाइन्छ (वि.सं. २०५४ देखि २०५४ देखि मनाउन सुरु) भने अन्तर्राष्ट्रिय चिया दिवस सन् २००५ बाट मे २१ मा मनाउन सुरु भएको हो।
  • चिया दिवस २०७९ को नारा “गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार- चियाको निर्यात आर्थिक समृद्धिको आधार”,
  • चिया दिवस २०८० को नारा ” गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडा”,
  • विश्वको २५ देशमा चियाको व्यावसायिक खेती हुन्छ जसमध्ये नेपाल १० स्थानमा पर्दछ ।
  • हाल नेपालमा १८ जिल्लामा चिया उत्पादन हुने गरेको छ।
  • नेपालमा Camellia परिवारको आसामी, कम्बोडियाली र चिनियाँ ३ प्रजातिका चिया पाइने (आसामी र कम्बोडियाली चिया सीटीसी चियाका प्रजाति हुन् भने चिनियाँ चिया अर्थोडक्स चियाको प्रजाति हो।
  • नेपालको पहिलो Tea-state : बुधकरण टी स्टेट (वि.सं. २०१६)।
  • चिया क्षेत्र घोषित जिल्ला पाइझाधते ( पाँचथर, इलाम, झापा, धनकुटा, तेह्रथुम)।
  • चिया क्षेत्र घोषणा गर्ने राजा: राजा वीरेन्द्र (२०३९ साल)।
  • चियामा पाइने तत्त्व : टेनिन
  • तराईमा उत्पादित चिया : CTC (Crush, Tear, Curl), बढी उत्पादन हुने जिल्ला : झापा
  • पहाडमा उत्पादित चिया : अर्थोडक्स चिया, बढी उत्पादन हुने जिल्ला : इलाम ( बढी ग्रिन टी पनि इलाम)
  • चिया विकास निगमको स्थापना : वि.सं. २०२३ असोज २३
  • राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना : २०५० जेठ २०
  • राष्ट्रिय चिया नीति : वि.सं. २०५४
  • नेपालमा प्रथम पटक चिया गणना : वि.सं. २०७५ माघ २५
  • चिया सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला : झापा
  • क्षेत्रफलका हिसाबले चिया खेती गरिएका प्रमुख जिल्ला : झापा, इलाम, पाँचथर
  • धेरै किसान चिया खेतीमा संलग्न : इलाम
  • बढी चिया बगान भएको जिल्ला : इलाम
  • नेपालमा चिया खेती सुरुवात : इलाम
  • बढी उत्पादन गर्ने राष्ट्र : चीन, भारत, केन्या, श्रीलंका, टर्की
  • बढी खपत गर्ने : बेलायत

 

 

 

कफी बारे जानकारी:

  • संसारमै चियापछि दोस्रो बढी प्रयोग हुने पेय पदार्थ कफी हो।
  • नेपालमा वि.सं. १९९५ मा भित्रिएको भए पनि वि.सं. २०११ बाट व्यापकता पाएको,
  • कफी भित्र्याउने व्यक्तिः हीरालाल गिरी (म्यानमारबाट)
  • नेपालमा पहिलोपटक कफी : गुल्मीको आँपचौर
  • नेपालमा कफी दिवस : मंसिर १ गते (वि.सं. २०६२ बाट मनाउन सुरु)
  • विश्व कफी दिवस : अक्टोबर १ (सन् २०१४ बाट मनाउन सुरु)
  • राष्ट्रिय कफी दिवस, २०७९ को नारा : “व्यावसायिक कफीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट”
  • कफीमा पाइने तत्त्व : क्याफिन
  • विश्वका करिब ८० देशमा कफी पाइने, जसमा नेपाल ५३ औँ स्थानमा रहेको,
  • हाल नेपालमा ४० जिल्लामा कफी पुगिसकेको र करिब २२ जिल्लामा व्यावसायिक खेती हुने गरेको छ।
  • नेपालमा करिब १००० मिटरदेखि १६०० मिटरसम्मको उचाइमा कफी उत्पादन हुने गरेको पाइन्छ।
  • नेपालमा अराविका वर्णको टिपिका र बर्बन जातका कफी पाइने,
  • नेपालको पहिलो कफी प्रशोधन केन्द्र : गुल्मीको बलेटक्सार (वि.सं. २०४२)
  • राष्ट्रिय कफी नीति : २०६०
  • कफीका लागि प्रसिद्ध जिल्ला : गुल्मी
  • बढी कफी फल्ने जिल्ला : काभ्रेपलान्चोक
  • “एक गाउँ एक उत्पादन”मा कफीको जिल्ला : स्याङ्जा
  • “एक गाउँ एक उत्पादन”मा अर्ग्यानिक कफीको जिल्ला : सिन्धुपाल्चोक
  • नेपाली कफीको मुख्य गन्तव्य : जापान, अमेरिका र विभिन्न युरोपेली मुलुकहरू
  • विश्वमा बढी कफी उत्पादन गर्ने देश : ब्राजिल
  • विश्वमा कफीको घरः इथियोपिया
  • विश्वकै महँगो कफी : इन्डोनेसिया
  • विश्वमा बढी कफी खपत गर्ने देश : फिनल्यान्ड

 

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 24
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 23
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 23
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 23
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA