श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको बारेमा केहि महत्वपुर्ण जानकारीहरु
- जन्म: वि.सं. १७७९ पौष २७ (गोरखा दरबार)
- मृत्यु: वि.सं. १८३१ माघ १ त्रिशुली र तादी नदीको सङ्गम देविघाट (नुवाकोट) को मोहन तिर्थमा
- आमा: ४ वटी चन्द्रप्रभावति (खाँचीको राजकुमारी), कौशल्यावती (पाल्पाकी राजकुमारी), बुद्धिमती (पर्वतकी राजाकी भतिजी) र शुभप्रभावती (तनहुकी राजकुमारी)
- जन्म दिने आमा: कौशल्यावती (पाल्पाकी राजकुमारी)
- शिक्षा दिने आमा: चन्द्राप्रभावती (जेठि रानी) – शामान्य शिक्षा दिएकी,
- विवाह १४ वर्षको उमेरमा वि. सं. १७९३ मा पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी र दोस्रो विवाह वि.सं. १७९७ मा बनारसका अहिमान सिंहकी छोरी नरेन्द्रलक्ष्मी सँग भएको,
- मितेनी शाइनो भक्तपुरका राजा रणजित मल्लका छोरा विरनरसिंह मल्ल सँग,
- राजगद्धी आरोहण २० वर्षको उमेरमा (वि. सं. १७९९ चैत २५ गते)
- पृथ्वीनारायण शाहका गुरु: गौरेश्वर पन्त
- पृथ्वीनारायण शाहका पुरोहित: कुलानान्द जैसी
- गोरखाको शासन सम्हाल्दा १२ हजार घरदुरी थिए।
- पृथ्वीनारायण शाहलाई परराष्ट्र नितीका प्रवर्द्धक भनेर चिनिन्छ (तर आधुनीक परराष्ट्र नीतिका प्रवर्द्धक राजा महेन्द्र )।
- पृथ्वीनारायण शाहसँग छात्ता र जुता माग्ने – जयप्रकाश मल्ल
- दिल्लीका बादशाहले दिएको पदवी: बहादुर शमशेर जंग (वि. सं. १८२७) मा
- योग्य बाबुका अयोग्य सन्तान: प्रतापसिंह शाह (पृथ्वीनारयणका जेठा छोरा )
- योग्य बाबूका योग्य पुत्र: बहादुर शाह (पृथ्वीनारयण शाहका कान्छा छोरा)
- पृथ्वीनारयण शाहसँग उत्तराधिकारीका लागि विवादित भएका राजकुमार बुन्दकेशर शाह (बुद्धिमतीका छोरा) (जन्मका आधारमा पृथ्वीनारायण शाह जेठा र गर्भका आधारमा बृन्दकेशर शाह)
- पृथ्वी नारायण शाहले जाजरकोटे राजा हरि शाहसँग सन्धि गरेका थिए।
- पृथ्वीनारयण शाहले मुख्य गरी २ वय रणनीति अवलम्वन गरेका थिए।
- सैनिक विकाशको अवधारणा ल्याएका:
- खान्गी (सैनिकहरूको आर्थिक स्थिती बलीयो बनाउने)
- मरवट (मरेका सिपाई आश्रीतको संरक्षण र हेरचाह गर्ने)