Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • March 06, 2024
  • 372

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा को निर्वाचित भएका छन् ? 

  • सहवाज सरिफ
  • पाकिस्तान मुस्लिम लिग– नवाज (पिएमएल–एन) का नेता सहवाज दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
  • इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) ले समर्थन गरेका उम्मेदवार उमर अयुवलाई पराजित गर्दै सहवाज सन् २०२४ मार्च ३ मा पाकिस्तानको २४ औँ प्रधानमन्त्री चयन भएका छन् । उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका सहोदर भाइ हुन् ।
  • सहवाज यसअघि सन् २०२२ अप्रिलमा इमरान खानको सरकार ढलेपछि प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी तीन पटकसम्म पञ्जाव प्रान्तको मुख्यमन्त्री बनेका थिए ।

२. अलि मियाँ लोक वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

  • नारायण रायमाझी (पुरस्कार राशि : रु. ५० हजार)

३. चर्चित भारतीय टिभी रियालिटी सो इन्डियन आइडल सिजन–१४ को उपाधि विजेता को हुन् ? 

  • वैभव गुप्ता
  • उपाधिसँगै उनले २५ लाख भारु र मारुतीको ब्रेजा कार प्राप्त गरेका छन् ।
  • सन् २०२४ मार्च ३ मा भएको फाइनलमा शुभदीप दास फस्र्ट रनरअप, पियुष पनवार सेकेन्ड रनरअप एवं अनन्या शोकी थर्ड रनरअप भएका छन् ।
  • फस्र्ट रनरअप र सेकेन्ड रनरअप विजेताले क्तमशः पाँच÷पाँच लाख भारु तथा थर्ड रनरअपले तीन लाख भारु पुरस्कार प्राप्त गरेका छन् ।
  • सो प्रतियोगितामा नेपाली चेली मेनुका पौडेल उत्कृष्ट १० मा पुगेर बाहिरिनुभएको थियो ।

४. महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० बाट कसलाई सम्मानित गरियो ? 

  • पूर्वराष्ट्रपति डा. रामवरण यादव
  • त्यसै गरी योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९, समाजसेवी दुर्गा घिमिरेलाई प्रेमसागरी देवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० र सङ्गीत साधक सरिता मिश्रलाई प्रेमसागरी देवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९ प्रदान गरिएको छ ।

५. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?

  • दाङ

६. संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ) ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो ?

  • टेलिप्लान्ट डाक्टर (सन् २०२४ फेबु्रअरी)
  • सो एप्समा हाल विभिन्न १० वटा रोगका बारेमा विश्लेषण गरेर राखिएका छन् ।
  • एप्सले जिआइएस, रिमोट सेन्सर र जलवायु डेटा प्रयोग गरेर स्थानीय रूपमा जीवाणु र रोगका लागि भविष्यवाणी गर्ने प्रणालीका रूपमा काम गरेको छ ।

७. भारतको कुन ठाउँमा सबैभन्दा ठुलो सोलार प्लान्ट निर्माण गरिएको छ ?

  • गुजरात 
  • भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी ग्रिन इनर्जी लिमिटेडले विश्वको सबैभन्दा ठुलो नवीकरणीय ऊर्जा परियोजना सञ्चालन गरेको छ ।
  • गुजरातको खावडामा बनेको यो परियोजना अहिले ५५१ मेगावाट क्षमताको रहेको छ ।
  • परियोजनाबाट ३० गेगावाट क्लिन इनर्जी उत्पादन हुने र यसबाट १.८ करोड घरमा विद्युत् आपूर्ति हुने जनाइएको छ ।
  • अनुमानित लागत २.२६ अर्ब डलर रहेको छ ।

८. तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन् ? 

  • पृथ्वीपाल सेन 

९. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?

  • वि.सं. २०७५ असोज ६

१०. नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान ककसलाई प्रदान गरियो ?

  • गीतकार आनन्द अधिकारी, सुनील थापा, भूषण खरेल, राम भट्टराई र वसन्त वित्यासी थापा, वाद्यवादक केशव सुनाम, कुमार सिंह र सुवर्ण लिम्बू, परम्परागत सङ्गीतकार धर्म मुनिकर र गायक सुदेश शर्मा 
  • त्यसै गरी नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी र गायिका बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटीलाई प्रदान गरिएको छ ।
  • नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशिविक्रम थापा र रेकर्डिस्ट प्रकाश मिश्र पुरस्कृत भएका छन् ।
  • नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार: लोक गायक अमृत खाती
  • नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार: पत्रकारद्वय शान्तिप्रिय र कृष्ण भट्टराई
  • सबै सम्मान र पुरस्कारको राशि ११,१११ रुपियाँ छ ।
  • सङ्गीत साधक नातिकाजीको नाममा स्थापित सम्मान तथा पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रदान गरिएको छ ।

११. १८ औँ संस्करणको सफल पोखरा म्याराथनमा पहिलो हुने धावक को हुन् ?

  • केन्याली धावक जुलियास मुरियाली वाहोम
  • यस म्याराथनमा पहिलोदेखि तेस्रो स्थानसम्म नै केन्याली खेलाडीले कब्जा जमाएका छन् ।
  • प्रथम हुने जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेका छन् ।
  • दोस्रो हुने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेन्डको समय निकाले भने केन्याकै इडविन किप्लागटले थप ४० सेकेन्ड समय लगाउँदा तेस्रो भए।
  • नेपालका किरणसिंह बोगटी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा म्याराथन पुरा गर्दै चौथो स्थान हासिल गर्न सफल भए ।

१२. अध्यागमन विभागद्वारा ई–भिसा सेवाको शुभारम्भ कहिले गरियो ?

  • वि.सं. २०८० माघ २६
  • तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा काठमाडौँ कालिकास्थानस्थित विभागमा ई–भिसा सेवाको शुभारम्भ गरिएको हो ।
  • यो सेवा सुरु भएपछि संसारका जुनसुकै देशबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवेदन गर्न, भिसा शुल्क बुझाउन, सबै प्रकारका सेवा शुल्क तथा जरिबाना नेपालका मोबाइल बैङ्किङ र वालेट सेवा प्रदायकमार्पmत अनलाइन भुक्तानी गर्न  सक्ने छन् ।
  • विभागले यसलाई इटिए (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन) भनेको छ । यो ई–भिसाको पूर्वाभ्यास हो । विदेशबाट पनि भिसाबापतको शुल्क भुक्तानी गर्न सक्ने प्रणाली (सरकारले डलर खाता सञ्चालन गरेपश्चात्) विकास गरिएपछि यसलाई ई–भिसा नै भनिने छ ।

१३. मोरङ जिल्लामा बहने बक्राहा नदीलाई भारतमा के नामले चिनिन्छ ?

  • लुना

१४. सिएनएन हिरो उपाधिबाट सम्मानित पहिलो व्यक्ति को हुन् ?

  • पाब्लो फजार्डो (इक्वेडर)

१५. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? 

  • एकराज शमशेर र ब्रह्म शमशेर 

१६. काठमाडौँ उपत्यकाको सबैभन्दा ठुलो सबस्टेसन कहाँ निर्माण गरिएको छ ?

  • मातातीर्थ
  • नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना अन्तर्गत चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।
  • त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ सवस्टेसन निर्माण गरिएको हो ।

१७. सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल कोरियोग्राफर को हुन् ?

  • छिरिङ शेर्पा 
  • २०८० फागुन १४ मा रामचन्द्र पौडेलले उहाँलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गर्नुभयो ।
  • छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजार २७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफी डान्स अन ल्यान्ड (पेयर)’ को रेकर्ड राख्नुभएको थियो ।
  • दर्जन म्युजिक भिडियोमा समेत अभिनय  गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुनु हुन्छ ।
  • उहाँ टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत हुनुहुन्छ ।

१८. प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?

  • आवृत्ति (फ्रिक्वेन्सी)
  • (आवृत्तिलाई हर्ज एकाइमा नापिन्छ । हर्जभन्दा ठुला एकाइ किलोहर्ज र मेगाहर्ज हुन् ।)

१९. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ?

  • बझाङ

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 24
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 23
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 23
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 23
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA