प्रथम पत्रको परीक्षामा ध्यान पुर्याउनु पर्ने कुराहरू
प्रथम पत्रको परीक्षामा ध्यान पुर्याउनु पर्ने कुराहरू
१. OMR sheet मा सुरूमै आफ्नो नाम, बीचको नाम र थर BLOCK letter मा लेख्ने
२. विज्ञापन नं., रोल नं., आफ्नो नाम, हस्ताक्षर, तीन पुस्ते विवरण, ठेगाना र परीक्षा मिति लेख्ने
३. रोल नम्बर अंकमा लेखे पछि जुन अंक हो त्यो अंकमा घेरा भरी र बाहिर नजाने गरी कालो मसीले पोत्ने
४. लिङ्ग महिला/पुरूष लेख्ने
५. कुन समूहबाट दिदै हुनुहुन्छ सो खुलाउने । जस्तै : खुला, महिला, आ.ज. आदि
६. प्रश्न पत्र प्राप्त गरेपछी A,B,C,D मध्ये जुन पर्छ सो key मा पोत्ने
७. प्रश्नको क्रमिक रूपमा गोलो घेरामा उत्तर पोत्दै जाने ।
८. OMR sheet मा केरमेट गर्ने, फोल्ड गर्ने जस्ता कार्य नगर्ने
९. समयको ख्याल गर्ने
१०. केन्द्राध्यक्षले हस्ताक्षर गरे नगरेको यकिन गरि प्रश्न पत्र र उत्तर लेखिएको sheet फिर्ता गर्ने ।
By Bimal K. Shrestha