समयक्रम अनुसार नेपालको प्रशासनिक विभाजन
| समयक्रम | प्रशासनिक विभाजन |
|---|---|
| लिच्छविकाल | १३ क्षेत्र |
| पृथ्वीनारायण शाह | १२ क्षेत्र |
| जँगबहादुर राणा | ६९ ईकाई |
| भिमसेन थापा | ३९ जिल्ला |
| वीर शमशेर | ३५ जिल्ला (पहाड २३, तराई १२) |
| राजा महेन्द्र | १४ अञ्चल, ७५ जिल्ला |
| राजा विरेन्द्र | ४ विकास क्षेत्र (वि.स २०२९) |
| राजा विरेन्द्र | ५ विकास क्षेत्र (वि.स २०३७) |
| सुशील कोईराला | ७ प्रदेश |
नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती प्रत्येक गाउँपालिका वा नगरपालिकालाई वडामा विभाजन गरिएको छ। वि.सं २०७२ अघि प्रदेशहरूको सट्टा नेपाललाई विकासक्षेत्र र प्रशासनिक क्षेत्रमा (अञ्चल) मा विभाजन गरिएको थियो।
वि.सं २०७२ मा नेपालको नयाँ संविधानको आवश्यकता पूरा गर्दै सबै पुराना नगरपालिका र गाउँ विकास समितिहरू (३९०० भन्दा बढी) लाई ७५३ नयाँ नगरपालिका र गाउँपालिकामा पुनर्संरचना गरिएको थियो। पूर्व ७५ जिल्ला विकास समितिहरूलाई पनि ७७ नयाँ जिल्ला समन्वय समितिहरूले प्रतिस्थापन गरेका थिए जसमा जिल्ला विकास समितिको तुलनामा धेरै कम शक्ति छ। हाल ६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।