Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कर्णाली प्रदेश, अप्राविधिक पाँचौं तहलाई २०८० चैत्र ०२मा सोधिएको प्रश्नहरु

  • Ajnabee Khadka
  • March 16, 2024
  • 574

कर्णाली प्रदेश, अप्राविधिक पाँचौं तहलाई २०८० चैत्र ०२मा सोधिएको प्रश्नहरु

कर्णाली प्रदेश, अप्राविधिक पाँचौं तहलाई २०८० चैत्र ०२मा सोधिएको प्रश्नहरु

१. राष्ट्रिय जनगणना, २०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या वृद्धिदर कति प्रतिशत छ ?
A) 0.4 % B) 0.5 % C ) 0.6 % D) 0.7%

२. नेपालमा मात्र पाइने चरा कुन हो ?
A) काँडेभ्याकुर B) चमेरो C) हाँस D) ढुकुर

३. कर्णाली प्रदेशको कुल भू-भागको कति प्रतिशत भू-भाग राष्ट्रिय निकुञ्जले ओगटेको छ ?
A) ५ प्रतिशत B ) ८.५ प्रतिशत C) ११.५ प्रतिशत D) १३ प्रतिशत

४. संयुक्त राष्ट्रसंघ (UNO) को वातावरण कार्यक्रम (UNEP) को मुख्यालय कहाँ रहेको छ ?
A) जेनेभा B) रोम C) नैरोवी D) न्यूयोर्क

५. नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो देश कुन हो ?
A) बेलायत B) अमेरिका C) भारत D) फ्रान्स

६. संयुक्त राष्ट्र संघ (UNO) को महासभाले सन् २०२३ लाई तलकामध्ये कुन अर्न्तराष्ट्रिय वर्षको रुपमा घोषणा गरेको थियो ?
A) कोदो (International year of millets) B) मकै (International year of Corn) C) गहुँ (International year of wheat) D) धान (International year of Paddy)

७.१९ औं एसियाली खेलकुद कुन देशमा भएको थियो ?
A) भारत B) चीन C) जापान D) बंगलादेश

८. विश्व प्रसिद्ध नोबेल पुरस्कारको स्थापना कहिले भएको हो ?
A) सन् १८९० B) सन् १८९५ C) सन् १९०० D) सन् १९०५

९. लेखक र तिनका कृतिको सही जोडा तलकामध्ये कुन हो ?

समूह I समूह II
क) हटारु १) नारायण तिमिल्सेना
ख) शून्यको मूल्य २) वसन्ती शाही
ग) दैलेखी लोक साहित्य ३) ओम रिजाल
घ) समय सकस ४) डा.नवराज के.सी.
A) क – ४, ख-३, ग–२, घ–१
B) क – ३, ख-४, ग-१, घ-२
C) क – ४, ख-१, ग-२, घ-३
D) क-२, ख-१, ग-४, घ-३

१०. नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय कहिले गरेको थियो ?
A) वि.सं. २०८० कार्तिक २६ B) वि.सं. २०८० कार्तिक २७ C) वि.सं. २०८० कार्तिक २८ D) वि.सं. २०८० कार्तिक २९

११. सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ?
A) बृहस्पति B) शनि C) अरुण D) बरुण

१२. व्यस्थापनको चर्चित अवधारणा Management by objective (MBO) को श्रेय तलकामध्ये कुन विद्धानलाई जान्छ ?
A) Edwards Deming B) Henry F C) Peter Drucker D) Bill Gates

१३. क्षेत्रफलको आधारमा सानो महादेश कुन हो ?
A) युरोप B) अष्ट्रेलिया C) एसिया D) अफ्रिका

१४. देहायकामध्ये कुन विषय सामाजिक उत्तरदायित्वको विधिमा पर्दैन्?
A) सामाजिक परीक्षण B) व्यवस्थापन परीक्षण C) सार्वजनिक परीक्षण D) सार्वजनिक सुनुवाई

१५. नेपालको कुल भूभागको कति प्रतिशत भू-भाग चुरे क्षेत्रमा पर्दछ ?
A) ११.७८% B) १२.७८ % C) ११ % D) १५ %

१६. रानीमहल नेपालको कुन जिल्लामा पर्दछ ?
A) बाँके B) झापा C) गुल्मी D) पाल्पा

१७. कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको अन्त्यमा कर्णाली प्रदेशको मानव विकास सूचकांक कति पुऱ्याउने लक्ष्य रहेको छ ?
A) ०.५५५ B) ०.५८८ C ) ०.७४० D) ०.७६०

१८. पञ्चायत व्यवस्थाका अन्तिम प्रधानमन्त्री को हुन् ?
A) लोकेन्द्र बहादुर चन्द C) सूर्य बहादुर थापा B) मरिचमान सिंह D) कृष्ण प्रसाद भट्टराई

१९. दैलेख जिल्लाको दुल्लुमा अवस्थित ऐतिहासिक कृतिस्तम्भ कुन खस राजाको शासनकालको अभिलेख हो ?
A) रिपु मल्ल B) पूण्य मल्ल C) पृथ्वी मल्ल D) जितारी मल्ल

२०. देवशमशेरलाई अर्को के नामले चिनिन्छ ?
A) धनकुटे महाराज B) मकवानपुरे महाराज C) पाल्पाली महाराज D) भक्तपुरे महाराज

२१. नेपालमा पर्यटन उद्योगको व्यवस्थापन र पर्यटन पूर्वाधार लगायतका कार्यहरु गर्ने उद्देश्यले पर्यटन विभागको स्थापना कहिले भयो ?
A) वि.सं. २०७० B) वि.सं. २०७१ C) वि.सं. २०७२ D) वि.सं. २०७३

२२. विशेष आर्थिक क्षेत्र (Special Economic Zone-SEZ) मा उद्योग स्थापना गर्न उद्योगको स्थिर पुँजी न्यूनतम कति हुनुपर्दछ?
A) दश करोड B) आठ करोड C) पाँच करोड D) तीन करोड

२३. कर्णाली प्रदेशको प्रथम आवधिक योजनाको प्राथमिकता तलकामध्ये कुन होइन् ?
A) पर्यटन र वातावरण B) विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन C) सूचना, सञ्चार तथा डिजिटल कर्णाली D) पारदर्शिता

२४. नेपालमा धान दिवस कहिले मनाइन्छ ?
A) असार १४ B) असार १५ C) असार १६ D) असार १७

२५. एसिमेट्रिक त्रिप्टो सिस्टम के सँग सम्बन्धित छ ?
A) विद्युतीय मुद्रा कारोबार संचालन गर्ने संयन्त्र
B) विद्युतीय हस्ताक्षर सृजना गर्ने र त्यसको सम्पुष्टि गर्ने साँचो
C) विद्युतीय चुम्बकीय, द्रव्यगत वा अन्य उच्च गतिको तथ्यांक प्रशोधन गर्ने संयन्त्र
D) अक्षर, छवि, ध्वनी वा श्रव्य द्रव्य संरक्षण गर्ने संयन्त्र

२६. गुरुत्वाकर्षणको सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
A) सर आइज्याक न्युटन B) आर्किमिडिज C) अल्बर्ट आइन्स्टाइन D) जोन डाल्टन

२७. तलकामध्ये कुन रसायन हाम्रो स्वास्थ्यका लागि हानिकारक छ ?
A) डि.डि.टी. B) मर्करी (पारो) C) आर्सनिक D)माथिका सबै

२८. तलकामध्ये कुन साइवर अपराध होइन् ?
A) अनाधिकृत डाटा लिने B) जालसाजी C) डाटा र सिस्टममा हानी पुऱ्याउने D) एन्टिभाईरस जडान गर्ने

२९. विषालु ग्याँसबारे जानकारी दिने यन्त्रलाई के भनिन्छ ?
A) टोक्सीक्वान B) टोक्सिवान C) टोक्सीमिटर D)टोक्सीफ्यान

३०. नेपालमा जम्मा कतिवटा पारिस्थितिक प्रणाली छन् ?
A) २०८ B) ११८ C) ३१८ D) १०८

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 24
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 23
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 23
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 23
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA