Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

शिक्षक सेवा आयोग माध्यमिक तहलाई २०८० चैत ३ गते सोधेको सामान्य ज्ञान प्रश्नहरु

  • Ajnabee Khadka
  • March 16, 2024
  • 772

शिक्षक सेवा आयोग माध्यमिक तहलाई २०८० चैत ३ गते सोधेको सामान्य ज्ञान प्रश्नहरु

शिक्षक सेवा आयोग माध्यमिक तहलाई २०८० चैत ३ गते सोधेको सामान्य ज्ञान प्रश्नहरु

१. तलका मध्ये कुन महादेशमा भुपरिवेष्ठित मुलुक छैनन्
(A) युरोप
(C) दक्षिण अमेरिका
(B) अफ्रिका
(D) उत्तर अमेरिका

↠अफ्रिकाको भुपरिवेष्ठित मुलुक कति वटा छन् ? -१६ वटा
↠दक्षिण अमेरिकाको भुपरिवेष्ठित मुलुक कति वटा छन् ? –२ वटा (ठूलो : बोलिभिया, सानो: पाराग्वे)
↠युरोपको भुपरिवेष्ठित मुलुक कति वटा छन् ? – १८ वटा
↠भूपरिवेष्ठित राष्ट्र विहिन महादेशः अन्टार्कटिका, अष्ट्रेलिया, उत्तर अमेरिका हुन् ।

 

२. कुन किराँती राजाका पालमा गौतम बुद्द काठमाडौं आएका थिए ?
(A) यलम्बर
(B) जितेदास्ति
(C) स्थंको
(D) हुमती
↠यिनलाई भाषा वंशावलीहरूले सातौं क्रममा राखेका छन् । यिनको समयमा गौतम बुद्ध काठमाडौँ आएको चर्चा वंशावलीमा गरिएको गरिएको छ ।

 

३. नेपाल सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता कहिले भयो ?
(A) २०६३ मंसिर ५
(C) २०६३ माघ १
(B) २०६३ बैशाख ११
(D)२०६३ चैत २८
↠वि.सं. २०५२ साल फागुन १ गते नेकपा माओवादीले जनविद्रोह सुरु गरेको थियो।
↠विस्तृत शान्ति सम्झौता नेपालको राजनीतिक इतिहामा निकै महत्वपूर्ण घटना हो ।
↠२०६३ मङ्सिर ५ गते सरकार र माओवादीबीच वृहत शान्ति सम्झौता भएको थियो।

 

४. परिस्थितिक पद्धति (Ecosystem) मा तलको कुन भनाइ सही होइन ?
(A) जैविक र अजैविक तत्वहरू मिलेर पारिस्थितिक पद्धति निर्माण हुन्छ ।
(B) जैविक तत्वमा उत्पादक उपभोला र विच्छेदक पर्छन ।
(C) हरिया बनस्पतिहरू उपभोक्ता हुन् ।
(D) घाम, पानी, हावा र माटो अजैविक तत्व हुन् ।
↠हरिया बनस्पतिहरू उत्पादक हुन् ।

 

५. दिगो बिकासको लक्ष्य नं. ५ के सँग सम्बन्धित रहेको छ ?
(A) गरिबीको अन्त्य
(B) गुणस्तिरीय शिक्षा
(C) लैगिंक समानता
(D) सु-स्वास्थ्य जिवन

लक्ष्य विवरण
गरिबीको अन्त्य (लक्ष्य १) सबै प्रकारका गरिबीको अन्त्य
भोकमरी अन्त्य (लक्ष्य २) सबै प्रकारका भोकमरीको अन्त्य
स्वस्थ जीवनको सुनिश्चितता (लक्ष्य ३) स्वस्थ जीवनको लागि साधारण निर्मित प्रणालीको विकास र आवश्यक सेवाको पहुँच गराउने
समावेशी, समतामूलक गुणस्तरीय शिक्षा (लक्ष्य ४) सबैलाई समावेशी, समतामूलक गुणस्तरीय शिक्षा प्राप्त गराउने
लैंगिक समानता र महिला तथा बालबालिकाको सशक्तीकरण (लक्ष्य ५) समान अवसरको सुनिश्चित गर्ने लागि महिला तथा बालबालिकाको सशक्तीकरण गर्ने

 

६. कुन समुन्द्रको सिमानाले तीनवटा महादेश छोएको छ ?
(A) क्यारेबियन सागर
(C) क्यासपियन सागर
(B) मेडिटेरियन सागर
(D) ब्ल्याक सागर

↠मेडिटेरियन सागरले अफ्रिका, एसिया र युरोप महादेश छुन्छ ।

 

७. सरायँ नाच के सँग सम्बन्धित रहेको छ ?
(A) माया तथा प्रेम
(C) बिबाह ब्रतबन्ध
(B) खेतीपाती भित्रयाउने
(D) युद्द अभ्यास

↠गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र कपिलबस्तुका शक्तिपिठमा दशैंको भोलीपल्टबाट पूर्णिमासम्म सराँय नाच्ने प्रचलन छ ।

 

८. कुन संरक्षण क्षेत्र वन्यजन्तु आरक्ष अर्न्तगत पर्दछ ?
(A) गौरिशंकर
(C) खप्तड
(B) कोशीटप्पु
(D) ढोरपाटन
↠सुनसरी जिल्लामा पर्ने एकमात्र वन्यजन्तु आरक्ष हो कोशीटप्पु वन्यजन्तु आरक्ष ।
↠२०३२ मा स्थापना भएको यो वन्यजन्तु आरक्षको क्षेत्रफल १७५ (वर्ग कि.मि.) छ ।

 

९. राष्ट्रिय जनगणना अनुसार, नेपालको जनसंख्या बृद्दिदर कति प्रतिशत रहेको छ ?
(A) २.२५%
(B) १.३५ %
(C) ०.९२%
(D) ०.८२%
↠2068 मा नेपालको जनसंख्या – 2, 64, 94, 504
↠2078 मा नेपालको जनसंख्या – 2, 91, 64, 578

 

१०. गुराँस हिमश्रृखला अन्तर्गत कुन हिमाल पर्छ ?
(A) गणेश
(B) चामर
(C) अपि
(D) तिलिचो
↠अपी हिमाल दार्चुला जिल्लाको सबैभन्दा अग्लो भाग हो अपी हिमालय,यसको उचाई ७,१३२ मी. (२३,३९९ फीट) रहेको छ ।

 

११. स्टार लिंक के सँग सम्बन्धित रहेको छ ?
(A) Artificial intelligence
(C) satellite network
(B)अन्तरिक्ष खोज
(D) सडक सञ्जाल
↠Starlink is the name of a satellite network developed by the private spaceflight company SpaceX to provide low-cost internet to remote.

 

१२. सुर्यमा हाइट्रोजन पछि सबैभन्दा धेरै कुन तत्व हुने गर्छ ?
(A) कार्बन
(B) अक्सिजन
(C) नाइट्रोजन
(D) हिलियम
↠सुर्यमा हाइड्रोजन (७०.६%) र हिलियम (२७.४%) रहेको हुन्छ ।

 

१३. अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ?
(A) १२०० मेगावाट
(B) ९०० मेगावाट
(C) ४५६ मेगावाट
(D) ४४० मेगावाट
↠अरुण तेस्रो जलविद्यूत आयोजना अरूण नदीमा निर्माणोन्मूख विद्यूत आयोजना हो।
↠यो संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित छ।

 

१४. UNO बडापत्र कहिले देखि कार्यान्वयनमा आएको हो ?
(A) २४ सेप्टेम्बर १९४६
(C) २४ अम्टोबर १९४६
(B) २४ सेप्टेम्बर १९४५
(D) २४ अम्टोबर १९४५

↠संयुक्त राष्ट्र संघको बडापत्र संयुक्त राष्ट्र संघको संस्थापक दस्तावेज हो। यो २६ जुन १९४५ मा सान फ्रान्सिस्कोमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय संगठन सम्मेलनको समापनमा हस्ताक्षर भएको थियो र २४ अक्टोबर १९४५ मा लागू तथा कार्यान्वयन भयो।

 

१५. सौर्यमण्डको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
(A) ग्यानिमेड
(C) फोबेस
(B) फोबे
(D) चन्द्रमा
↠ग्यानिमेड बृहस्पित ग्रहको उपग्रह हो।

 

१६. तलका मध्ये कुन राष्ट्रिय गौरवको आयोजना भित्र पर्दैन ?
(A) भेरी बबई डाइभर्सन
(B) काठमाडौं मधेस द्रुत मार्ग
(C) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
(D) मध्य पहाडी लोकमार्ग

 

१७. मध्यपहाडी लोकमार्गले कुन जिल्लालाई छोएको छैन ?
(A) बैतडी
(B) अछाम
(C) स्याङ्जा
(D) नुवाकोट

 

१८. संयुक्त राष्ट्रसंघको कुन विशिष्टीकृत संस्था त्रिपक्षिय संयन्त्रमा आधारित रहेको छ ?
(A) खाद्य तथा कृषि संगठन
(B) अन्तराष्ट्रिय श्रम संगठन
C) विश्व स्वास्थ्य संगठन
(D) शैक्षिक बैज्ञानिक तथा सांस्कृितक संगठन
↠अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सरकार, रोजगारदाता, र कामदार प्रतिनिधिहरू भएको एकमात्र त्रिपक्षीय संयुक्त राष्ट्र संघ हो।

 

१९. नेपालको देहाएको कुन मुलुकसँग विप्पा सम्झौता भएको छैन ?
(A) चीन
(B) जर्मनी
(C) भारत
(D) बेलायत
↠फ्रान्स, भारत, फिन्लयाण्ड, मौरिसस, जर्मनी, बेलायत ६ वटा मुलुकसँग मात्र नेपालको विप्पा सम्झौता भएको छ।

 

२०. नेपालको प्रमाणिक समय कुन हो ?
(A) UTC +6:00
(B) UTC +5:45
(C)_UTC +5:30
(D)UTC +4:45
↠Greenwich Mean Time(GMT) र Coordinated Universal Time(UTC) को समयको बीचमा कुनै फरक छैन ।
↠वि.सं. २०४२ साल वैशाख १ गतेबाट लागु । नेपालको समय ग्रीनवीचको समयभन्दा ५ घण्टा ४५ मिनेट चलाख रहेको छ । गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानिएको छ । दोलखा जिल्लामा पर्दछ। यसको उचाइ ७,१३४ मि. रहेको छ । पाथिभरा उपनाम, रोलवालिङ हिमश्रृंखला

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 24
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 23
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 23
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 23
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA