Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • April 10, 2024
  • 742

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१.  फोर्ब्सको नयाँ सूची (२०२४ अप्रिल) अनुसार विश्वका धनाढ्यमा पहिलो स्थानमा रहन सफल अर्बपति को हुन् ?

  • बर्नार्ड आर्नल्ट 
  • विश्वका प्रमुख १० जना धनाढ्य

१. बनार्ड आर्नल्ट (फ्रान्स) : दुई खर्ब ३३ अर्ब

२. एलन मक्स (अमेरिका) : एक खर्ब ९५ अर्ब

३. जेफ बेजोस (अमेरिका) : एक खर्ब ९४ अर्ब

४. मार्क जुकरवर्ग (अमेरिका) : एक खर्क ७७ अर्ब

५. ल्यारी इलिसन (अमेरिका) : एक खर्ब ४१ अर्ब

६. वारेन बफेट (अमेरिका) : एक खर्ब ३३ अर्ब

७. बिल गेट्स (अमेरिका) : एक खर्ब २८ अर्ब

८. स्टिभ बाल्मर (अमेरिका) : एक खर्ब २१ अर्ब

९. मुकेश अम्बानी (भारत) : एक खर्ब १६ अर्ब

१०. ल्यारी पेज (अमेरिका) : एक खर्ब १४ अर्ब

  • नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी कुल एक अर्ब एक करोड अमेरिकी डलर सम्पत्तिसहित विश्वका अर्बपतिको सूचीमा १७६४ औँ स्थानमा रहेका छन् ।

२.  प्रतिनिधि सभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र कहिले अनुमोदन भएको हो ?

  • वि.सं. २०८० चैत २०

३.  नासाका अनुसार पृथ्वीको औसत तापक्रम कति रहेको छ ?

  • १५ डिग्री सेल्सियस (५९ डिग्री फरेनहाइट)

४.  गैँडा गणना कति कति वर्षको अन्तरालमा गर्ने गरिन्छ ?

  • पाँच वर्ष 

५.  हाल कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वको पहिलो मुलुक कुन हो ?

  • चीन
  • कार्बनडाइअक्साइड उत्सर्जन गर्ने प्रथम पाँच राष्ट्र (सन् २०२३/२४):
  • चीन : २९ प्रतिशत
  • अमेरिका : १४ प्रतिशत
  • भारत : ७ प्रतिशत
  • रुस : ४.५ प्रतिशत
  • जापान : ३.५ प्रतिशत

६.  राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?

  • चैत २० 
  • ६७ औँ राष्ट्रिय सहकारी दिवस (२०८०) को नारा : ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’
  • २०१३ चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सहकारी दिवस मनाइन्छ ।
  • अहिले मुलुकभर ३१ हजार तीन सयभन्दा बढी सहकारी रहेका छन् । सहकारीमा करिब ७३ लाखभन्दा बढी सदस्य, ९४ अर्ब सेयर पुँजी, चार खर्ब ७८ अर्बभन्दा बढी बचत र चार खर्ब २३ अर्ब रुपियाँभन्दा बढी ऋण परिचालन एवं झन्डै ९४ हजार प्रत्यक्ष रोजगारी सिर्जना भएको छ ।
  • कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत र वित्तीय पहुँचमा करिब २० प्रतिशत योगदान सहकारीको रहेको छ ।

७.  विश्व बैङ्कद्वारा सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको अर्थतन्त्र कति प्रतिशतले वृद्धि हुने अनुमान छ ?

  • ३.३ प्रतिशत
  • पर्यटन पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले नेपालको अर्थतन्त्रलाई डो¥याउने विश्व बैङ्कले आकलन गरेको छ ।
  • आव २०८०/८१ को बजेटले नेपालको आर्थिक वृद्धिदर छ प्रतिशत हासिल हुने लक्ष्य राखेको थियो ।
  • सन् २०२५ मा ४.६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बैङ्कले प्रक्षेपण गरेको छ ।
  • ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको २०२४ अप्रिलको यस संस्करणले दक्षिण एसियाको वृद्धि सन् २०२४ मा छ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरेको छ ।

८.  ताइबानमा २५ वर्षयताकै ठूलो भूकम्प कहिले गयो ?

  • २०२४ अप्रिल ३
  • दुई करोड ३० लाख जनसङ्ख्या रहेको स्वशासित टापु ताइबानमा गएको भूकम्प (७.४ म्याग्निच्युड) को धक्का चीन, जापान र फिलिपिन्ससम्म पनि परेको छ ।
  • दुई टेक्टोनिक प्लेटको सङ्गम नजिक अवस्थित ताइबान विश्वका भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ ।

९.  माइक्राेसफ्ट कम्पनीको स्थापना कहिले भएको हो ?

  • सन् १९७५ अप्रिल ४
  • टाइपराइटरको युगमा बालसखाद्वय बिल गेट्स र पाउल एलनले कम्प्युटर सफ्टवेयर बनाउने कम्पनी खोलेका थिए ।
  • सन् १९८६ मा कम्पनीले सार्वजनिक सेयर जारी गरेर पब्लिक कम्पनी बन्यो । त्यसको एक वर्षमै ३१ वर्षीय बिल गेट्स विश्वकै कान्छो अर्बपति बन्न सफल भए । माइक्राेसफ्ट विश्वकै ठुलो प्रविधि कम्पनी बन्न सफल भएको छ ।

१०.  अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानले दास्रो विश्व युद्धमा ध्वस्त भएको युरोपको पुनर्निर्माणका लागि बृहत् योजना ‘मार्सल प्लान’ मा कहिले हस्ताक्षर गरेका हुन् ?

  • सन् १९४८ अप्रिल ३ 
  • अमेरिकाको पक्षमा विश्वयुद्ध लडेका युरोपेली मुलुकमा साम्यवादको उदय रोक्न र खस्कँदो अर्थतन्त्रको  पुनरुत्थान गर्ने उद्देश्यका साथ सो योजना ल्याइएको थियो ।
  • तत्कालीन अमेरिकी विदेशमन्त्री जर्ज सी मार्सलले सो योजना तयार पारेका थिए ।

११.  पाँचौँ  अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा उत्कृष्ट फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?

  • चिसो मान्छे 
  • अवार्ड विजेता विधा एवं कलाकार
  •  लघु फिल्मतर्फ मोहन अभिलाषीद्वारा निर्देशित ‘घुर्रा’ ले अवार्ड जितेको छ ।
  • फिल्म ‘चिसो मान्छे’ बाट अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेतृको अवार्ड जित्नुभएको छ ।
  • अभिनेतातर्फ ‘महापुरुष’ बाट हरिवंश आचार्यले अवार्ड जित्नुभएको छ । यही फिल्मबाट निर्देशनमा प्रदीप भट्टराई उत्कृष्ट निर्देशक घोषित हुनुभयो ।
  • ‘छक्का पञ्जा–४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले जुरी मेन्सन अवार्ड प्राप्त गर्नुभएको छ ।
  • राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक फिल्ममा ‘थिम’, वातावरणीयमा ‘दियर इज नो टुमारो’, डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला फिल्म ‘दी गोर्खा गर्ल’, उत्कृष्ट बाल फिल्ममा ‘इयर्ली होम’ ले अवार्ड जितेका छन् ।
  • स्पेसल जुरी मेन्सनतर्फ ‘जर्ना’ र ‘युवराज’ ले अवार्ड उचालेका छन् ।
  • अन्तर्राष्ट्रियतर्फ भारतको ‘मुझे स्कुल नही जाना’ र लघुतर्फ बेलायतको ‘नो फ्रिडम नो आर्ट’ ले अवार्ड प्राप्त गरेका छन्  ।
  • बङ्गलादेशका प्रसुन रहमानले चलचित्र ‘डियर सत्यजित’ बाट उत्कृष्ट निर्देशक अवार्ड पाउनुभएको छ । महिलातर्फ पाकिस्तानको ‘इन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बाल चलचित्रमा भारतको ‘सट बुट थ्री’, वातावरणीय फिल्ममा साउथ अफ्रिकाको ‘दी लास्ट सिड’, मानव अधिकार फिल्ममा बेल्जियमको ‘ह्वेर ह्याभ अल दी स्माइल्स गन’ ले अवार्ड प्राप्त गरेको छ ।

१२.  राष्ट्रिय अर्थशास्त्री सम्मेलन कहिले सम्पन्न भएको हो ?

  • २०८० चैत २३–२४, काठमाडौँ
  • राष्ट्रिय चरित्र अनुरूपको स्वाधीन र समुन्नत अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले बर्सेनि आयोजना गर्दै आएको यो सम्मेलन तेस्रो हो ।

१३.  इभी कारमा छ वटा महादेशका २७ देशको ३० हजार किलोमिटर यात्रा गरेर विश्व कीर्तिमान कायम गर्ने महिला को हुन् ?

  • लेक्सी अल्फोर्ड
  • लेक्सी इभी कारमा विश्व भ्रमण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

१४.  नेपालमा राष्ट्रिय पुस्तकालय दिवस कहिले मनाइन्छ ?

  • भाद्र १५
  • १६ औँ (२०८०) को नारा : पुस्तौँपुस्ताका लागि पुस्तकालय

१५.  अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार २०२३ प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ?

  • डा. घनश्याम ज्ञवाली 

१६.  वायु प्रदूषणको अवस्था मापन गर्ने स्विट्जरल्यान्डको आइक्यु एयरका अनुुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा कति औँ स्थानमा रहेको छ ?

  • तेस्रो (सन् २०२४ अप्रिल) 
  • पहिलो स्थानमा भारतको नयाँ दिल्ली र दोस्रो स्थानमा थाइल्यान्डको चिङमाई रहेका छन् ।
  • काठमाडौँको वायु गणुस्तर सूचकाङ्क (एक्युआई) १७३ रहेको छ ।
  • १५१ देखि २०० एक्युआईलाई अस्वस्थकर मानिन्छ ।
  • नयाँ दिल्लीको एक्युआई २४४ रहेको छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्युआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।
  • एक्युआईले हावामा हुने पिएम २.५ र पिएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ ।

१७.  सेभिङ एसियाज् भल्चर्स फ्रम एक्स्टिन्सन (सेभ) ले गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्रका रूपमा घोषणा गरेको देश कुन हो ?

  • नेपाल 

१८.  पूर्ण रूपमा डिजिटल भएको घोषणा गरिएको निकाय कुन हो ?

  • सूचना तथा प्रसारण विभाग (२०७९ असार १९)

१९.  जनगणना २०७८ अनुसार शौचालयको पहुँच पुगेको जनसङ्ख्या कति रहेको छ ?

  • ९५.५ प्रतिशत (पहुँच नपुगेको जनसङ्ख्या : ४.५ प्रतिशत)

२०.  आफ्ना विश्व कीर्तिमानको सङ्ख्या १५६ पुर्याउन सफल कीर्तिमानी नेपाली को हुनुहुन्छ ?

  • डा. डीआर उपाध्याय 
  • यस अघि गीतसङ्गीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका उपाध्यायले थप २० विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ ।
  • २०८० चैत २२ मा विश्व कीर्तिमान प्रदान गर्ने विश्वका संस्थाले उपलब्ध गराएका २० कीर्तिमान रक्षामन्त्री हरिप्रसाद उपाध्यायद्वारा हस्तान्तरण गरिएको छ ।
  • डा. उपाध्यायका ३६ भन्दा बढी गीति एल्बम, १६ उपन्यास, तीन गीति कविता र सयौँ गीतका भिडियो सार्वजनिक छन् ।

२१.  गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय कति पुराउने लक्ष्य लिएको छ ?

  • दुई हजार पाँच सय डलर 
  • ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी’ भन्ने नारासहित गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा २०८० चैत १९ मा सार्वजनिक दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) को आधारपत्रमा सो कुरा उल्लेख गरिएको छ ।
  • प्रदेशको आर्थिक वृद्धिदर अहिले ३.३ प्रतिशत रहेकोमा दोस्रो योजना कार्यान्वयन पछि आठ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।
  • अपेक्षित आयु ७१.१ वर्षबाट ८० वर्ष पुर्याउने लक्ष्य लिइएको छ ।
  • बहुआयामिक गरिबी ९.६ प्रतिशतबाट छ प्रतिशतमा झार्ने योजना छ ।
  • आगामी योजनामा पहिलो प्राथमिकतामा कृषि एवं यसपछि क्रमशः उद्योग र पर्यटनको विकासबाट प्रदेशको समृद्धि हासिल हुने यकिन गरिएको छ ।

२२.  सर्वोच्च अदालतले घर तथा कार्यालयमा आखेटोपहार राख्न नपाउने आदेश कहिले जारी गरेको हो ?

  • २०८० जेठ १६ 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 17
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 17
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 19
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 19
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA