Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको राष्ट्रिय प्रतीकहरुका बारेमा विस्तृत जानकारी

  • Ajnabee Khadka
  • April 29, 2024
  • 531

नेपालको राष्ट्रिय प्रतीकहरुका बारेमा विस्तृत जानकारी

नेपालको राष्ट्रिय प्रतीकहरुका बारेमा विस्तृत जानकारी

नेपालका नवौँ शाहवंशीय राजा, श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा जारी भएको संबिधान, “नेपालको संबिधान, २०१९” मा पहिलो पटक नेपालको राष्ट्रिय भाषा, राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय निसानछाप, राष्ट्रिय फुल, राष्ट्रिय जनावर र राष्ट्रिय पंछी सोहीअनुसार रहेने भनेर व्यवस्था गरिएको थियो;

(नोट: नेपालको संविधान, २०१९ मा पहिलो पटक राष्ट्रिय प्रतिकहरुको उल्लेख जारी भएपछि राष्ट्रको विभिन्न सरकारी प्रणाली अनुसार राष्ट्रिय प्रतीकहरूको पटक पटक परिमार्जन भएको छ र तल सूचीबद्ध राष्ट्रिय प्रतीकहरूको जानकारी हालको कार्यान्वयन अनुसार रहेको छ।)

१. राष्ट्रिय भाषा – नेपालको संबिधान, २०१९ मा नेपालको राष्ट्रिय भाषा देवनागिरी लिपीमा नेपाली भाषा हो भनेर उल्लेख गरिएको थियो र यो व्यवस्था नेपालको अन्तरिम संबिधान, २०६३ मा परिमार्जन गरी नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रिय भाषाको दर्जा दिइएको थियो जुन नेपालको वर्तमान संबिधान, “नेपालको संबिधान, २०७२” मा पनि उल्लेख गरिएको छ।

जानी राखौं: नेपालको आधिकारिक सरकारी कामकाजको भाषा देवनागिरी लिपीमा नेपाली भाषा हो।

 

२. राष्ट्रिय झन्डा –  नेपालको संबिधान, २०१९ मा नेपालको राष्ट्रिय झन्डाको बारेमा यस प्रकारको वर्णन उल्लेख गरिएको छ,”सिम्रिक रङ्गको भूइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोण युक्त सूर्यको सेतो आकार अंकित भएको, परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो।“

जानी राखौं: नेपालको राष्ट्रिय झण्डा विश्वको एक मात्र राष्ट्रिय झण्डा हो जसको आकार चौकोनी छैन।

 

३. राष्ट्रिय गान – नेपालको राष्ट्रिय गान “सयौँ थुङ्गा फूलका हामी”हो। सयौँ थुङ्गा फूलका हामीलाई वि.सं. २०६४ साल साउन १८ गते लागू गरिएको थियो। यो राष्ट्रिय गान (सयौँ थुङ्गा फूलका हामी) ले नेपालको संबिधान, २०१९ मा उल्लेख गरिएको राष्ट्र गान “श्रीमान् गम्भिर नेपाली”लाई प्रतिस्थापन गरेको थियो।

“सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेची–माहाकाली।(2)

प्रकृतिका कोटी–कोटी सम्पदाको आंचल

वीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।”

जानी राखौं: सयौँ थुङ्गा फूलका हामी राष्ट्रिय गानका लेखेक प्रदीपकुमार राई (व्याकुल माइला) र सङ्गीतकार अम्बर गुरुङ हुन्।

 

४. राष्ट्रिय निसानछाप – नेपालको अन्तरिम संबिधान, २०६३ मा नेपालको अधिकारिक निसानछाप नेपाल सरकारले निर्धारण गरेबमोजिम हुनेछ भनेर उल्लेख गरिएको छ र नेपालको वर्तमान संबिधान, “नेपालको संबिधान, २०७२” मा पनि येही उल्लेख गरिएको छ।

जानी राखौं: वि.सं. २०७७ साल जेष्ठ ३१ (सन् २०२०, १३ जुन) मा, कालापानी र लिपुलेकमा नेपालको दाबी समेटिएको नयाँ जारी गरिएको नक्सा समावेश गर्न निसानछापको परिमार्जन गरिएको थियो।

  • नेपालको केहि ऐतिहासिक निसानछापहरु:

 

५. राष्ट्रिय फुल – नेपालको संबिधान, २०१९ मा नेपालको राष्ट्रिय फुल लालीगुराँस रहने भनेर उल्लेख गरिएको छ र नेपालको वर्तमान संबिधान, “नेपालको संबिधान, २०७२” मा पनि येही उल्लेख गरिएको छ।

जानी राखौं: हाल नेपालमा ३१ प्रजातिका लालीगुराँस पाइन्छ।

 

६. राष्ट्रिय जनावर – नेपालको संबिधान, २०१९ मा नेपालको राष्ट्रिय जनावर गाई रहने भनेर उल्लेख गरिएको छ र नेपालको वर्तमान संबिधान, “नेपालको संबिधान, २०७२” मा पनि येही उल्लेख गरिएको छ।

जानी राखौं: नेपालमा मानव जनसङ्ख्याको तुलनामा गाईवस्तुको घनत्व सबैभन्दा बढी छ।

 

७. राष्ट्रिय पंछी – नेपालको संबिधान, २०१९ मा नेपालको राष्ट्रिय पंछी डाँफे रहने भनेर उल्लेख गरिएको छ र नेपालको वर्तमान संबिधान, “नेपालको संबिधान, २०७२” मा पनि येही उल्लेख गरिएको छ।

जानी राखौं: डाँफे भारतको उत्तराखण्ड राज्यको राज्य पंछी पनि हो।

 

निम्न उल्लेखित राष्ट्रिय प्रतिकहरु नेपालको संबिधान सरहको कुनै पनि कानुनी दस्तावेजमा उल्लेखित नभएतापनि सरकारीस्तरमा मान्यता प्राप्त राष्ट्रिय प्रतिकका रुपमा रहेका छन्।

  • राष्ट्रिय खेल – भलीबल (घोषणा मिति: वि.सं. २०७५, जेष्ठ ८)

जानी राखौं: भलीबललाई राष्ट्रिय खेल घोसित गर्नु अघि नेपालको राष्ट्रिय खेल डण्डी बियो रहेको थियो।

  • राष्ट्रिय फल – सुन्तला (घोषणा मिति: वि.सं. २०८०, चैत्र ३०)

जानी राखौं: सुन्तलालाई राष्ट्रिय फल घोसित गर्नु अघि नेपालमा फललाई संबिधान सरहको कुनै पनि कानुनी दस्तावेज र सरकारीस्तरमा राष्ट्रिय प्रतिकको रुपमा मान्यता दिइएको थिएन, सुन्तलानै नेपालको पहिलो राष्ट्रिय फल हो।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 12
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 13
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 15
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 15
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA