Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • August 28, 2024
  • 590

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

१. नेपाल राष्ट्र बैङ्कद्वारा विसं २०८१ भाद्र २ मा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा विप्रेषण आप्रवाह कति भयो ? 

➤ रु. १४ खर्ब ४५ अर्ब ३२ करोड

  • अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ ।
  • राष्ट्र बैङ्कद्वारा सार्वजनिक आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार आव २०८०/८१ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार १९९ रहेको छ ।
  • शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड बचत रहेको छ ।
  • वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत छ ।
  • आयात १.२ प्रतिशत र ३.० प्रतिशतले घट्यो ।
  • विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ ।

२. नेपालमा आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो बैङ्क कुन हो ? 

➤ नबिल बैङ्क

  • आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने प्रथम संस्थाहरू
  • वाणिज्य बैङ्क : नबिल बैङ्क
  • विभाग : राहदानी विभाग
  • जिल्लास्थित सरकारी प्रशासनिक कार्यालय : जिल्ला प्रशासन कार्यालय, रुपन्देही
  • स्थानीय तह : तिलोत्तमा नगरपालिका, रुपन्देही
  • जलविद्युत् आयोजना : हाइड्रोपावर कम्पनी लि.

३. अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एकै ओभरमा सर्वाधिक रन बनाई नयाँ विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर को हुन् ? 

➤ डारियस भिसेर (समोआ)

  • भिसेरले २०२४ अगस्ट १९ मा एकै ओभरमा सर्वाधिक ३९ रनको विश्व कीर्तिमान कायम गरेका हुन् ।
  • आइसिसी टी–२० विश्वकप अन्तर्गत पूर्वी एसिया प्रशान्त क्षेत्र छनोटमा भिसेरले भानुआटुविरुद्धको खेलमा एकै ओभरमा ६ छक्कासहित ३ नो बलमा ३९ रन जोड्न सफल भएका छन् ।
  • एकै ओभरमा ३६ भन्दा बढी रन बनाएको यो पहिलो पटक हो ।

४. भारतका चर्चित सन्त पाइलट बाबाको निधन कहिले भएको हो ? 

➤ सन् २०२४ अगस्ट २०

५.  नेपालमा आयुर्वेदिक औषधी उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?

➤ सिंहदरबार वैद्यखाना

  • राजा प्रताप मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको हो ।
  • शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्ग बहादुर राणाको पालामा थापाथलीमा सारिएको थियो ।
  • सोपश्चात् चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको हो ।
  • वि.सं. २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै आएको छ ।

६.  नेपालमा मन्ट्रियल सन्धि –१९९९ कहिलेदेखि लागु भएको हो ?

➤ वि.सं. २०७५ मङ्सिर २९

७.  मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

➤ फादर विलियम वर्क

  • वर्कको कृति सही शब्दले विसं २०५१ मा मदन पुरस्कार प्राप्त गरेको हो ।
  • वर्कको सन् २०१९ नोभेम्बरमा निधन भयो।

८. निजामती सेवामा हाल सबैभन्दा बढी आकर्षण कुन प्रदेशको रहेको छ ? 

➤ मधेश प्रदेश

  • लोक सेवा आयोगको पछिल्लो प्रतिवेदन अनुसार आव २०७९÷८० मा आयोगद्वारा सञ्चालित विभिन्न परीक्षामा दरखास्त दिने चार लाख ८३ हजार २०३ जनामध्ये सबैभन्दा बढी मधेश प्रदेशका (१,२०,३८९ जना) रहेका छन् ।
  • दरखास्त दिने कुन प्रदेशका कति?
    • मधेश प्रदेश: १,२०,३८९
    • लुम्बिनी प्रदेश: ८१,९९५
    • कोशी प्रदेश: ६९,१२१
    • कर्णाली प्रदेश: ६४,२९०
    • सुदूरपश्चिम प्रदेश :  ५८,०४९
    • बागमती प्रदेश: ४६,२७१
    • गण्डकी प्रदेश: ४२,९९७
    • जम्मा: ४,८३,२०३

९. थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री को हुन् ? 

➤ पेतोङतार्न सिनावात्रा (सन् २०२४ अगस्ट)

  • सिनावात्रा थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री हुन् ।
  • यसअघि उनकी काकी यिङलक सिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

१०.  अखिल नेपाल फुटबल सङ्घको स्थापना कहिले भएको हो ?

➤ वि.सं. २००८

  • नेपालमा विसं २०३६ चैत देखि एन्फा कप सुरुवात भएको हो ।
  • नेपालको फुटबलमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व जनरल नरशम्शेरको नाममा विसं २०२५ मा ‘नर ट्रफी’ स्थापना गरिएको हो ।
  • अखिल नेपाल फुटबल सङ्घको नयाँ लोगो वि.सं. २०७५ फागुन २० (सन् २०१९ मार्च ४) मा सार्वजनिक भएको छ । यसका डिजाइनर सन्दीप तिवारी हुन् ।
  • नेपालले विश्व फुटबल महासङ्घको (फिफा) को सदस्यता सन् १९७३ मा लिएको हो ।

११.  जिब्रो भएर पनि आवाज निकाल्न नसक्ने जीव कुन हो ?

➤ जिराफ

१२.  संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदुषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ? 

➤ ८० प्रतिशत (सन् २०२३ मेमा प्रकाशित प्रतिवेदन अनुसार)

१३.  युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?

➤ रियो द जेनिरियो (ब्राजिल)

१४.  मेचे जातिको मुख्य बसोबास रहेको जिल्ला कुन हो ?

➤ झापा

  • सिउँडीको बोटलाई कुल देवता मान्ने यस जातिको पुरोहितलाई ‘दिउसी’ भनिन्छ ।

१५.  बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्र बैङ्कले कहिले गरेको हो ?

➤ वि.सं. २०७६ फागुन २२

१६.  रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकहरूले गरेका हुन् ?

➤ चीन (सन् २०१८)

१७. दक्षिण एसियाली मुलुक माल्दिभ्स राष्ट्रमण्डलमा पुनः प्रवेश कहिले भएको हो ?

➤ सन् २०२० फेब्रुअरी

  • माल्दिभ्सले करिब तीन वर्षअघि मानव अधिकारको मामिलामा राष्ट्रमण्डलबाट आफूलाई अलग गरेको थियो । राष्ट्र मण्डलमा पुनःआबद्ध हुनका लागि उसले सन् २०१८ डिसेम्बरमा अनुरोध गरेको थियो ।
  • मानव अधिकारको रेकर्ड तथा लोकतान्त्रिक सुधारमा प्रगति नभएको भनी निलम्बित गर्ने चेतावनी पछि माल्दिभ्स राष्ट्रमण्डलबाट अलग भएको थियो ।

१८. हरित पेटिका अभियानका संस्थापक को हुन् ?

➤ वांगारी माथाई

१९. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति वर्षको अन्तरमा आयोजना गरिन्छ ?

➤ प्रत्येक १० वर्षमा

२०. मुसा प्रजातिमा पाइने ‘माइट’ (किर्ना जस्तो मसिनो जीवाणु) ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनी चिनिन्छ ?

➤ स्क्रब टाइफस

२१.  प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?

➤ काठमाडौँ

–  पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्वबागमती नदी किनारमा रहेको छ ।

२२. सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय कहिले गर्यो ? 

➤ वि.सं. २०८१ भदौ ६

  • सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
  • टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र बुझाएसँगै सरकारले प्रतिबन्ध हटाएको हो ।
  • वि.सं. २०८० कात्तिक २७ को मन्त्रीपरिषद्ले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

२३.  सरकारले विदेशस्थित नेपाली राजदूतावासको नाम अङ्गे्रजी भाषामा एम्बेसी अफ नेपाल र छोटकरीमा नेपाली एम्बेसी लेख्ने निर्णय कहिले गरेको हो ?

➤ वि.सं. २०७३ भदौ १२

२४.  “म चित्र बनाइरहेको सपना देख्छु । त्यसपछि मात्र सो सपनाको चित्र बनाउँछु ।” भन्ने चित्रकार को हुन् ?

➤ भिन्सेन्ट भ्यानगग

२५.  विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ ?

➤ जुम्ला

  • गुरु चन्दननाथ बाबाले भारतको कास्मिरबाट मार्सी धानको बिउ ल्याई यस स्थानमा रोप्न लगाएको भनाइ रहेको छ ।
  • कर्णालीको स्थानीय धानका रूपमा रहेको मार्सी धानलाई जुम्ली मार्सी पनि भनिन्छ ।
  • उच्च पहाडमा मात्र उत्पादन हुने मार्सी धानमा अधिक चिसो सहने क्षमता रहेको छ ।
  • प्रोटिन र फाइबरलगायतका तत्व बढी पाइने मार्सी चामल पोषिलो एवं स्वास्थ्यबर्धक रहेको छ । जुम्ली मार्सीको बिउ राख्न निश्चित दिनबार नै तोकिएको हुन्छ ।

२६.  सूचनाको हक सम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

➤ स्विडेन

  • स्विडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको छ ।
  • संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९(१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको छ ।
  • संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागु गरेको ।
  • सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रहरूलाई तिनीहरूका सार्वजनिक संस्थाहरूलाई निर्देश गरेको छ ।

२७.  गौरा पर्व नेपालको कुन क्षेत्रमा प्रचलित पर्व हो ?

➤ सुदूरपश्चिम

  • विशेष गरी नेपालको सुदूरपश्चिम प्रदेशमा यो पर्वलाई ऐतिहासिक मौलिक पर्वका रूपमा धुमधाम साथ मनाउने गरिन्छ ।

२८.  सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?

➤ यज्ञराज शर्मा

२९.  दुई मुलुकबिचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस–दस गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?

➤ दसगजा क्षेत्र

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 113
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 64
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA