Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

२०८१ भाद्र १५ मा सोधिएको नेपाल टेलिकम सहायक चौथो पदको प्रश्नोतर

  • Ritisha Shakya
  • September 02, 2024
  • 563

२०८१ भाद्र १५ मा सोधिएको नेपाल टेलिकम सहायक चौथो पदको प्रश्नोतर

२०८१ भाद्र १५ मा सोधिएको नेपाल टेलिकम सहायक चौथो पदको प्रश्नोतर

१. कान्तिपुरका अन्तिम मल्ल राजा को थियो ?

उत्तर: जय प्रकाश मल्ल

२. सबैभन्दा बढी देश भएको महादेश ?

उत्तर: अफ्रिका

३. ICC T-20 मा पुग्ने फाइनल राष्ट्रियहरू कुन कुन हुन ?

उत्तर: साउथ अफ्रिका र भारत ( विजेता भारत)

४. नि: शुल्क शिक्षाको व्यवस्था कुन तहसम्म गरेको थियो ?

उत्तर: माध्यमिक तह ( नि: शुल्क मात्रै भन्यो भने )

(अनिवार्य र नि: शुल्क शिक्षा: आधारभूत )

५. कमलरी प्रथा कुन जिल्लामा पर्दछ ?

उत्तर: दाङ

६. नेपालसँग दौत्य सम्बन्ध गरेको 182 औँ राष्ट्र कुन हो ?

उत्तर: टोङ्गा

७. काठमाडौँ जिल्लामा कतिवटा नगरपालिकाहरू रहेका छन् ?

उत्तर: १० वटा ( स्थानीय तह: ११ वटा, महानगर: १, नगरपालिका: १० )

८. भाइरसबाट नलाग्ने रोग कुन हो ?

उत्तर: हैजा

९. २०७९ को मदन पुरस्कार प्राप्त गर्ने कृती कुन हो ?

उत्तर: ऐँठन ( विवेक ओझा )

१०. तलका मध्ये नागरिकको कर्तव्य भित्र कुन पर्दैन ?

उत्तर: धारा ४८. नागरीकको कर्तव्य प्रत्येक नागरिकका कर्तव्य देहायबमोजिम हुनेछन् :-

( क) राष्ट्रपति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,

(ख ) संविधान र कानूनको पालना गर्नु,

(ग ) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,

(घ ) सार्वजनिक सम्पत्तिको सुरक्षा र सर्क्षण गर्नु|

नोट: माथि उल्लेखित बाहेक अरू पर्दैनन् |

११. किलोमा कति पाउन्ड हुन्छ ?

उत्तर: २.२०४६२ पाउन्ड

१२. नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ?

उत्तर: मुस्ताङ

१३. Nepal Telecom को Package (Coverage ) लिन तलकामध्ये कुन code use गरिन्छ ?

उत्तर: *1415 #

१४. LTE को पुरा रूप के हो ?

उत्तर: Long Term Evolution

१५. २००७ भन्दा अगाडि साक्षरता दर कति प्रतिशत रहेको थियो ?

उत्तर: २ प्रतिशत

१६. कोइला (coal ) को लागि प्रसिद्ध ठाउँ हो ?

उत्तर: चतरा ( सुनसरी)

१७. टिटिकाका ताल कुन महादेशमा पर्छ ?

उत्तर: साउथ अमेरिका महादेश ( बोलोभिया र पेरु )

१८. सन् १७८९ नेपाल र चीन बीच कुन सन्धि भएको थियो ?

उत्तर: केरूङ सम्धी

१९. नेपालमा भएको सार्क सिखर सम्मेलहरू ?

उत्तर: ३ औँ, ११ औँ, १८ औँ

२०. कोतपर्व हुँदा प्रधानमन्त्री को रहेको थियो ?

उत्तर: फत्तेजंग शाह

२१. नेपालमा पहिलोपटक DNA परीक्षण भएको बिरुवा कुन हो ?

उत्तर: चिराइतो

२२. भारतलाई नछुने जिल्ला कतिवटा रहेका छन् ?

उत्तर: ५० ओटा

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 104
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA