Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री १७ भाद्र २०८१

  • Ritisha Shakya
  • September 02, 2024
  • 648

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री १७ भाद्र २०८१

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री १७ भाद्र २०८१

वस्तुगत सामग्री

१. नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० का अनुसार नेपालमा कति वटा देशको प्रत्यक्ष लगानी रहेको छ ?
– ५८ वटा
– सबैभन्दा बढी वैदेशिक लगानी भारतको रहेको
– २ सय ३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षण गरिएको
– कूल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२ दशमलव ८ प्रतिशत, सञ्चिति ३३ दशमलव ७ प्रतिशत र कर्जाको अंश १३ दशमलव ५ प्रतिशत रहेको
– नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९ दशमलव ७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको
– स्वीकृत भएकामध्ये ३५ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी आउने गरेको
२. २०८० सालको मदन पुरस्कार विजेता को हुन् ?
– मोहन मैनाली
– मुकाम रणमैदान कृतिका लागि प्रदान गरिएको
– मुकाम रणमैदाननेपाल–अंग्रेज युद्धको इतिहाससँग सम्बन्धित रहेको
– प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय गरिएको
– शीर्ष ५ मा पर्ने पुस्तकहरुमा मैनालीको मुकाम रणमैदान, भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि र रोशन थापा नीरवको सन्त्रासका साठी दिन रहेको
– ०७९ सालको जगदम्बा श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई प्रदान गरिएको
३. एक अर्कालाई टमाटरले हानेर रमाइलो गर्ने पर्व कुन हो ?
–टोमाटिनो
– स्पेनमा सन् १९४५ अगस्ट २९ बाट टोमाटिनोफेस्टिभल मनाउन शुरू गरिएको
– फेस्टिभल हरेक वर्ष अगस्ट महिनाको अन्तिम बुधबार मनाइने
४. नेपाल सरकारले २८औं मुख्यसचिवका रूपमा कसलाई नियुक्त गरेको छ ?
– एकनारायण अर्याल
५. इन टु द फायर पुस्तकका लेखक को हुन् ?
– रामेश्वर थापा
६. पेरिस पारालिम्पिक २०२४ मा कांस्यपदक दिलाउने खेलाडी को हुन् ?
– पलेशा गोवर्धन
– के ४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले कांस्य पदक जितेको
– सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी
– पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बन्न सफल
– पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउने
– गृष्मकालीन ओलम्पिक, शीतकालीन ओलम्पिक, विशेष ओलम्पिक र पारा ओलम्पिकका व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेले १ करोड ३० लाख, रजत जित्नेले ९७ लाख र कांस्य जित्नेले ६५ लाख पाउने व्यवस्था रहेको
– पलेसाका प्रशिक्षक कविराज नेगी लामाले पनि ५ लाख ८५ हजार रुपियाँ पुरस्कार पाउने
७. महभीर झरना कुन जिल्लामा पर्दछ ?
–भोजपुर
८. यस वर्षको मरोणापरान्त जेबी टुहुरे स्मृति पुरस्कार कसले प्राप्त गरेका छन् ?
– खुसीराम पाख्रिन (२०८० भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको थियो)
९. विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यूआर कोडको पूरा रूप केहो ?
– क्विक रेस्पोन्स कोड
१०. विश्वकै पहिलो जिरो कार्वन सिटी कुन शहरलाई घोषित गरिएको हो ?
– यूएईको मस्दार शहर

विषयगत सामग्री

१. न्यायिक सक्रियताको महत्व माथि चर्चा गर्दै न्यायिक सक्रियताका सीमाहरुबारे प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
– रिटमार्फत न्यायालय सक्रिय भएर संविधान र कानुनको संरक्षण गर्दै जनताका अधिकार स्थापित गराई राज्यको जिम्मेवारी पूरा गराउन निर्देशन दिने अंगका रूपमा स्थापित हुँदै छ ।
न्यायिक सक्रियताको महत्व
– सार्वजनिक हित र भलाइमा योगदान पुर्‍याउन
–कानुनको रचनात्मक र प्रगतिशील व्याख्या मार्फत कानुनको रिक्तता परिपूर्ति गर्न
– संवैधानिक र कानुनी गतिशीलता प्रदान गर्न
– सामाजिक न्यायको प्रवद्र्धन गर्न
– लोककल्याणकारी राज्यको अवधारणामा टेवा पुर्‍याउन
–नागरिक अधिकारको प्रत्याभुति गराउन
– संवैधानिक सर्वोच्चता कायम गर्न
–लोकतान्त्रिक मूल्य मान्यता र कानुनको शासनको अवधारणा अनुरूप शासन सञ्चालनमा योगदान गर्न
–कार्यपालिका र विधायिकाको स्वेच्छाचारिताको अन्त्य गर्न
–आर्थिक, सामाजिक र सांस्कृतिक न्यायको प्रत्याभूति दिलाउन
– मौलिक हकहरुको प्रभावकारी कार्यान्वयन र प्रचलन गराउन
–न्यायिक व्याख्याको माध्यमबाट कानुनको अस्पष्टता, द्विविधा, रिक्तता र अपूर्णता हटाउन
न्यायिक सक्रियताका सीमाहरु
–राजनीतिक मामिलाहरु
–कानुनी र संवैधानिक प्रश्न समावेश नभएका विषयहरु
–हकदैया नभएको वा निवेदकसँग सार्थक सम्बन्ध नभएका विषयहरु
–काल्पनिक विषयहरु
– कार्यान्वयन गर्न नसकिने विषयहरु
–अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाहरू
–सार्वजनिक नीतिका विषयहरू
– सन्धिमा अन्त निहित विषयहरु
–राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरु
– राज्यका निर्देशक सिद्धान्त एवं नीतिहरु कार्यान्वयन भए नभएको विषय
– नेपाल सरकार कार्यविभाजन नियमावलीको प्रयोगको विषयहरु
– विधायकीको काम–कारबाही नियमित भए/नभएको विषय
– संसद्मा विधायकीले व्यक्त गरेको धारणाको विषय
–समकक्षी निकायका क्षेत्राधिकारको विषय
–निर्वाचन क्षेत्र आयोगको निर्णयसँग सम्बन्धित विषय
–सैनिक अदालतको काम–कारबाही र निर्णयको विषय
– विशुद्ध प्राज्ञिक विषय
– समाप्त भइसकेको विवादको विषय
– विधायकीको स्वविके र बुद्धिमतताको विषय
– अदालत आफैंले विवाद सिर्जना गर्न नहुने
–कानुनी राय र परामर्शदायी भूमिकामा रहन नहुने
– पूर्ण रूपमा विकसित, परिभाषित र तयार नभएका विषयहरु
–सकारात्मक विभेदका लागि लिइएका नीतिका विषयहरु
निष्कर्ष
संविधानले तोकेको सीमा, संविधानवादको मान्यता, न्यायका मान्य सिद्धान्त र कानुनी शासनलगायतको परिधिभित्र न्यायालय सक्रिय हुन्छ । न्यायिक सक्रियताको क्षेत्र कति हुने भनेर किटान गर्न नसकिए पनि न्यायिक आत्मसंयमको दायरा नै न्यायिक स्वतन्त्रताको सीमा हुने स्पष्ट छ ।

२. रिटका प्रकारहरु उल्लेख गर्दै उल्लेखित रिटहरु जारी हुने र नहुने अवस्थाहरु प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
– हक अधिकार प्रचलन गराउनका लागि प्रबन्ध गरिएको विशिष्ट प्रकृतिको उपचारलाई रिट भनिन्छ ।
– रिट विधिशास्त्रमा व्यक्तिको सारभूत अधिकारको प्रचलनका लागि प्रयोग गरिने असाधारण प्रकृतिको उपचारको अधिकार हो।
–रिट जहाँ अधिकार, त्यहाँ उपचारको मान्यतामा आधारित रहेको छ ।
रिटका प्रकारहरु र जारी हुने अवस्था
१. बन्दीप्रत्यक्षीकरण
– गैरकानुनी थुनामा रहेको व्यक्तिलाई थुनामुक्त गराउन जारी गरिने रिट नै बन्दीप्रत्यक्षीकरण हो ।
– बन्दीप्रत्यक्षीकरण संकटकालमा समेत निलम्बन नहुने रिट हो ।
– बन्दी प्रत्यक्षीकरणमा बन्दीको अपराध वा निरअपराधको निक्र्याैल नगरी थुनाको वैधता मात्र परीक्षण गरिन्छ ।
– कानुनबमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण नगरिने संवैधानिक प्रत्याभूति अनुरूप कुनै व्यक्तिको वैयक्तिक स्वन्त्रता अपहरण गरिए गैरकानुनी थुनाबाट मुक्त गरी अपहरित स्वतन्त्रताको पुनःस्थापना गर्नु नै रिटको उद्देश्य हो ।
(क) बन्दीप्रत्यक्षीकरणको रिट जारी हुने अवस्था
– गैरकानुनी रूपमा पक्राउ गरिएकोमा
– थुनामा रहेको कारबाहीमा अधिकार क्षेत्रात्मक त्रुटि भएमा
– थुनामा राख्नुपर्ने कानुन बमोजिमको कारण नदेखिएमा
– कानुन बमोजिमको कार्यविधि पूरा नगरी वेरितपूर्वक थुनामा राखेमा
– बदनियतसाथ वा प्रवृत्त भावनाले ग्रसित भई थुनामा राखेमा
– थुनामा राख्नुपर्ने कारण नखुलाई वा पक्राउ पुर्जीबिना थुनामा राखेमा
– जुन कानुनअन्तर्गत थुनामा राखिएको हो सोही कानुन असंवैधानिक भएमा
– कानुन बमोजिम थुनामा राखे पनि पुर्पक्ष नगरी राखेमा
– कानुनले तोकेको हदभन्दा बढी कैदमा बस्नुपर्ने गरी फैसला भएकोमा
– तोकिएको अवधिभन्दा धेरै समय थुनामा राखेमा
(ख) बन्दीप्रत्यक्षीकरणको रिट जारी नहुने अवस्था
– थुनुवा थुनाबाट मुक्त भइसकेको भएमा
– गैरन्यायिक थुना न्यायिक थुनामा रूपान्तरण भएमा
– म्याद थप भई कानुनी कारबाहीको सिलसिलामा थुनिएमा
– पुर्पक्षका लागि थुनामा रहेकोमा
– निर्णयको औचित्यभित्र प्रवेश गरी तथ्यको निरुपण गर्नुपर्ने स्थिति रहेमा
– अपरिपक्व निवेदन परेकोमा
– कानुन बमोजिम फैसला भई थुनामा रहेकोमा
– बन्दीको मृत्यु भइसकेको भएमा
– अन्य उपचारको व्यवस्था भएकोमा
२. उत्प्रेषण
– सार्वजनिक निकायको गैरकानुनी निर्णय बदर गर्न जारी गरिने रिट नै उत्प्रेषण हो ।
– भइसकेको निर्णयको वैधता परिक्षण गर्नु उत्प्रेषणको मुख्य उद्देश्य हो ।
(क) उत्प्रेषण जारी हुने अवस्था
– आफूलाई नभएको अधिकारक्षेत्र ग्रहण गरेकोमा
– आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गई निर्णय गरेकोमा
– अधिकारक्षेत्र पन्छाई निर्णय गरेकोमा
– अधिकार क्षेत्र पन्छाई कारबाही गरेकोमा
– प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएकोमा
– तोकिएको कार्यविधि अवलम्बन नगरेकोमा
– कानुनको प्रयोग एवं व्याख्यामा त्रुटि भएमा
– निर्णयमा मनासिब र पर्याप्त कारण नखुलाएको भएमा
– प्रवृत्त भावना राखी बदनियतसाथ अधिकारको प्रयोग भएकोमा
– गणपूरक संख्याबिना निर्णय गरेकोमा
– न्यायिक मनको प्रयोग नभएकोमा
– स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै सो को विपरीत विभागीय निर्णय वा परिपत्रको आधारमा निर्णय गरेकोमा
– पश्चातदर्शी असर पर्ने गरी निर्णय गरेकोमा
– प्राप्त गर्न खोजिएको नतिजा र कारबाही बीच सन्तुलन नरहेमा
– कानुनले आधिकारिता नै प्रदान गर्न नसक्ने अधिकार प्रत्यायोजनको आधारमा काम भएकोमा
– कुनै आधार र कारण बिना सरकारले आफ्नो पहिलो निर्णय बदर गरेकोमा
– पुरावेदनको हकलाई निरर्थक बनाउने गरी निर्णय गरेकोमा
(ख) उत्प्रेषण जारी नहुने अवस्था
– माग गरेको कुरा प्राप्त भइसकेकोमा
– मातहत अदालत वा निकायमा विचाराधीन रहेको विषयमा
– निर्विवाद हक कायम नभएकोमा
– तह तह अदालतबाट फैसला भएकोमा
– वैकल्पिक उपचारको व्यवस्था भएकोमा
– विपक्षी बनाउनुपर्नेलाई विपक्षी नबनाएकोमा
– माग स्पष्ट नभएकोमा
– तेस्रो पक्षको हक स्थापित भइसकेकोमा
– नीतिगत विषय भइसकेकोमा
– सफा हात लिएर नआएकोमा
– हकदैयाको अभाव भएकोमा
– अनुचित विलम्ब गरी निवेदन आएमा
३. परमादेश
– कुनै सार्वजनिक पदाधिकारीले कानुनद्वारा तोकिएको सार्वजनिक कर्तव्य पूरा गर्न इन्कार गरेमा त्यस्तो कर्तव्य पूरा गराउन अदालतबाट जारी गरिने आदेशलाई परमादेश भनिन्छ ।
– परमादेशलाई विस्तृत उपचारको स्वभाव भएको उच्चस्तरीय विशेष अधिकार सम्पन्न रिटको रूपमा लिइन्छ ।
(क) परमादेश जारी हुने अवस्था
– कानुन बमोजिम पूरा गर्नुपर्ने कर्तव्य पूरा नगरेकोमा
– अनिश्चित् कालसम्म निर्णय नगरेकोमा
– मौलिक हकको प्रचलन गराउनुपर्ने भएमा
– कानुन बमोजिमको कार्यसम्पादन गराउन पर्ने भएमा
– प्राकृतिक न्यायको सिद्धान्त बमोजिम प्रतिवादको मौका प्रदान गर्नुपर्ने भएमा
– स्वेच्छाचारिताको नियन्त्रण गर्नुपर्ने भएमा
(ख) परमादेश जारी नहुने अवस्था
– नीतिगत विषय भएमा
– करारीय हक र दायित्व पालना गराउन माग गरेकोमा
– कानुन बमोजिमको कर्तव्य पालना गराउन समयमै माग गरेको प्रमाणित नभएकोमा
– कुनै काम गर्ने अधिकार नै नभएको निकाय विरुद्ध रिट परेकोमा
– कर्तव्य पालना गर्नुपर्ने प्रस्ट कानुनी व्यवस्था नभएकोमा
– निर्वादित हकको विषय नभएकोमा
– कानुन बमोजिम गर्नुपर्ने काम सम्पन्न भइसकेको भएमा
– नाम मात्रको राष्ट्र प्रमुख वा निजी व्यक्ति भएमा
– तेस्रो पक्षलाई हानि नोक्सानी हुने भएमा
४. प्रतिषेध
– गैरकानुनी निर्णय रोक्न जारी गरिने रिटलाई प्रतिषेध भनिन्छ ।
– प्रतिषेधलाई निरोधात्मक एवं निषेधात्मक प्रकृतिको रिट मानिन्छ ।
– प्रतिषेधको रिट निर्णयपूर्व जारी हुन्छ ।
(क) प्रतिषेध जारी हुने अवस्था
– अनधिकृत कारबाही हुन लागेमा
– कानुन नै असंवैधानिक भएमा
– मौलिक हक कुण्ठित हुन लागेमा
– प्राकृतिक न्यायको सिद्धान्त विपरीत काम हुन लागेमा
– क्षेत्राधिकार विहिनतामा निर्णय हुन लागेमा
(ख) प्रतिषेध जारी नहुने अवस्था
– विभागीय कारबाहीको विषय भएमा
– नीतिगत विषय भएमा
– वैकल्पिक उपचारको व्यवस्था भएकोमा
– प्रशासनिक काम–कारबाहीको विषय भएमा
– निवेदकको हकमा कुनै तात्विक असर नपरेकोमा
– अदालतमा विचाराधीन विषय भएमा
– विलम्ब गरी निवेदन परेको भएमा
५. अधिकारपृच्छा
– अधिकारपृच्छा सार्वजनिक पदमा भएको नियुक्तिको विषयसँग सम्बन्धित रहेको छ ।
– कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा कुनै सार्वजनिक अधिकार पाएको व्यक्तिले अधिकार क्षेत्रको अभावमा कुनै काम–कारबाही वा निर्णय गरेमा त्यस्तो काम वा निर्णय गर्ने अधिकार कसरी प्राप्त भयो र कुन कानुन अन्तर्गत त्यस्तो गरियो भनी जवाफ माग गरी जारी भएको रिटलाई अधिकारपृच्छाका रूपमा बुझिन्छ ।
(क) अधिकारपृच्छा जारी हुने अवस्था
– तोकिएको कार्यविधि र प्रक्रिया पूरा नगरी नियुक्त, निवार्चित वा मनोनयन भएकोमा
– तोकिएको योग्यता नभएकोमा
– सार्वजनिक अधिकारीले अनाधिकृत हक, सुविधा, स्वतन्त्रता हनन गरेमा
– प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएमा
(ख) अधिकारपृच्छा जारी नहुने अवस्था
– नेपाल सरकारको निर्णानुसार सिर्जना हुने पद भएमा
– प्रत्यायोजित अधिकार प्रयोग गर्ने पद भएकोमा
– स्वतन्त्र विवेकको प्रयोग नगरी सरकारी निर्देशनले काम गर्ने पद भएमा
– सार्वजनिक पदबाट हटेकोमा
– पदको वास्तविक उपयोग नगरेकोमा
– उपचारको वैकल्पिक व्यवस्था भएकोमा
– निजी संस्था भएमा
निष्कर्ष
कार्यकारीको स्वेच्छाचारी प्रवृत्तिमाथि अंकुश लगाई जनाधिकारको रक्षा गर्न रिट प्रभावकारी न्यायिक उपचार मानिन्छ ।

३. नेपालको सार्वजनिक प्रशासनमा अनुशासन कायम गराउनका लागि गरिएका प्रयासहरु उल्लेख गर्नुहोस् ।
पृष्ठभूमि
– निश्चत नियममा बसेर गरिने मर्यादित व्यवहारलाई नै अनुशासन भनिन्छ ।
– प्रचलित नियम, आचार संहिता र स्थापित व्यवहार प्रणालीको अनुशरणबाट निर्माण हुने जीवनशैलीको ढाँचालाई नै अनुशासन भनिन्छ ।
– यो मानिसलाई मार्गनिर्देशन गरी असल, अनुकरणीय र प्रशंसनीय बनाउने जीवन प्रणाली हो ।
अनुशासन कायम गराउनका लागि गरिएका प्रयासहरु
(क) संवैधानिक व्यवस्था
– प्रस्तावनामा कानुनी राज्यको अवधारणा तथा सुशासन प्रति प्रतिवद्धता व्यक्त गरिएको ।
– राज्यको निर्देशक सिद्धान्त कानुनको शासन तथा अनुशासन र मर्यादामा आधारित सामाजिक मूल्यहरुको विकास गर्ने उद्देश्य राखिएको ।
– नागरिकका कर्तव्य तथा राष्ट्रिय हितका विषयहरु तोकी अनुशासन र आचारसंहिताका संवैधानिक मानक निर्धारण गरिएको ।
– सुरक्षा निकायहरुलाई व्यावसायिक तथा जनउत्तरदायी बनाउने व्यवस्था गरिएको ।
– सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायि सार्वजनिक प्रशासनको उद्देश्य राखिएको ।
(ख) कानुनी व्यवस्था
– प्रस्तावनामा सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी निजामती सेवाको परिकल्पना गरिएको ।
– विभिन्न सेवाको गठन गरी व्यावसायिकतामा जोड दिइएको ।
– कार्यविवरणको व्यवस्था गरिएको ।
– सेवा समूह तथा उपसमूहको गठन गरिएको ।
– लोक सेवा आयोगको सिफारिसमा नियुक्ति हुने व्यवस्था गरिएको ।
– सरुवा तथा बढुवाको व्यवस्था गरिएको ।
– अध्ययन, तालिम तथा अध्ययन भ्रमण सम्बन्धी व्यवस्था गरिएको ।
– कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था गरिएको ।
– अनुशासन र आचारसंहिता पालन समेतलाई सुदृढीकरण गर्न निजामती कर्मचारीका लागि पुरस्कारको व्यवस्था गरिएको|
(ग) कार्यगत व्यवस्था
– समय–समयमा विभिन्न समितिहरु गठन गरी प्रशासन सुधारको प्रयास गरिएको (बुच कमिसनदेखि दाहाल समितिसम्म)
– संघ प्रदेश र स्थानीय तहलाई प्रशासनिक व्यवस्थापनको स्वायत्तता प्रदान गरिएको ।
– कार्यसम्पादन सम्झौता, कार्यसम्पादन मूल्यांकन, सेवा करार, व्यवस्थापन करार जस्ता उपायहरुको अवलम्बन गरिएको|
– नागरिक तथा तेस्रो पक्षबाट मूल्यांकन हुने व्यवस्था गरिएको ।
– विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रमहरुको व्यवस्था गरिएको
निष्कर्ष
अनुशासन व्यवसायिकताको आधारभूत अवयव हो । जसले असल, सुसंस्कृत तथा विधिसम्मत व्यवहार एवं आचरण तथा संस्कार निर्माण गर्न सहयोग गर्दछ ।

४. सरकारी मुद्दाको प्रतिरक्षाको सम्बन्धमा गरिएका व्यवस्थाहरुको चर्चा गर्नुहोस् ।
संवैधानिक व्यवस्था
– नेपाल सरकारको हक, हित र सरोकार निहित रहेका मुद्दामा महान्यायाधिवक्ता वा मातहतका सरकारी वकिलले प्रतिनिधित्व गर्ने (धारा १५८)
– नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएक मुद्दाको प्रतिरक्षा सरकारी वकिलले गर्ने (धारा १५८)
कानुनी व्यवस्था
(क) मुलुकी फौजदारी कार्य विधि संहिता–२०७४
– अनुसूची १ र २ अन्तर्गतका कसूर सम्बन्धी प्रतिरक्षा सरकारी वकिलले गर्ने
– अनुसूची ३ मा उल्लेखित मुद्दामा सम्बन्धित निकायबाट अनुरोध भई आएमा सरकारी वकिलले प्रतिरक्षा गर्नुपर्ने
– सरकारी वकिलको अनुमति एवं सामान्य निर्देशनमा रही अन्य कानुन व्यवसायीले पनि सरकारीवादी मुद्दाको प्रतिरक्षा गर्न सक्ने
(ख) मुलुकी देवानी कार्यविधि संहिता–२०७४
– अनुसूची २८ बमोजिमका सरकारवादी देवानी मुद्दाको प्रतिरक्षा सरकारी वकिलले गर्ने
– नेपाल सरकार, त्यसको कुनै निकाय, अदालत र संवैधानकि निकायको हक हित र सरोकार निहित भएको देवानी मुद्दाको प्रतिरक्षा सरकारी वकिलले गर्ने
– नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई विपक्षी बनाई दायर भएको वा नेपाल सरकारवादी भएको मुद्दामा सम्बन्धित निकायबाट अनुरोध भई आएमा सरकारी वकिलले प्रतिरक्षा गर्ने
(ग) नेपाल कानुन व्यवसायी ऐन–२०५०
– कानुन व्यवसायीको रूपमा परिषद्मा दरिएकाले मात्र बहस पैरवी गर्न पाउने सरकारी वकिलको हकमा विशेष व्यवस्था गरिएको
– वन ऐन–२०७६ लगायतका अन्य विषयगत कानुनमा नेपाल सरकारवादी भई चलेका मुद्दाको प्रतिरक्षा सरकारी वकिलले गर्ने
(घ) सरकारी वकिलसम्बन्धी नियमावली–२०७७
– दुवै पक्ष सरकारी भएको व्यवस्थामा सरकारी वकिलले तजविजी अधिकार प्रयोग गर्न सक्ने महान्यायाधिवक्ताको निर्देशन भएमा सोही बमोजिम हुने
– नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको बहस पैरवी प्रतिरक्षा एवं कानुनी राय सम्बन्धी निर्देशिका–२०७५ जारी भई कार्यान्वयन भएको
(ङ) सरकारी वकिल तथा सरकारी वकिल कार्यालयमा कार्यरत कर्मचारीहरुको आचार संहिता–२०७५
– पदीय र पेसागत आचरण अन्तर्गत विवादका दुवै पक्ष सरकारी निकाय रहेछन् भने जसमा राज्यको बढी सरोकार र सार्वजनिक हित निहित रहेको हुन्छ सोही पक्षको तर्फबाट बहस र प्रतिरक्षा गर्नुपर्ने व्यवस्था रहेको

– ताराप्रसाद ओली
सहायक न्यायाधिवक्ता (शाखा अधिकृत)
महान्यायाधिवक्ताको कार्यालय

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 104
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA