Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ भदौ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • September 11, 2024
  • 501

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ भदौ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ भदौ २०८१, बुधबार)

१.  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक कहिले प्रमाणीकरण भयो ? 

➤ वि.सं. २०८१ भदौ १३

  • विधेयक प्रमाणीकरण सँगै ऐनका लागि भएको दशकको प्रयासले पूर्णता पाएको छ । यससँगै नेपालको सङ्क्रमणकालीन न्यायको कानुनी आधार तयार भएको छ ।
  • विधेयक प्रतिनिधि सभाबाट साउन ३० गते र राष्ट्रिय सभाबाट भदौ ६ गते पारित भएको थियो ।
  • विधेयक प्रमाणीकरणसँगै अब द्वन्द्वकालीन घटनासँग सम्बन्धित दुई आयोगको कार्य शीघ्र अघि बढ्ने अपेक्षा गरिएको छ ।
  • नयाँ कानुनले गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा पीडितको सहमतिबिना क्षमादान अस्वीकार गरेको छ ।
  • सङ्क्रमणकालीन कानुनमा पहिलो पटक परिपूरणलाई पीडितको अधिकारका रूपमा स्थापित गरिएको छ ।
  • २०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजन, हतियार व्यवस्थापनलगायतका काम भए पनि आयोगबाट हुनुपर्ने विषय र अन्य न्यायिक र परिपूरणका कार्य बाँकी रहेका छन् ।
  • नयाँ व्यवस्था अनुसार द्वन्द्वकालीन घटना वर्गीकरण (मानव अधिकारको गम्भीर उल्लङ्घन र मानव अधिकारको उल्लङ्घन) गरिएको छ ।
  • गम्भीर मानव अधिकार उल्लङ्घनमा क्षमादान सिफारिस हुने छैन ।
  • परिपूरणलाई अधिकारका रूपमा नै स्थापना गरिएको छ ।
  • द्वन्द्वकालीन घटनाका मुद्दा हेर्नका लागि छुट्टै विशेष अदालत गठन हुने छ । विशेष अदालतले गरेको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन हुने छ ।

२.  मातृभूमि राष्ट्रिय सम्मान, २०८० कसलाई प्रदान गरियो ?

➤ प्रा.डा जगमान गुरुङ

३.  यस वर्ष (२०८१) को डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार कसलाई प्रदान गरियो ?

➤ अनुजासिंह राठौर (लघुउद्यमी, नेपालगन्ज)

  • राठौरलाई लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघुउद्यमी घोषणा गर्दै यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार प्रदान गरियो ।
  • सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।

४.  रुद्राक्षका लागि प्रसिद्ध ठाउँ कहाँ हो ?

➤ भोजपुर र सङ्खुवासभा (भोजपुर र सङ्खुवासभालाई रुद्राक्षको राजधानी भनेर पनि चिनिने ।

५.  विश्वमा नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएका पहिलो व्यक्ति को हुन् ?

➤ कनिथ युजिन स्मिथ

  • सन् २०२४ जनवरी २५ मा अमेरिकाको अलाबामा राज्यले स्मिथलाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्यु दण्ड दिएको हो ।

६.  पशुपतिस्थित विद्युतीय शवदाह कार्य कहिले देखि निःशुल्क गरिएको हो ?

➤ वि.सं. २०८१ साउन १

७.  संयुक्त राष्ट्रसङ्घका महासचिवले भाग लिन नपाउने अङ्ग कुन हो ?

➤ अन्तर्राष्ट्रिय न्यायालय

८.  हाल उत्तर एट्लान्टिक सन्धि सङ्गठनको सदस्य राष्ट्र कति रहेका छन् ?

➤ ३१

९.  सिएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन् ?

➤ अनुराधा कोइराला (सन् २०१०)

  • दोस्रो नेपाली : पुष्पा बस्नेत, सन् २०१२

१०.  लोकतन्त्र योद्धा सम्मान २०८० बाट कसलाई सम्मान गरियो ?

➤ मुकेश कायस्थ

११.  आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ?

➤ रिचर्ड स्लेम्यान

  • प्रत्यारोपण सन् २०२४ मार्च १६ मा गरिएको हो ।

१२.  अल्पसङ्ख्यक झाँगड समुदायबाट पहिलो पटक मन्त्री बन्न सफल व्यक्तित्व को हुन् ?

➤ बन्दना झाँगड (राज्यमन्त्री, कोशी प्रदेश)

१३.  पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?

➤ कालीगण्डकी र त्रिशूली

  • चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगड बजारदेखि करिब सात किमी उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको विmंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ ।
  • यहाँ स्नान गर्नाले ठुलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेको भन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ ।
  • माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठुली एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ ।

१४.  राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२९ को आयोजना मिति कुन हो ?

➤ सन् २०२४ नोभेम्बर ११–२२, बाकु, अजरबैजान

१५.  ट्राभल वेबसाइट ट्रिप एड्भाइजरद्वारा प्रकाशित उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मा पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ?

➤ काठमाडौँ

१६.  सगरमाथा क्षेत्रको कालापत्थरमा ५३१७ मिटर उचाइबाट रुकाइ डाइभ गरी महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल व्यक्तित्व को हुन् ?

➤ शीतल महाजन (भारत), सन् २०२३ नोभेम्बर

१७.  नेपालमा फाइब–जी सेवाको आन्तरिक परीक्षण सुरुवात कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०७९ माघ २२

१८.  नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सम्बन्धी सर्वेक्षण प्रतिवेदनका अनुसार नेपालमा कति देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ? 

➤ ५८

  • राष्ट्र बैङ्कले २०८१ भाद्रमा प्रकाशित गरेको सर्वेक्षण प्रतिवेदन अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी रहेका प्रमुख पाँच राष्ट्र: 

  • भारत : रु. १०३ अर्ब ४५ करोड (३५ प्रतिशत)
  • चीन : रु. ३५ अर्ब ४६ करोड (१२ प्रतिशत)
  • आयरल्यान्ड : रु. २२ अर्ब ६२ करोड (७.७ प्रतिशत)
  • अस्ट्रेलिया : रु. १९ अर्ब छ करोड (६.४ प्रतिशत)
  • सिङ्गापुर : रु. १८ अर्ब ८१ करोड (६.४ प्रतिशत)

एफडीआई कुन प्रदेशमा कति ? 

  • बागमती : ५९.७ प्रतिशत
  • गण्डकी : १५.१ प्रतिशत
  • कोशी : १४.७ प्रतिशत
  • मधेश : ८.८ प्रतिशत
  • लुम्बिनी : १ प्रतिशतभन्दा कम
  • कर्णाली : १ प्रतिशतभन्दा कम
  • सुदूरपश्चिम : १ प्रतिशतभन्दा कम

१९.  हाल गिनिज बुक अफ वल्र्ड रेकर्ड कति भाषामा प्रकाशित हुन्छ ?

➤ ३७

२०.  अमेरिकाको इतिहासमा फौजदारी अभियोग खेप्ने पहिलो राष्ट्रपति को हुन् ?

➤ डोनाल्ड ट्रम्प

२१.  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नुनको दैनिक उपभोगको मात्रा प्रतिव्यक्ति कति निर्धारण गरेको छ ?

➤ ३ देखि ५ ग्राम

२२.  इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

➤ सन् १९६७ सेप्टेम्बर २

२३.  महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

➤ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

२४.  कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

➤ वंशाणुगत परिवृत्ति

२५.  नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सिधा बस सेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

➤ बिबिआईएन इनिसिएटिभ

२६.  नेपालको प्रमुख खाद्यान्न बाली धान हो भने दोस्रो प्रमुख खाद्यान्न बाली कुन हो ?

➤ मकै

२७.  विश्वको सबैभन्दा लामो ट्रेकिंग रुट ‘द ग्रेट हिमालयन ट्रेल’ कुन देशमा रहेको छ ?

➤ नेपाल

२८.  नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ ?

➤ कोशी टप्पु वन्यजन्तु आरक्ष

२९.  नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो ?

➤ जुद्धशमशेर

३०. संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपिसिसी) को गठन कहिले गरिएको हो ?

➤ सन् १९८८

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 103
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA