Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कर्जा सुरक्षण कोष चौथो तह २०८१ /०६/११ मा लोकसेवाद्वारा सोधिएका प्रश्नहरू

  • Susmita Shrestha
  • September 28, 2024
  • 605

कर्जा सुरक्षण कोष चौथो तह २०८१ /०६/११ मा लोकसेवाद्वारा सोधिएका प्रश्नहरू

कर्जा सुरक्षण कोष चौथो तह २०८१ /०६/११ मा लोकसेवाद्वारा सोधिएका प्रश्नहरू

वस्तुगत बहुउत्तर

1. युरो-१ के सँग सम्बन्धित छ ?

A) शहरीकरण

B) पर्यटन

C) वन

D) यातायात

2. अक्सिजनका आविष्कारक को हुन् ?

A) लुई पाश्चर

B) अल्बर्ट आइन्स्टाइन

C) जे पिस्टले

D) कार्ल ल्यान्डस्टेनर

3. "तिमी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिँड, हिँड्न सक्दैनौ भने घस्र तर तिमी निरन्तर अगाडि बढिरहनुपर्छ ।" यो भनाइ कसको हो?

A) अल्बर्ट आइन्स्टाइन

B) लियो टल्सटाय

C) नेपोलियन बोनापार्ट

D) मार्टिन लुथर किङ जुनियर

4. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ को विजेता राष्ट्र कुन हो?

A) स्पेन

B) इङ्गल्याण्ड

C) जापान

D) अष्ट्रेलिया

5. दि.सं. २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउने यात्रुको संख्या कति थियो?

A) १६

B) १७

C) १८

D) १९

6. सर्वप्रथम सर्वनाम पुरस्कार प्राप्त गर्ने को हुन् ?

A) सत्यमोहन जोशी

B) निर शाह

C) लक्ष्मीप्रसाद देवकोटा

D) बैरागी काइँला

7. टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि १०० विकेट लिने पहिलो खेलाडी को हुन् ?

A) पारस खड्का

B) सन्दिप लामिछाने

C) सोमपाल कामी

D) दिपेन्द्रसिंह ऐरी

8. निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिमा कति जना सदस्य रहने व्यवस्था छ ?

A) ५

B) ६

C) ७

D) ९

९. महालेखापरीक्षकले अन्तिम लेखा परीक्षण प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ?

A) प्रधानमन्त्री

B) राष्ट्रिय सभाको अध्यक्ष

C) प्रतिनिधि सभाको सभामुख

D) राष्ट्रपति

10. निक्षेप तथा कर्जा सुरक्षण कोषमा वार्षिक सुरक्षण शुल्क कति प्रतिशत तोकिएको छ

A) ०.०२

B) ०.१६

C) ०.२१

D) ०.२३

11. नेपालमा मौदिक नीति कसले बनाउँछ?

A) अर्थ मन्त्रालय

B) राष्ट्रिय योजना आयोग

C) निजी क्षेत्र

D) नेपाल राष्ट्र बैंक

12. Asian Credit Supplementation Institution Confederation (ACSIC) को उद्देश्यहरु कुन Article मा व्यवस्था गरिएको छ?

A) Article-1

B) Article-2

C) Article-3

D) Article-4

13. निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पूँजी कति रहने कानूनी व्यवस्था छ?

A) रू. ५ अर्ब

B) रू. १० अर्ब

C) रु २५ अर्ब

D) रू. ५० अर्ब

14. नेपालको कुल भूभागको कति प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ ?

A) ४१.६९

B) ४६.३१

C) ४८

D) ५१

15. नेपालको वनपैदावार संग्रहालय कुन जिल्लामा रहेको छ?

A) स्याङ्जा

B) कास्की

C) लमजुङ

D) गोरखा

16. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?

A) सिन्धुली

B) रामेछाप

C) सिन्धुपाल्चोक

D) दोलखा

17. फलाम खानीको लागि प्रसिद्ध स्थान देहायका मध्ये कुन हो ?

A) फुलचोकी

B) कुलेखानी

C) चोभार

D) गोदावरी

18. हिमाली मरूभूमि भनेर नेपालको कुन क्षेत्रलाई चिनिन्छ ?

A) मुख्य हिमाली क्षेत्र

B) भित्री हिमाली क्षेत्र

C) सीमान्त हिमाली क्षेत्र

D) पूर्वी हिमाली क्षेत्र

19. किलर माउन्टेनका नामले चिनिने मनासलु हिमाल कुन हिमश्रृंखलाअन्तर्गत पर्दछ ?

A) निलगिरी

B) मनसिरी

C) अन्नपूर्ण

D) गुराँस

20. विस २०७२ वैशाख १२ गतेको भूकम्प कति रेक्टर स्केलको थियो ?

A) ६७

B) ७३

C) ७६

D) ७९

21. नेपालको ताजमहल भनेर चिनिने रानीमहलको निर्माण कसले गरेका हुन् ?

A) खड्गशमशेर

B) वीरशमशेर

C) देवशमशेर

D) जुद्धशमशेर

22. पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका एकीकरण गर्नु पूर्व उपत्यकाको कुन राज्यसँग तिब्बतमा हुने व्यापारको लाभ दुवै देशले पाउने सन्धि गरेका थिए?

A) कीर्तिपुर

B) भक्तपुर

C) ललितपुर

D) कान्तिपुर

23. कुन राजाको पालामा गौतमबुद्ध काठमाडौं आएका थिए ?

A) जितेदास्ती

B) स्थुको

C) यलम्बर

D) जयदेव

24. नाग र वासुकीको पूजा गर्ने चलन चलाउने राजा को हुन् ?

A) अंशुवर्मा

B) मानदेव

C) जयस्थिति मल्ल

D) प्रताप मल्ल

25. 'शब्द विद्या ग्रन्थ' को रचना कसले गरेका हुन्?

A) गुणकामदेव

B) नरेन्द्रदेव

C) मानदेव

D) अशुवर्मा

26. लिम्बु जातिको पुरोहितलाई के भनिन्छ?

A) फेदाङमा

B) बोन्पो

C) लामा

D) सुब्बा

27. नेपाली साहित्यमा कुन साहित्यकारको आगमनपछि आधुनिक काल सुरू भएको मानिन्छ ?

A) आदिकवि भानुभक्त आचार्य

B) महाकवि लक्ष्मीप्रसाद देवकोटा

C) युगकवि सिद्धिचरण श्रेष्ठ

D) कविशिरोमणी लेखनाथ पौड्याल

28. ज्योतिषशास्त्रअनुसार राशी कति वटा हुन्छन्?

A) १०

B) १२

C) १५

D) १८

29 पञ्चायती व्यवस्था कायम राख्ने वा बहुदलीय व्यवस्था स्थापना गर्ने सम्बन्धमा कहिले जनमत संग्रह भएको थियो?

A) वि.सं २०३६ / ०२ /१०

B) वि.सं २०३७/०१/०२

C) वि.स २०३७/०१/२०

D) वि.सं २०१७/०२/०१

30. नेपालमा सतिप्रथाको अन्त्य कहिले भयो?

A) वि.सं १९६८

B) वि.सं १९७७

C) वि.सं १९८१

D) वि.सं १९९७

31. भूगोल र सो स्थानमा बोलिने भाषाभाषीको आधारमा जोडा मिलाउनुहोस् ।

भूगोल                                                 भाषाभाषी

क) गण्डकी प्रदेश                                  १) लिम्बु
ख) अरुण नदी पूर्व                                 २) गुरूङ
ग) पर्सादेखि झापा                                  ३) थामी
घ) दोलखा                                            ४) झाँगड

A) क-२, ख-१, ग-४, घ-३

B) क-१, ख-२, ग-३, घ-४

C) क-१, ख-२, ग-४, घ-३

D) क-३, ख-४, ग-२, घ-१

32. दोस्रो त्रिवर्षीय योजनामा कति रुपैयाँ खर्च गरिने अनुमान रहेको थियो?

A) ३३ करोड

B) ५० करोड

C) ६० करोड

D) ७० करोड

33. नेपाल राष्ट्र बैंकको गभर्नरको पदावधि कति वर्ष हुन्छ ?

A) ३

B) ४

C) ५

D) ६

34. हाल नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय कति रहेको छ?

A) १०४७ अमेरिकी डलर

B) १३६० अमेरिकी डलर

C) १४५६ अमेरिकी डलर

D) १५०० अमेरिकी डलर

35. आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति प्रतिशत रहेको थियो ?

A) १३

B) २४

C) २५

D) ६२

36. UNDP ले २०२४ मार्च १४ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाक कति पुगेको छ?

A) ०.६०१

B) ०.६०२

C) ०.६०३

D) ०.६०४

37. आर्थिक सर्वेक्षण २०८०/८१ बमोजिम नेपालमा कति प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ?

A) २०२७

B) २०८२

C) २२८०

D) ८२२०

38. वि.सं. २०१५ सालको निर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?

A) ७४

B) ९९

C) १०९

D) ११९

39. नेपालको संविधानबमोजिम संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध कुन सिद्धान्तमा आधारित छ?

A) सहिष्णुता, समानता र समन्वय

B) समन्वय, सहकार्य र सम्मान

C) सदाचारिता, सहकार्य र पारस्परिक सहयोग

D) सहकारिता, समन्वय र सहअस्तित्व

40. नेपालमा लोकतन्त्र दिवस कहिले मनाइन्छ ?

A) वैशाख ११

B) जेठ १५

C) असोज ३

D) फागुन ७

41. राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्षसमेत कति जना सदस्यहरू रहने व्यवस्था छ? 

A) ३

B) ४

C) ५

D) ६

42. नेपालको संविधानको अनुसूची ७ मा उल्लिखित व्यवस्था तलका मध्ये कुन हो ?

A) संघको एकल अधिकार सूची

B) प्रदेशको एकल अधिकार सूची

C) स्थानीय तहको एकल अधिकार सूची

D) संघ र प्रदेशको साझा अधिकार सूची

43. निम्नमध्ये कुन सार्क राष्ट्र होइन ?

A) भारत

B) चीन

C) बंगलादेश

D) पाकिस्तान

44. बिमस्टेकको पहिलो शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो?

A) सन् २००३, म्यानमार

B) सन् २००४, थाइल्याण्ड

C) सन् २००५,  बंगलादेश

D) सन् २००८, भारत

45. नेपालको दौत्य सम्बन्ध कायम भएको १८२ औं मुलुक कुन हो?

A) टोङ्गा

B) गणतन्त्र क्यामरून

C) नाउरू

D) मार्सल आइल्याण्ड

46. अन्तर्राष्ट्रिय न्यायालयका आधिकारिक भाषाहरू कुन कुन हुन् ?

A) स्पेनिस र फ्रेन्च

B) इटालियन र फ्रेन्च

C) अंग्रेजी र स्पेनिस

D) फ्रेन्च र अंग्रेजी

47. संयुक्त राष्ट्रसंघका ७७ औं महासभाको अध्यक्ष (President) तलका मध्ये को हुन्?

A) सावा कोरोसी

B) डेनिस फ्रान्सिस

C) अब्दुल्लाह शाहिद

D) भोल्का बोज्किर

48. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनघनत्व (जना प्रति वर्ग किमी) कति छ?

A) ७७

B) १६१

C) १९८

D) ४०४

49. दिगो विकासका लक्ष्यहरू कति वटा रहेका छन्?

A) १७

B) २१

C) १३९

D) ३३२

50. नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रयोगमा ल्याउने बैंक कुन हो?

A) एभरेष्ट बैंक

B) हिमालयन बैंक

C) नबिल बैंक

D) एसबिआइ बैंक

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 98
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA