Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०८१ भाद्र महिनाको समसमायिक

  • GhokSewa
  • October 02, 2024
  • 720

२०८१ भाद्र महिनाको समसमायिक

२०८१ भाद्र महिनाको समसमायिक

१.) ३३ औँ संस्करणको पेरिस ओलम्पिक २०२४ मा पहिलो हुन सफल राष्ट्र - अमेरिका

  • प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः अमेरिका (४० स्वर्ण, ४४ रजत र ४२ कास्य), चीन (४० स्वर्ण, २७ रजत र २४ कास्य) र जापान (२० स्वर्ण, १२ रजत र १३ कास्य) भएका । त्यस्तै चौथोदेखि १० औँ स्थानसम्म रहन सफल राष्टहरू क्रमशः अस्ट्रेलिया, फ्रान्स, नेदरल्यान्डस्, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी हुन् ।
  • नेपाललगायत ११४ राष्ट्र पदकविहीन बन्न पुगे । नेपालको प्रदर्शन यसपालि पनि सहभागितामा नै सीमित रह्यो ।
  • पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी– एलेक्जेन्डर शाह (पौडी), स्यान्टु श्रेष्ठ (टेबलटेनिस), सुस्मिता नेपाल (सुटिङ), डुबाना लामा (पौडी), प्रिन्स दाहाल (व्याडमिन्टन), मनिता श्रेष्ठ प्रधान (जुडो) र सन्तोषी श्रेष्ठ (दौड) को सहभागिता रहेको थियो ।
  • ३४ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने भएको छ।

 

२.) बङ्गलादेशमा अन्तरिम सरकार प्रमुखका रूपमा मोहम्मद युनुस (नोबेल शान्ति पुरस्कार विजेता) चयन,

  • सन् २०२४ अगस्ट ८ मा उनी अन्तरिम सरकार प्रमुखका रूपमा चयन भएका हुन् । युनुसले सोही दिन राष्ट्रपति मोहम्मद शाहवुद्दिनबाट नयाँ सरकार प्रमुखका रूपमा शपथ लिएका छन् ।
  • आरक्षणको विरोधमा सुरु भएको आन्दोलन बङ्गलादेशी सरकारको दमनकारी शासनविरुद्ध मोडिएर प्रधानमन्त्री शेख हसिना राजीनामा दिई देश छाड्न बाध्य भएपछि नयाँ सरकारको चयन भएको हो ।
  • हसिनालाई हटाउन प्रमुख भूमिका खेलेको विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता विद्यार्थी नेताहरूको प्रस्तावमा युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गरिएको हो । नयाँ सरकारको नेतृत्व लिनकै लागि युरोपमा निर्वासित जीवन बिताउँदै आएका युनुस अगस्ट ८ का दिन स्वदेश फर्किएका थिए । युनुसलाई हसिनाको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाको आरोप लगाएपछि उनी फ्रान्सको राजधानी पेरिसमा निर्वासनमा बस्दै आएका थिए ।

 

३.) सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि विजेता - भारत (उपविजेता : नेपाल), सन् २०२४ अगस्ट

 

४.)   ब्राजिलमा ६१ जनाको ज्यान जाने गरी विमान दुर्घटना - सन् २०२४ अगस्ट ९

  • ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा ५७ जना यात्रु र चालक दलका ४ सदस्यसहित ६१ जनाको निधन भएको छ ।

 

५.) साहित्यिक पत्रकार सङ्घले २०८१ को व्यथित काव्य सम्मान -  कवि मणि लोहनी

  • सङ्घले २०३० सालमा व्यथित काव्य पुरस्कार स्थापना गरेको हो ।
  • व्यथित काव्य डायस्पोरा सम्मान सुरेन उप्रेतीलाई प्रदान गरियो ।

 

६.) एसियाली फुटबल महासङ्घद्वारा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना - वि.सं. २०८१ साउन २४ (सन् २०२४ अगस्ट ८)

  • एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

 

७.) लगातार पाँच ओलम्पिकसम्म गोल्ड मेडल जितेर कीर्तिमान कायम गर्ने खेलाडी - मिजान लोपेज (क्युबा)

  • क्युबाका लोपेजले पेरिस ओलम्पिक्स अन्तर्गत कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए ।

 

८.) उत्तर अमेरिकी मुलुक मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्न सफल राजनीतिकर्मी - क्लोडिया सेन्बाउम (सन् २०२४ जुन)

  • मेक्सिको सिटीकी ६१ वर्षीय पूर्वमेयर सेन्बाउमले ६० प्रतिशत मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले ३० प्रतिशत मत ल्याइन् ।

 

९.) चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा - वि.सं. २०८१ साउन ३२...... For Full Notes Subscribe GhokSewa App

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA