Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ असोज २०८१, बुधबार)

  • Ajnabee Khadka
  • October 05, 2024
  • 314

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ असोज २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ असोज २०८१, बुधबार)

१.  बेलायतस्थित ग्लोबल बैङ्किङ एन्ड फाइनान्स रिभ्यु म्यागेजिनले बैङ्किङ सिइओ अफ द इयर २०२४ बाट कसलाई सम्मानित गर्‍यो ?

➤ अनिर्भन घोष दस्तिदार (सिइओ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क)

२.  सामाजिकी सेवा दिवस कहिले मनाइन्छ ? 

➤ असोज ६ गते

  • २०८१ को नारा : सुशासन र समृद्ध नेपाल राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास सङ्घ संस्थाको रोजाइ,
  • गैरसरकारी क्षेत्रबाट सञ्चालित सामाजिक कार्यलाई सङ्गठित रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले विसं २०३४ असोज ६ गते समाज कल्याण परिषद्को स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष असाजे ६ गते यो दिवस मनाइँदै आएको छ ।

३.  दि एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७ औँ एकेडेमी अवार्डका लागि नेपालका तर्फबाट छनोट भएको चलचित्र कुन हो ? 

➤ शाम्बाला

  • मीनबहादुर भाम निर्देशित चलचित्र कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

४.  श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ? 

➤ अनुरा कुमारा दिसानायके

  • सन् २०२४ सेप्टेम्बर २२ मा उनी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
  • ५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् ।
  • पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको प्रक्रिया अवलम्बन गरिएको हो ।
  • वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनमा पराजित हुन पुगे ।

५.  विश्व शान्ति दिवस कहिले मनाइन्छ ? 

➤ सेप्टेम्बर २१

६. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ? 

➤ अखण्ड भण्डारी (अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक) र नेपाल प्रेस इन्स्टिच्युट (संयुक्त रूपमा)

  • पुरस्कार राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ ।
  • प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार बद्री सिग्देललाई प्रदान गरियो । पुरस्कार राशि रु. एक लाख १० हजार रुपियाँ रहेको छ ।
  • प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गरिएको छ ।

७.  बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन कहिले सम्पन्न भयो ? 

➤ वि.सं. २०८१ असोज ४–५

  • सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रह्यो ।
  • नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बालसाहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथा वाचन, बालचित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरियो ।

८.  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन कहिले न्युयोर्क प्रस्थान गर्नुभएको हो ?

➤ वि.सं. २०८१ असोज ४ (स्वदेश फिर्ता : असोज १४)

९.  साउथ एसियन ट्राभल अवार्डस् (साटा), २०२४ मा भिजिटर्स च्वाइस अवार्ड अन्तर्गत गोल्ड अवार्ड जित्ने एयरलायन्स कुन हो ? 

➤ श्रीलङ्कन एयरलायन्स

१०. मिस युनिभर्स इन्डिया–२०२४ को उपाधि कसले जितिन् ? 

➤ रिया सिङ्घा

११.  सन् २०२४ सेप्टेम्बरमा रसियामा सम्पन्न किनो चलचित्र महोत्सवमा पहिलो पुरस्कार प्राप्त गर्न सफल लघु चलचित्र कुन हो ? 

➤ दि स्कुल वाल (नेपाल)

  • लाइट अफ दी वल्र्ड नाराका साथ आयोजित सो फेस्टिभलमा सहभागी विभिन्न १२१ देशका ३४९१ चलचित्रमध्ये ‘दि स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो ।
  • प्रतियोगितामा भारत दोस्रो र अमेरिकाको चलचित्रले तेस्रो स्थान प्राप्त गरे ।
  • दि स्कुल वालमा पर्खालका रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ ।
  • यस लघु चलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराई मूलका बालकको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ ।

१२.  प्राचीनकालमा कर्णाली क्षेत्रलाई के भनिन्थ्यो ?

➤ स्वर्णप्रस्थ

  • ११ औँ शताब्दीपछि यसलाई ‘सपादलक्ष्य’ (सवा एक लाख गाउँ भएको भूमि) भन्न थालियो ।
  • कर्णाली नदीलाई रैथाने तिब्बती भाषामा ‘माप्चा खम्बाब’ भनी सम्बोधन गरिन्छ ।

१३.  व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

➤ परी

१४.  मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

➤ फादर विलियम बर्क (कृति : सही शब्द, वि.सं. २०५१)

१५.  २०८१ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ? 

➤ लक्ष्मण गाम्नागे

  • भैरव वाङ्मय पुरस्कार चुडामणि गौतमलाई प्रदान गरिएको छ ।
  • दुवै पुरस्कारको राशि १,११,१११ ।– रुपियाँ रहेको छ ।
  • ५१,१११ ।– रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरियो ।

१६.  वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले प्रदूषण शुल्क शीर्षकमा कहिलेदेखि कर लगाउँदै आएको छ ?

➤ आ.व. २०६५/६६

१७. संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?

➤ सन् २०२१–२०३०

१८.  विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?

➤ ब्राजिल

१९.  एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ सेप्टेम्बरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर कति रहने अनुमान छ ? 

➤ ४.९ प्रतिशत

  • एडिबीद्वारा सेप्टेम्बर २५ मा सार्वजनिक गरिएको एसियन डेभलपमेन्ट आउटलुकमा उक्त प्रक्षेपण गरिएको हो ।
  • आ.व. २०८०/८१ का लागि एडिबीको प्रक्षेपण अनुमानित ३.९ प्रतिशत थियो ।

२०.  नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०२२ पुस १

२१.  राष्ट्र बैङ्कका अनुसार कुन आधार वर्षलाई आधार मानी मूल्य सूचकाङ्क गणना गरिने भएको छ ? 

➤ आ.व २०८०/८१

  • हालसम्म आधार वर्ष २०७१/७२ को अनुसार मूल्य सूचकाङ्क गणना हुँदै आएको थियो ।
  • चालु आव २०८१/८२ को साउनदेखि नै नयाँ आधार वर्ष अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिने राष्ट्र बैङ्कले जनाएको (२०८१ असाजे ९ मा) छ ।
  • राष्ट्र बैङ्कका अनुसार अब ५२५ वस्तु तथा सेवाको आधारमा मूल्य सूचकाङ्क गणना गरिने छ । हालसम्म ४९६ वटा वस्तु तथा सेवाको आधारमा मूल्य सूचकाङ्क गणना गरिन्थ्यो । केही विलय भएका वस्तु तथा सेवालाई हटाएर थप भएका वस्तु तथा सेवा यसमा जोडिएका छन् ।
  • अब ७७ जिल्लाबाट मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिने छ । हालसम्म ५० जिल्लाबाट मात्रै मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिन्थ्यो ।

२२.  नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०६७ भदौ २८

२३.  प्रधानमन्त्री क्रिश्चियन भए राष्ट्रपति मुस्लिम राष्ट्रपति क्रिश्चियन भए प्रधानमन्त्री मुस्लिम हुने देश कुन हो ?

➤ लेबनान

२४.  ब्लु इकोनोमी भन्नाले के बुझिन्छ ?

➤ समुद्रसँग जोडिएर गरिने आर्थिक क्रियाकलापसँग सम्बन्धित दिगो विकासको मोडल

२५.  सरकारले याक दिवसका कुन दिन मनाउन तय गरेको छ ? 

➤ वैशाख ७

  • वि.सं. २०८१ असोज २ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
  • याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
  • याक अनुवांशिक स्रोतकेन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौँरीको संरक्षण र संवर्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको हो ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA