Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (७ कात्तिक २०८१, बुधबार)

  • Ritisha Shakya
  • October 25, 2024
  • 318

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (७ कात्तिक २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (७ कात्तिक २०८१, बुधबार)

१.  दुबईमा सम्पन्न नवौँ संस्करणको महिला टि–२० विश्वकपको उपाधि कसले जित्यो ? 

➤ युजिल्यान्ड

  • –  दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले सो उपाधि जितेको हो । न्युजिल्यान्डले १५९ रनको लक्ष्य दिएकोमा दक्षिण अफ्रिकाले १२६ रन मात्र बनाउन सक्यो । लगातार दोस्रो पटक फाइनल खेलेको दक्षिण अफ्रिका यस पटक पनि उपाधि जित्न असफल रह्यो । 
  • महिला टि–२० विश्वकपमा न्युजिल्यान्ड चौथो टिमको रूपमा च्याम्पियन बनेको हो । यसअघि अस्ट्रेलियाले ६ पटक उपाधि जित्दा इङ्ल्यान्ड र वेस्ट इन्डिजले एक एक पटक उपाधि जितेका छन् ।

२.  ग्रिन प्रो प्रमाणपत्रबाट सम्मानित (सन् २०२४ अक्टोबर) हुने नेपाली कम्पनी कुन हो ? 

➤ पञ्चकन्या प्रालि

  • पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एक्सडी र ५५० एक्सडी टिएमटी रिब्डबारलाई कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरले उक्त प्रमाणपत्र प्रदान गरेको हो । 
  • वातावरणीय स्थिरताका लागि मापदण्ड पूरा गर्ने उत्पादनलाई सो प्रमाणपत्र प्रदान गरिन्छ । साथै यसको मान्यता संसारभर लागु हुन्छ । 

३.  प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको अध्यक्षमा कसलाई नियुक्त गरियो ? 

➤ महेश्वर श्रेष्ठ (विसं २०८१ कार्तिक)

४.  राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरुवात पाँचथर जिल्लाबाट भएको हो भने कृषक परिचयपत्र वितरण कार्यक्रमको सुरुवात कुन जिल्लाबाट भएको हो ?

➤ बागलुङ

 

५.  आइएसओ आइइसी २७००१:२०२२ को प्रमाणपत्र प्राप्त गर्ने नेपाली जीवन बिमा कम्पनी कुन हो ?

➤ नेपाल लाइफ (सन् २०२४ अक्टोबर) 

 

६.  विश्व खाद्य दिवस कहिले मनाइन्छ ?

➤ २ अक्टोबर १६

–  सन् २०२४ (४४ औँ) को नारा : राइट टु फुड्स फर अ बेटर लाइफ एन्ड अ बेटर फ्युचर 

–  नेपालमा ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार भन्ने नाराका साथ यो दिवस मनाइएको छ । 

–  नेपालमा करिव ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भए पनि खाद्यान्नको अभाव परिपूर्तिका लागि आयात गर्नुपर्ने अवस्था रहेको छ । 

–  नेपालमा अझै पनि १३ पतिशत जनसङ्ख्या खाद्य असुरक्षाको स्थितिमा रहेका छन् । 

 

७.  इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०२४ मा सर्वश्रेष्ठ फिल्म घोषित हुन सफल चलचित्र कुन हो ?

➤ एनिमल 

  • सर्वोत्कृष्ट फिल्म : एनिमल 
  • सर्वोत्कृष्ट अभिनेता : शाहरुख खान (चलचित्र : जवान) 
  • सर्वोत्कृष्ट अभिनेत्री : रानी मुखर्जी (चलचित्र : मिसेस चटर्जी भर्सेस नर्वे)
  • सर्वोत्कृष्ट निर्देशक : विधु विनोद चोपडा 
  • (चलचित्र : ट्वेल्भ्थ फेल) 
  • सर्वोत्कृष्ट सहअभिनेता : अनिल कपुर (चलचित्र : एनिमल) 
  • सर्वोत्कृष्ट सहअभिनेत्री : सबाना आजमी (चलचित्र : रकी और रानीकी प्रेम कहानी)
  • सर्वोत्कृष्ट खलनायक : बबी देओल (एनिमल) 
  • सर्वोत्कृष्ट कथा : रकी और रानीकी प्रेम कहानी 
  • सर्वोत्कृष्ट कथा (एडप्टेड) : ट्वेल्भ्थ फेल
  • सर्वोत्कृष्ट सङ्गीत : एनिमल
  • सर्वोत्कृष्ट शब्द रचना : सिद्धार्थ/गरिमा (एनिमलको गीत सतरङ्गा)
  • सर्वोत्कृष्ट गायक : भुपिन्दर बब्बल (एनिमलको गीत अर्जन भेली) 
  • सर्वोत्कृष्ट गायिका : शिल्पा राव (जवानको गीत चलेया) 
  • सिनेमा क्षेत्रमा दिएको योगदानका लागि सम्मान : जयन्तीलाल गडा, हेमा मालिनी 

८.  विश्वमा सबैभन्दा बढी हुलाक कार्यालय भएको देश कुन हो ?

➤ भारत (एक लाखभन्दा बढी हुलाक कार्यालय रहेका छन् ।)

 

९.  सतार/सन्थाल जातिको बसोबास कहाँ रहेको छ ?

➤ झापा, मोरङ, सुनसरी 

  • मेहनती र सोझो जाति सतार आफुलाई सन्थाल भन्न रुचाउँछन् । 
  • २०३८ सालको जनगणनाले सतार र सन्थाललाई बेग्लाबेग्लै भाषिक जातिमा राखेको थियो । त्यो समय सतारको जनसङ्ख्या २२,४०३ र सन्थालको ५,८०४ थियो । 
  • २०७८ सालको जनगणनामा सन्थालको जनसङ्ख्या ५७,३१० पुगेको छ ।
  • सन्थाल जातिको भाषा सन्थाली र लिपि अलचिकी हो ।

 

१०.  यायावर कृतिका लेखक ब्रजेस हुन् भने समयको आँखा कृतिका लेखक को हुन् ?

➤ राजेन्द्र विमल

 

११.  जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुई दिने कार्यशाला कहिले र कहाँ सम्पन्न भयो ?

➤ वि.सं. २०८१ कात्तिक, रारा ताल क्षेत्र

  • वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’ को संयुक्त आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो । 
  • कार्यशालाले पाँचबुँदे घोषणापत्र जारी गरेको छ । 

१२.  हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुन्छ ?

➤ २५

  • २५ औँ भाषा दनुवार (२०८१ असोज ३० देखि) 
  • रेडियो नेपालबाट समाचार प्रसारण गर्न थालिएको २३ औँ र २४औँ भाषा राजवंशी र बैतडेली (२०८१ असार ३०) हुन् । 
  • रेडियो नेपालबाट हाल विभिन्न २३ भाषामा कार्यक्रम प्रसारण गर्ने गरिएको छ ।

 

१३.  हाल गोरखापत्रमा प्रकाशन हुने मातृभाषाको सङ्ख्या कति पुगेको छ ?

➤ ४४ 

  • ४४ औँ भाषा : रानाथारु

 

१४. मुलुककै लामो झोलुङ्गे पुल कहाँ बनेको छ ?

➤ सुस्ता (परासी) 

  • २०८१ असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यो पुल उद्घाटन गरिएको हो ।
  • पुलको लम्बाइ १५५८ मिटर रहेको छ । 
  • विगतमा सो क्षेत्रका बासिन्दा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । पुलको निर्माणसँगै सो बाध्यता हटेको छ । 
  • नारायणी नदीमा पुल बनेपछि सुस्ता पारि पहिलो पटक बिजुली पुगेको छ । पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पु¥याइएको हो । 

१५.  लोकतन्त्र योद्धा सम्मान २०८० कसलाई प्रदान गरियो ? 

➤ मुकेश कायस्थ

 

१६.  पहिचान पुरस्कार, २०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ? 

➤ प्रगति राई (थाङ्ग्रा) र प्रकाश गुरागाईं (जक्सन पिपलबोट) 

 

१७.  स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकुलन छैटौँ राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

➤ वि.सं. २०८१ असाजे ८, बर्दीबास

  • सम्मेलन पाँचबुँदे घोषणापत्र र नौबुँदे अपिल जारी गर्दै सम्पन्न भएको छ । 
  • मानिस, न्याय र सुशासन भन्ने मुख्य नाराका साथ सम्पन्न सो सम्मेलनमा स्थानीय नेतृत्वमा आधारित जलवायुमैत्री विकास गर्न जरुरत देखिएको प्रति जोड दिइएको छ ।

१८.  भिसा इन्टरनेसनलद्वारा आयोजित ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड विजनेस’ र ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ अवार्डबाट सम्मानित नेपाली बैङ्क कुन हो ?

➤ प्रभु बैङ्क लिमिटेड (विसं २०८१ असोज)

  • प्रभुले यसअघि ‘बैङ्क अफ द इयर, २०२३’ उपाधि पनि पाएको थियो । 
  • लिडरसिप कन्क्लेभ नेपाल–२०२४ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ अवार्ड प्राप्त गरेको हो ।

१९.  राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार (२०८१) कसलाई प्रदान गरियो ?

➤ गीतकार किरण खरेल 

  • पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ । 

२०.  भारतीय सन्त पाइलट बाबाको निधन कहिले भएको हो ?

➤ सन् २०२४ अगस्ट २०

 

२१.  नेपाल टेलिभिजनबाट नेपाल भाषामा समाचार प्रसारण कहिलेदेखि सुरु भएको हो ?

➤ वि.सं २०८१ असोज ३० 

  • यससँगै नेपाल टेलिभिजनबाट प्रसारित हुने समाचारको माध्यम भाषाको संख्या छ वटा पुगेको छ । 
  • प्रत्येक प्रदेशमा बढीभन्दा बढी जनताले बोल्ने कम्तीमा दुई वटा भाषाबाट समाचार प्रसारण गर्ने लक्ष्य अनुरूप यसअघि नेपाल टेलिभिजनबाट नेपाली र अङ्ग्रेजी भाषाबाहेक मैथिली, तमु, लिम्बू र तामाङ र डोटेली भाषामा समाचार प्रसारण भइरहेको छ । 
  • राष्ट्रिय समाचार समिति (रासस) ले विसं २०८१ असोज २९ देखि नेपाल भाषा र मैथिली भाषामा समाचार प्रसारण र प्रकाशन गर्ने कार्य सुरुवात गरेको छ । 
  • नेपाल टेलिभिजनमा स्थापना गरिएको समावेशी समाचार कक्षको असाजे ३० मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा शुभारम्भ गरिएको हो । 

२२.  फ्रान्सको राज्यक्रान्तिपछि त्यहाँको शासनसत्ता कसले समालेका थिए ?

➤ नेपोलियन बोनापार्ट

 

२३.  नवीकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यका साथ इन्टरनेसनल रिन्युएबल इनर्जी एजेन्सी (आइरेना) को स्थापना कहिले भएको हो ?

➤ सन् २००९ जनवरी २९

 

२४.  उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को स्थापना कहिले भएको हो ?

➤ सन् १९४९ अप्रिल ४

  • यस संस्थामा हाल ३१ सदस्य राष्ट्र रहेका छन् ।
  • पछिल्लो सदस्य राष्ट्र (३१ औँ) फिनल्यान्ड रहेको छ ।
  • स्थापना कालमा यसका सदस्य राष्ट्रको सङ्ख्या १२ रहेका थिए ।
  • नेटोको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको छ ।
  • यसको प्रथम शिखर सम्मेलन सन् १९५७ मा सिङ्गापुरमा भएको हो ।

 

२५.  नेपालको तराई, भावर, दुन, भित्री मधेश टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?

➤ उष्ण मनसुनी हावापानी 

 

२६.  नेपालको उत्तर–दक्षिण अधिकतम चौडाइ २४१ किलोमिटर रहेको छ भने न्यूनतम चौडाइ कति छ ?

➤ १४५ किमी 

  • उत्तर–दक्षिण औसत चौडाइ १९३ किमी

 

२७.  गोल्डम्यान इनभाइरोमेन्टल प्राइज, २०२४ कसलाई प्रदान गरियो ? 

➤  एन्ड्री भिडौरे (अमेरिका), मार्सेल गोमेज (ब्राजिल), मुरावाह मारुची जोनसन (अस्ट्रेलिया, टेरेसा भिसेन्ट (स्पेन), नोन्ले बुथुमा एन्ड सिनेगुगु जुकुलु (दक्षिण अफ्रिका र आलोक शुक्ला (भारत)

  • यसलाई ग्रिन नोबल पुरस्कार भनेर पनि चिनिन्छ । 
  • यस पुरस्कारको स्थापना सन् १९८९ मा भएको हो । 
  • यसको मुख्यालय सनफ्रान्सिस्को (अमेरिका) मा रहेको छ । 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA