Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२१ कात्तिक २०८१, बुधबार)

  • Ajnabee Khadka
  • November 06, 2024
  • 409

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२१ कात्तिक २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२१ कात्तिक २०८१, बुधबार)

१.  बालोन डी’ ओर अवार्ड–२०२४ जित्ने फुटबल खेलाडी को हुन् ? 

➤ रोड्री –स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर)

  • रोड्री सन् १९६० पछि बालोन डी’ ओर अवार्ड जित्ने पहिलो स्पेनिस खेलाडी हुन् । 
  • महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर आइटाना बोनमटीले बालोन डी’ ओर अवार्ड प्राप्त गरेकी हुन् । उनले लगातार दोस्रोपल्ट यो अवार्ड पाएकी हुन् । 
  • वर्ष उत्कृष्ट क्लब : रियल म्याड्रिड
  • उत्कृष्ट प्रशिक्षक : कार्लो एन्सेलोट्टी –रियल म्याड्रिड)
  • कोपा ट्रफी : लामिन यामल –स्पेन)
  • लिभ यासिन ट्रफी : इमिलियानो मार्टिनेज –अर्जेन्टिना)
  • गर्ड मुलर ट्रफी : हेरी केन –युके) र केलियन एमबाप्पे –फ्रान्स)

२. सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८१ कात्तिक ११

  • मुलुकका तीन वटा सरकारी अस्पताल –कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर) मा क्यान्सरको उपचार सेवा निःशुल्क गर्ने निर्णय गरिएको । 
  • नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको । 

३. सातौँ साफ महिला च्याम्पियनसिप, २०२४ को उपाधि कसले जित्यो ? 

➤ बङ्गलादेश

  • बङ्गलादेशले २–१ को गोल अन्तरमा घरेलु टोली नेपाललाई हराएको हो । 
  • बङ्गलादेशले लगातार दोस्रो पटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको । सन् २०२२ मा दशरथ रङ्गशालामै भएको उपाधि भिडन्तमा नेपाल बङ्गलादेशसँग ३–१ ले हारेको थियो । 
  • खेल सञ्चालन : सन् २०२४ अक्टोबर १७–३०
  • आयोजक : नेपाल
  • सहभागी राष्ट्र : ७ –अफगानिस्तानबाहेक)

✪ हालसम्मका साफ महिला च्याम्पियनसिप विजेता:

 

४. पितृको सम्झनामा पितरा पर्व मनाउने जाति कुन हो ? 

➤ माझी

  • प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । 
  • एक वर्षमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र भाइटीकाको भोलिपल्ट यो पर्व मनाइने । 
  • वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । मरेका आफन्तका नाममा एक पटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन। 

 

५.  शुक्ला साहित्य पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ? 

➤ भाषाविद् मुकुन्दशरण उपाध्याय

  • पुरस्कार राशि रु. ५५,५५५।–

६. भारतमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षमा को चयन भएको छ ? 

➤ भारत (सन् २०२४ नोभेम्बर)

  • भारत सन् २०२४–२०२६ सम्मको अवधिका लागि अध्यक्ष चयन भएको । 
  • आइएसएको सह–अध्यक्षमा फ्रान्स चयन भएको । 
  • विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्य साथ भारतमा आइएसएको सम्मेलन आयोजना भएको । 
  • सो सम्मेलनमा नेपालले राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायत विभिन्न सात कार्यव्रmममा आइएसएको साथ र सहयोगको अपेक्षा गरेको छ । 
  • सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन –कोप–२१) मा आइएसएको घोषणा गरिएको । 

७. कुमारी हिमाल भनी कुन हिमाललाई चिनिन्छ ? 

➤ माछापुछ्रे

✪ कुन हिमाललाई के उपनामले चिनिन्छ ? 

  • सगरमाथा : १५ औँ चुली, तेस्रो ध्रुव
  • मनास्लु : किलर माउन्टेन
  • आमदब्लम : लेडिज पिक
  • कन्चनजङ्घा : नेपाल हिमाल
  • धौलागिरी : सेतो हिमाल
  • गौरीशङ्कर : पाथिभरा हिमाल

 

८. नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छ ?

➤ २०६२/६३ सालको जनआन्दोलन 

 

९. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ? 

➤ श्री ५ राजेन्द्र

 

१०. थाइ–एयर एसियाले बैङ्कक–भैरहवा–बैङ्कक उडान कहिलेबाट सुरु गरेको हो ? 

➤ वि.सं. २०८१ कात्तिक १८

  • सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाइ एसियाको एयरबस ए–३२० कात्तिक १८ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ।

११. दुई लाख रुपियाँ राशिको विमल कृति पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

➤ प्रकाश थाम्सुहाङ (निबन्ध सङ्ग्रह : शब्दथुम)

  • ‘शब्दथुम’ मा पूर्वेली पहिचानको रैथाने संस्कृति एवं रैथाने जीवनशैली निबन्धको मुख्य विषयवस्तु बनाइएको । 
  • पुरस्कारका लागि प्राप्त एक सय दुई लेखकका विभिन्न विधाका कृतिमध्ये १० वटा श्रेष्ठ कृति चयन गरिएको । तीमध्ये थाम्सुहाङको ‘शब्दथुम’ ले पुरस्कार प्राप्त गरेको । 

१२.  सरकारले भूमि समस्या समाधान आयोगको गठन कहिले गरेको हो ? 

➤ वि.सं. २०८१ कात्तिक १३

  • हरिप्रसाद रिजालको अध्यक्षतामा सो आयोग गठन गरिएको । 
  • २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि २०४७ सालमा बलबहादुर राईको संयोजकत्वमा गठित आयोगदेखि हालसम्म १६ वटा आयोग गठन भइसकेका । 

१३. हाल साक्षरताको आधारमा सर्वाधिक साक्षरता भएको जिल्ला कुन हो ? 

➤ काठमाडौँ (८९.२३ प्रतिशत)

✪ साक्षरताको आधारमा पहिलो १० स्थानमा रहेका जिल्ला:

 

१४. राष्ट्रिय पर्यटन रणनीतिक योजनाको अवधि कुन हो ? 

➤ सन् २०१६–२०२५

 

१५.  सरकारले कुन प्रदेशबाट क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो ?

➤ कर्णाली प्रदेश

  • सरकारले २०७८ चैत २२ मा सो अभियान थालिएको जनाएको ।

 

१६.  संयुक्त राष्ट्रसङ्घीय लागुऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट कहिले हटाएको हो ?

➤ सन् २०२० डिसेम्बर २

 

१७. बाहुबली झरनाको नामले चिनिने तीनधारे झरना कहाँ पर्छ ? 

➤ रोशी गाउँपालिका, काभ्रेपलान्चोक

 

१८. बिस्केट जात्रा र महाकाली नाच कुन ठाउँमा नाचिने नाच हुन् ? 

➤ भक्तपुर

 

१९.  विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइवर सेक्युरिटी’ को स्थापना कहिले गरिएको हो ?

➤ सन् २०१८ जनवरी २६

 

२०.  चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागु भएको हो ?

➤ वि.सं. २०७५ साउन १

 

२१.  आयुर्वेद कुन वेदको उपवेद हो ?

➤ अथर्ववेद 

  • विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद इसापूर्व तीन हजार देखि ५० हजार वर्ष अघि भारत वर्षबाट विकास भएको मानिन्छ ।
  • आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन, आहारविहारलाई निर्दिष्ट गर्ने विज्ञान हो, जसले मानवको शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ । 

 

२२. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? 

➤ छिमेकी चरा

  • सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको । 
  • सो एपमार्फत चराको सङ्ख्या, जिल्ला अनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको । 
  • यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । 
  • एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बर पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आफुले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने । 
  • विदेशमा यस्तो अभ्यास धेरैअघिदेखि हुँदै आएको । 

 

२३.  सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?

➤ २५–४० किमी 

 

२४.  हिउँदे याममा पहिलो पटक माउन्ट के टु को सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ?

➤ नेपाली टोली –सन् २०२१ जनवरी १६)

 

२५.  नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’ को शुभारम्भ कहिले गरेको हो ?

➤ वि.सं. २०७७ माघ २

 

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA