Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२८ कात्तिक २०८१, बुधबार)

  • Ajnabee Khadka
  • November 13, 2024
  • 395

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२८ कात्तिक २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२८ कात्तिक २०८१, बुधबार)

१. अमेरिकामा सन् २०२४ नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हुने सफल राजनीतिज्ञ को हुन् ?

➤ डोनाल्ड ट्रम्प 

  • नोभेम्बर ५ मा सम्पन्न निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका । 
  • ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित भएका । 
  • ट्रम्प डेमोक्र्याट प्रतिस्पर्धी कमला ह्यारिसको भन्दा करिब ५० लाख बढी लोकप्रिय मत प्राप्त गर्दै विजयी भएका । दोस्रो चुनाव हारेर तेस्रोमा जित हासिल गर्ने ग्रोभर क्लेभल्यान्डपछि ट्रम्प दोस्रो राष्ट्रपति हुन् । 
  • अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ । 
  • अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पले सन् २०२५ जनवरी २० मा शपथ लिने छन् । उनी पहिलो पटक सन् २०१६ मा राष्ट्रपति भएका थिए । 
  • अमेरिकी राष्ट्रपतिमा को आउँछ भन्ने विषयले खास गरेर विश्व राजनीति, सैन्य क्षेत्र र अर्थव्यवस्थामा प्रभाव पार्ने भएकाले संसारभर यसलाई चासोका साथ  हेरिन्छ । 

२.  नेपाललाई कहिलेसम्म स्टार्ट अप मुलुक बनाउने लक्ष्य सार्वजनिक गरिएको छ ?

➤ सन् २०३०

  • (सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाहरूको पहलमा ।) 

३.  प्रख्यात सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा कहिले सूचीकृत भएको हो ?

➤ वि.सं. २०८१ कात्तिक 

  • टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको प्रमाणपत्र कात्तिक २० मा बुझेको ।
  • नेपालमा सूचीकृत हुने टिकटक तेस्रो सामाजिक सञ्जाल कम्पनी हो । यसअघि सूचीकृत भएका सामाजिक सञ्जाल भाइबर र वी टक हुन् । 
  • सूचीकरण भए सँगै नेपाल राज्यभर टिकटकलाई अब नेपाल सरकारको कानुन लागु हुन्छ । नेपालको कानुन विपरीतका कन्टेन्ट टिकटकमा आए नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही अघि बढाउन सक्छ । 
  • २०८० कात्तिक २७ देखि प्रतिबन्धित हुन पुगेको टिकटक सरकारले २०८१ भदौ ६ गते ससर्त प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । 
  • सरकारले नेपालमा उल्लेख्य प्रयोग हुने अन्य सामाजिक सञ्जाल कम्पनीहरू फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतलाई पनि सूचीकरणका लागि ताकिता गरिरहेको छ । 

४.  सन् २०२४ जनवरीमा अमेरिकाको नेसनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा पर्न सफल नेपाली होटल कुन हो ?

➤ सिन्तामणि (मुस्ताङ)

 

५.  सरकारी कागजातमा विक्रम संवत्सँगै नेपाल संवत्समेत उल्लेख गर्ने निर्णय कहिले भएको हो ?

➤ वि.सं. २०८० कात्तिक २७ (विसं २०८० कात्तिक २८ गतेदेखि विक्रम संवत् उल्लेख हुने कागजातमा नेपाल संवत् उल्लेख गरिने निर्णय भएको ।)

६.  एभोकाडोको राजधानी भनी कुन जिल्लालाई चिनिन्छ ?

➤ धनकुटा

 

७.  यारी भन्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भन्ज्याङ कहाँ पर्छ ?

➤ मुगु

 

८.  सन् २०२४ जनवरी १ देखि दुई वर्षको अवधि (सन् २०२५ डिसेम्बर ३१) का लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अस्थायी सदस्य राष्ट्रहरू कुन कुन  हुन् ?

➤ अल्जेरिया, गुयना, दक्षिण कोरिया, सियरालियोन र स्लोभेनिया 

 

९.  भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

➤ जापान

 

१०.  नेपालमा ई पासपोर्टको सुरुवात कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०७८ मङ्सिर १

  • (डिजिटल भिसा प्रणालीको सुरुवात : विसं २०७८ असार १४)

 

११. ‘कम्युनिज्म मोटर चढेर आउँदैन’ भन्ने भनाइ कसको हो ?

➤ पूर्व्राजा महेन्द्र

 

१२.  नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बिमा अभियानको शुभारम्भ कहिले गरेको हो ?

➤ वि.सं. २०७६ वैशाख १

 

१३.  महाकवि लक्ष्मीप्रसाद देवकोटाका एउटै नामका दुई कृति कुन कुन हुन् ?

➤ वसन्ती–२००९ (गीतिकाव्य) र वसन्ती–२०३९ (लघुकाव्य) 

  • (डायमनशमशेर राणाको एक उपन्यास पनि ‘वसन्ती’ रहेको)

 

१४.  ‘नेपाली कलाको रूपरेखा : प्राचीन र मध्यकालीन’ नामक कृतिका लेखक को हुन् ?

➤ शताब्दी पुरुष सत्यमोहन जोशी 

 

१५.  रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

➤ १११ मेगावाट

  • रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित सो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी परीक्षण (२०८१ कात्तिक) गर्न थालिएको छ । 
  • नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको मुख्य लगानीमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीको प्रवर्धनमा निर्मित सो आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिएको । 

 

१६.  सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको युरोपेली राष्ट्र कुन हो ?

➤ लक्जेम्बर्ग 

 

१७.  लेप्चा सङ्ग्रहालय इलाममा रहेको छ भने धिमाल सङ्ग्रहालय कहाँ रहेको छ ?

➤ झापा

 

१८.  इन्डोनेसिया सरकारद्वारा हालै (सन् २०२४ नोभेम्बर) विशिष्ट अवार्ड ‘करका बुराना अवार्ड’ बाट सम्मानित हुने नेपाली उद्यमी को हुनुहुन्छ ?

➤ चन्द्रप्रसाद ढकाल (नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष)

 

१९.  प्रसिद्ध बडीमालिका मन्दिर कहाँ रहेको छ ?

➤ बाजुरा

  • बाजुरा जिल्लामा समुद्री सतहदेखि करिब १५ हजार फिटको उचाइमा अवस्थित बडीमालिकाको मन्दिरमा भाद्र शुक्ल पक्षको दिनमा ठुलो मेला लाग्छ । 
  • यहाँ अछाम, डोटी, बझाङलगायत देशका विभिन्न भागबाट दर्शनार्थी आउने गर्छन् । 

 

२०.  राणाकालीन प्रशासनिक व्यवस्थामा देशको प्रशासन सञ्चालन र निरीक्षण गर्ने अड्डालाई के भनिन्थ्यो ?

➤ मुलुकी बन्दोबस्ती अड्डा 

  • खड्ग निसाना अड्डा : श्री ३ को सचिवालय÷प्रधानमन्त्रीको कार्यालय 
  • मुन्सीखाना : परराष्ट्र मामिलासम्बन्धी कार्य गर्ने अड्डा 
  • कुमारी चोक : लेखापरीक्षण र नियन्त्रणसँग सम्बन्धित अड्डा 
  • जङ्गी बन्दोबस्ती अड्डा : सैनिक प्रशासनसम्बन्धी 
  • बिन्तीपत्र निक्सारी अड्डा : न्यायसम्बन्धी कार्य गर्ने सर्वोच्च अड्डा
  • कँडेल चोक : गरगहनाको व्यवस्था गर्ने । 

 

२१.  नेपालको वर्तमान संविधानको कुन धारामा सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ ?

➤ धारा १६

 

२२.  नेपालको इतिहासमा बासट्ठीहरण वा बिर्ताहरण कहिले भएको हो ?

➤ वि.सं. १८६२

 

२३.  राष्ट्रपति र उपराष्ट्रपतिको पद एक साथ रिक्त भएमा राष्ट्रपतिबाट गरिने कार्य कोबाट सम्पादन हुने व्यवस्था छ ?

➤ प्रतिनिधि सभाको सभामुख 

 

२४.  डिनर डिप्लोमेसी भन्नाले के बुझिन्छ ?

➤ राजनीतिक व्यक्तिहरूलाई भोजमा निम्त्याइँ कठिन विषय हल गर्ने नीति 

 

२५.  जमिनमा प्रकृतिको कुचीकार भनी गिद्धलाई चिनिन्छ भने पानीमा प्रकृतिको कुचीकार भनी केलाई चिनिन्छ ?

➤ गोही

 

२६.  सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?

➤ बङ्गलादेश

 

२७.  नेपालमा सर्वप्रथम स्मार्ट लाइटको प्रयोग गर्ने महानगरपालिका कुन हो ?

➤ ललितपुर महानगरपालिका 

 

२८.  चौरासे र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने नयाँ औद्योगिक क्षेत्र कुन हो ?

➤ सुर्खेत

 

२९.  मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?

➤ युजेनिक्स 

 

३०.  गोल्डन रुल भन्नाले के बुझिन्छ ?

➤ कुनै कार्यमा सफलता हासिल गर्न स्थापित सिद्धान्त तथा नियमहरूका साथै नैतिक आचरणसँग सम्बन्धित नियमहरू

 

३१. पद्मकण्ठगिरी कुन ठाउँको पौराणिक नाम हो ? 

➤ स्वयम्भू

 

३२. नेपालमा सामाजिक सुधार ऐन कहिलेदेखि लागु भएको हो ? 

➤ वि.सं. २०३३

 

३३.  सूर्यको किरणमा सात रङ हुन्छन् भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ? 

➤ सर आइज्याक न्युटन (बेलायत)

 

३४.  नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ? 

➤ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा 

  • यो संस्था भाषा विज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन–अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको । 
  • विसं २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई विसं २०३४ भदौमा तत्कालीन त्रिवि ऐन अनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा रूपान्तरण गरिएको । 
  • त्रिवि अन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 98
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA