Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (५ मंसिर २०८१, बुधबार)

  • Ajnabee Khadka
  • November 20, 2024
  • 423

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (५ मंसिर २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (५ मंसिर २०८१, बुधबार)

१. नेपालमा कर दिवस कहिले मनाइन्छ ?

➤ मङ्सिर १

  • २०८१ को नारा : कर प्रणालीको सार, लगानीको आधार 
  • राजस्व परिचालनका लागि आन्तरिक राजस्व विभागले आन्तरिक राजस्वतर्फ मुख्यतः आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क तथा तोकिएबमोजिमका कर तथा शुल्कहरूको प्रशासन गर्दै आएको ।
  • करदातामैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साविकको कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी २०५८ वैशाख २ गते आन्तरिक राजस्व विभागको गठन भएको । 
  • विभाग अन्तर्गत एक ठुला करदाता कार्यालय, एक मध्यमस्तरीय करदाता कार्यालय, ४३ आन्तरिक राजस्व कार्यालय र ३९ करदाता सेवा कार्यालयसमेत गरी ८४ कार्यालय सञ्चालनमा रहेका । 
  • आव २०८०/८१ मा कुल राजस्व रु. १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान कुल राजस्व असुलीको ५०.३३ प्रतिशत रहेको । 
  • आव २०८०/८१ मा आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत विश्लेषण गर्दा सबैभन्दा बढी योगदान आयकरको ४५.४० प्रतिशत रहेको । त्यस्तै, मूल्य अभिवृद्धि करको योगदान २४.४० प्रतिशत, अन्तः शुल्कको १९.२४ प्रतिशत, ब्याज करमा योगदान ६.९१ प्रतिशत, बहाल करको योगदान ०.५१ प्रतिशत, स्वास्थ्य सेवा शुल्कको १.२४ प्रतिशत र शिक्षा सेवा शुल्कको ०.६१ प्रतिशत रहेको । 
  • २०८१ असार मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर (बि–पान) लिने करदाताको सङ्ख्या २०,२७,६८२ पुगेको । 
  • त्यस्तै, २०८१ असार मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर (बि–पान) तर्फ कुल करदाता सङ्ख्या ४२,६७,१४६ पुगेको । 
  • यसरी, २०८१ असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका कुल करदाताको सङ्ख्या ६२,९४,८२८ पुगेको । 

 

२.  राष्ट्रिय कर दिवस २०८१ का अवसरमा सबैभन्दा धेरै आयकर तिरी सम्मानित हुने संस्था कुन हो ? 

➤ नेपाल टेलिकम (व्यक्तिगत तर्फ : राजबहादुर शाह)

  • सम्मानित हुने व्यक्ति तथा संस्थाहरू:
    • सबैभन्दा धेरै आयकर तिर्ने : नेपाल टेलिकम 
    • एकलौटी फर्मतर्फ : श्रुति ट्रेडर्स 
    • निर्यात : डाबर नेपाल 
    • सूचना प्रविधि निर्यात : कोडावतार टेक प्रालि 
    • कृषि तथा पशुपन्छीजन्य उद्योग : पतञ्जली आयुर्वेद 
    • बैङ्क तथा वित्तीय संस्था : नबिल बैङ्क
    • स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ : लुम्बिनी मेडिकल  कलेज 
    • पर्यटन व्यवसाय : तारागाउँ रिजेन्सी होटल 
    • वस्तु व्यापार : भाटभटेनी सुपर मार्केट 
    • ५० करोडदेखि एक अर्बसम्मको कारोबारमा बढी कर तिर्ने : सिडीएस एन्ड क्लियरिङ 
    • ऊर्जा : भोटेकोशी पावर कम्पनी 
    • रेमिटेन्स तथा मनी ट्रान्सफर : सिटी एक्सप्रेस मनी ट्रान्सफर 
    • व्यक्तिगत आयकर : राजबहादुर शाह
    • मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमित कर तिर्ने : होङ्सी सिमेन्ट
    • ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने : सोल्टी इन्टरप्राइजेज 
    • विशेष उद्योग : वरुण वेभरेज

३.  सन् २०२४ नोभेम्बरको तथ्याङ्क अनुसार विश्वको सर्वाधिक प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको सहर कुन हो ?

➤ लाहोर (पाकिस्तान), सन् २०२४ नोभेम्बर 

  • सिङ्गापुरस्थित वायुको शुद्धता मापन गर्ने वेवसाइटका अनुसार लाहोरको वायु प्रदूषण विश्वकै उच्च रहेको । 
  • काठमाडौँ सो सूचीमा छैटौँ नम्बरमा रहेको छ । काठमाडौँको मुटु मानिने रत्नपार्कमा वायुको गुणस्तर १६५ एक्युआई मापन (२०८१ कात्तिक २८ मा) भएको । 
  • वायुको गुणस्तर एक सय एक्युआईभन्दा माथि भएमा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । 

४.  क्रिकेट विश्वकपमा नेपाली महिला टिम पहिलोपल्ट कहिले छनोट हुन सफल भएको हो ?

➤ वि.सं. २०८१ कात्तिक २८ (सन् २०२४ नोभेम्बर १३)

  • नेपालको महिला यु–१९ क्रिकेट टिमले कात्तिक २८ मा आइसिसी यु–१९ विश्वकप खेल्ने सपना साकार पारेको । 
  • यसअघि नेपाली पुरुष क्रिकेटको यु–१९ तथा सिनियर पुरुष क्रिकेट (दुई पटक टी–२०) ले विश्वकप खेलेको छ । 
  • संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित दी सेभेन रङ्गशालामा भएको आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालको महिला यु–१९ टिमले इतिहास बनाएको हो । 
  • नेपालले अब १६ टिम सहभागी हुने विश्वकपमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डविरुद्ध समूह डीमा खेल्ने छ । 
  • युएईविरुद्धको जितले नेपाल विश्वकपमा मात्र होइन, यु–१९ महिला एसिया कप खेल्न समेत योग्य भएको छ । नेपाल अर्को महिना मलेसियामै हुने यु–१९ महिला एसिया कपमा खेल्ने छ । 
  • आईसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको बिजेता बन्दै नेपाल पहिलो पटक यु–१९ महिला टी–२० विश्वकपमा छनोट भएको । 

५.  प्रेस स्वतन्त्रता सूचकाङ्क २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ ७४ औँ

 

६.  दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने सामाचकेवा पर्व कहाँ प्रचलनमा रहेको छ ?

➤ तराई 

  • यो पर्व कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । 
  • यो पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै मनाउने गरिन्छ ।

 

७.  सबैभन्दा कम उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकडर््समा नाम लेखाउन सफल पर्वतारोही को हुन् ?

➤ मिङ्मा ग्याल्जेन शेर्पा (बेदिङ, दोलखा) 

  • सन् २०२२ मा पहिलो पटक मनासलु हिमाल आरोहण गरेका मिङ्माले सन् २०२४ सम्ममा सो सफलता हासिल गरेका । 

 

८.  मेक्सिकोमा सम्पन्न वाइल्डलाइफ कञ्जरभेसन चलचित्र महोत्सवमा ‘अनरेवल मेन्सन अवार्ड’ जित्न सफल वृत्तचित्र कुन हो ?

➤ स्नो लियोपार्ड, (सन् २०२४ अक्टोबर २४–२७) 

 

९.  राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुन अजरबैजान कहिले प्रस्थान गर्नुभयो ?

➤ वि.सं. २०८१ कात्तिक २५

  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यसतर्फ प्रस्थान गर्नुभएको । 
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कोप–२९ सम्मेलनलाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा हृदयङ्गम गर्न विश्व समुदायलाईआह्वान गरिएको ।
  • अजरबैजानको बाकु सहरमा २०८१ कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई कात्तिक २७ मा सम्बोधन गर्दै राष्ट्रपति पौडेलद्वारा सो आह्वान गरिएको । 
  • पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन, तल्लो तटीय मुलुकहरूलाई पनि सङ्कटमा पु¥याउँछ भन्ने विश्वले भुल्न नहुने कुरा उहाँले राख्नुभएको । यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत सो सम्मेलनमा प्रस्ताव गर्नुभएको ।
  • उहाँले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा आएको बताउँदै गोलाबारुदमा खर्च भइरहेको ठुलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यता बचाउनमा उपयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभएको । 
  • नगन्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभाषपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको धारणा पनि उहाँले राख्नुभएको । 

१०. सामाजिक सञ्जालमार्फत सर्वाधिक आम्दानी गर्ने इन्फ्लुएन्सरको सूचीको पहिलो नम्बरमा पर्न सफल व्यक्तित्व को हुन् ?

➤ जिम्मी डोनाल्डसन 

 

११.  राजधानी काठमाडौँमा चौथो संस्करणको कान्तिपुर कन्क्लेभको आयोजना कहिले गरियो ?

➤ वि.सं. २०८१ कात्तिक २८–२९ 

  • शासन प्रणालीमाथिका प्रश्न, सार्वजनिक सेवा प्रवाहका मुद्दा, आर्थिक विकासका अवधारणा, नवप्रवर्तनका आयाम, क्षेत्रीय सहकार्य र भूमण्डलका चुनौतीमाथि बहसका लागि कान्तिपुर मिडिया ग्रुपले कन्क्लेभको आयोजना गर्दै आएको । 
  • सूचना प्रविधिको विकास, सामाजिक सञ्जालको विस्तार र आर्टिफिसियल इन्टेलिजन्स (एआई) को क्षमता मानव जातिका लागि वरदान हुनुपर्ने हो । तथापि, नवीनतम प्रविधिको दुरुपयोग गरेर फेक न्युज, मिस्इन्फर्मेसन एवं डिस्इन्फर्मेसन पैmलाएर समाजलाई दिग्भ्रमित गर्ने उद्यमले लोकतन्त्रको आयाममाथि चुनौती बढाएको छ । त्यसैले सूचना संयन्त्रलाई थप जिम्मेवार बनाउन, प्रश्न र बहसलाई सघन बनाउन, जवाफदेहिताको पक्षमा आवाज सशक्त बनाउन र समग्रमा लोकतन्त्रलाई समृद्ध बनाउन सार्थक बहस र हस्तक्षेपलाई प्रवर्धन गर्न कान्तिपुर कन्क्लेभ २०२४ आयोजना गरिएको ग्रुपले जनाएको । 

१२.  नेपाल बिमा प्राधिकरणका अनुसार २०८१ असोज मसान्तसम्म जीवन बिमामा आबद्ध नेपालीको सङ्ख्या कति रहेको छ ?

➤ ४२.८७ प्रतिशत

  • २०८१ असोजसम्म सक्रिय बिमालेख सङ्ख्या एक करोड ३७ लाख ६६ हजार ४७८ रहेको । 
  • नेपाल बिमा प्राधिकरणका अनुसार आव २०८१/८२ मा बिमा पहुँच ५० प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । 

 

१३.  ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबुलकार निर्माणको शिलान्यास कहिले भएको हो ?

➤ वि.सं. २०८१ कात्तिक २३

१४.  कविडाँडा आख्यान पुरस्कार २०८० कसलाई प्रदान गरियो ?

➤ प्रा. कृष्ण गौतम

  • प्रा. गौतमको ‘अद्वैत’ उपन्यासका लागि सो पुरस्कार प्रदान गरिएको । 
  • पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको । 

१५.  नेपालमा उत्पादित विद्युत् पहिलोपल्ट बङ्गलादेश कहिले निर्यात गरियो ?

➤ वि.सं. २०८१ कात्तिक ३० (सन् २०२४ नोभेम्बर १५)

  • करिब पाँच वर्षदेखिको प्रयासपश्चात् ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिडमार्फत पहिलो पटक बङ्गलादेश पुराएको हो । 
  • नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्ने र त्यहाँबाट भारतको प्रसारण लाइनमार्फत भारत बङ्गलादेशबिचको वहरामपुर (भारत) – भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् निर्यात गरिएको । 
  • यो दक्षिण एसियाकै पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हो ।
  • आगामी १० वर्षमा बङ्गलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य रहेको । 
  • त्रिदेशीय विद्युत् व्यापार सम्झौतामार्पmत नेपालको बिजुली बङ्गलादेश पुगेकोमा भारतले पनि औपचारिक रूपमा यसलाई ऐतिहासिक उपलब्धि भनेको छ । भारतको विदेश मन्त्रालयले भारतीय ग्रिडमार्फत नेपालको विद्युत् बङ्गलादेश पुग्नुले उपक्षेत्रीय अन्तरआबद्वता विस्तार हुँदै गरेको टिप्पणी गरेको छ । 

१६.  आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०८१ को षडानन्द राष्ट्रिय पुरस्कार कसलाई प्रदान ग¥यो ?

➤ प्राडा जगदीशचन्द्र रेग्मी 

  • पुरस्कारको राशि एक लाख रुपियाँ रहेको । 
  • त्यसै गरी षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार (राशि : रु. ५१ हजार) समाजसेवी सुश्री भद्रकुमारी घलेलाई प्रदान गरिएको । 
  • प्रतिष्ठानले यस वर्षको षडानन्द क्षेत्रीय पुरस्कार (राशि : रु. ५१ हजार) साहित्यकार कुन्ता शर्मालाई प्रदान गर्ने निर्णय गरेको । 

 

१७.  आनन्द संहिता नामक कृतिका कृतिकार को हुन् ?

➤ घनश्याम खड्का 

 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 103
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA