चुरे संरक्षण दिवस, २०८३
- मनाइने मिति: हरेक वर्ष असार २ गते
- कतिऔं संस्करण?: १२ औं
- वि.सं. २०८३ को दिवसको नारा:"चुरेको माटो चुरेलाई, सफापानी सबैलाई"
- नेपाल सरकारद्वारा 'राष्ट्रपति चुरे संरक्षण कार्यक्रम' मार्फत यस क्षेत्रको एकीकृत संरक्षणको सुरुवात: आ.व. २०६६/६७ देखि
- नेपाल सरकारद्वारा चुरे पहाडका १६४ नदी प्रणाली र जलाधार क्षेत्रलाई 'वातावरण संरक्षण क्षेत्र' घोषणा गर्दै राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन: वि.सं. २०७१ साल असार २
- आयोजनाको स्तर: यो कार्यक्रम नेपाल सरकारको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना अन्तर्गत संचालित,
- चुरे क्षेत्रको उत्पत्ति: करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड
- चुरे शृङ्खलालानेपालमा चुरेको अवस्था र फैलावटई 'शिवालिक पर्वत (Siwalik Hills)' को नामबाट पनि चिनिन्छ,
- नेपालमा चुरेको अवस्था र फैलावट:
- विस्तार: पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म नेपालका ३७ वटा जिल्लाहरूमा फैलिएको,
- क्षेत्रफल: नेपालको कुल भू-भागको १२.७८ प्रतिशत हिस्सा चुरे क्षेत्रले ओगटेको,
- पहिचान: तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रबाट ओर्लिंदा भेटिने अन्तिम पहाड
- भौगोलिक अवस्थिति (अन्तर्राष्ट्रिय): पश्चिममा पाकिस्तानको इन्डस (सिन्धु) नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको,