विश्व खडेरी विरुद्ध संघर्ष दिवस, २०२६
- प्रत्येक वर्ष जुन १७ तारिख (तदनुसार असार ३ गते) का दिन विश्वभर यो दिवस मनाइन्छ,
- संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा यो दिवसको घोषणा गरेपछि सन् १९९५ देखि नियमित रूपमा मरुभूमिकरण र खडेरी विरुद्धको ऐक्यबद्धताका लागि यो दिवस मनाउन थालिएको,
- २०२६ को अन्तर्राष्ट्रिय नारा: “Rangelands: Recognize. Respect. Restore.” (नेपाली रूपान्तरण: “चरन क्षेत्र: चिनौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ”)
- २०२६ को Host Country: केन्या (अफ्रिकी महादेशमा करिब एक दशकपछि यो विश्वव्यापी कार्यक्रम आयोजना गरिएको,)
- सन् २०२६ लाई संयुक्त राष्ट्रसङ्घले ‘अन्तर्राष्ट्रिय चरन क्षेत्र तथा पशुपालक वर्ष’ (International Year of Rangelands and Pastoralists) घोषणा गरेको,