Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको शैक्षिक इतिहास: महत्वपूर्ण तथ्यहरू

  • Ajnabee Khadka
  • February 16, 2026
  • 837

नेपालको शैक्षिक इतिहास: महत्वपूर्ण तथ्यहरू

Educational History of Nepal: Important Facts
प्रश्न / विषयवस्तु उत्तर
प्राचीनकालीन धार्मिक शिक्षाका प्रकारहरु संस्कृत शिक्षा र बौद्ध शिक्षा
वेदको अध्ययन सकेपछि सन्यास लिने महिला ब्रहमबादीनी
वेदको अध्ययन सकेपछि गृहस्थ प्रवेश गर्ने महिला सधोवधु
लिच्छवी कालको शैक्षिक क्षेत्र हेर्ने प्रशासनिक अंग अग्रहार
लिच्छवीकालीन शिक्षाको आधार धर्म
लिच्छवीकालीन शिक्षाको माध्यम भाषा संस्कृत भाषा
११औं शताब्दीमा शिक्षाका प्रमुख केन्द्रहरू फर्पिङ, पाटन, काठमाडौं
लिच्छवीकालमा शिक्षा सञ्चालनको मुख्य आधार गुठी
लिच्छवीकालमा राष्ट्रले शिक्षालाई कुन रुपमा लिन्थ्यो? ऐच्छिक
धर्मबाट शिक्षालाई छुट्याउने व्यक्ति सिद्धिनरसिंह मल्ल
मल्लकालमा व्यवसायिक शिक्षा र सीप सिकाउने राजा जयस्थिति मल्ल
शिक्षा प्रेमी राजा भनेर चिनिने राम शाह
प्राचीन नेपालको वैदिक शिक्षा प्रणाली गुरुकुल, पितृकुल, देवकुल
वैदिक कालमा शिक्षा दिने कार्यको प्रारम्भ आमा बुबाबाट
पैसा लिएर ट्युसन पढाउने कार्य भृतकाध्ययन
प्राचीनकालीन शिक्षा पद्धति अनुप्राणित धर्म वैदिक धर्म
प्राचीनकालीन दीक्षान्त विधि अष्टकलशले स्नान गराई स्नातकोत्तर उपाधि दिने
प्राचीनकालीन संस्कृत शिक्षाको केन्द्र दिङ्ला
सैनिक शिक्षा र छात्रवृत्तिको सुरुवात गर्ने पृथ्वीनारायण शाह
आधुनिक सैनिक शिक्षा दिने व्यक्ति भीमसेन थापा
नेपाली भाषालाई राजभाषा बनाउने पृथ्वीनारायण शाह
धर्मप्रचार र धार्मिक शिक्षा नियन्त्रण गर्ने सिद्धिनरसिंह मल्ल
अंग्रेजी शिक्षाको सुरुवात गर्ने जंगबहादुर राणा
अंग्रेजी शिक्षाको सुरुवात (मिति) वि.सं. १९१०
दरबार स्कुलको स्थापना वि.सं. १९१० (सन् १८५४)
दरबार स्कुलको पहिलो सुपरिवेक्षक Mr. Ross
दरबार स्कुलको पहिलो प्रधानाध्यापक Mr. Canning
दरबार स्कुलको पहिलो नेपाली प्रधानाध्यापक रुद्रराज पाण्डे
शिक्षा विभागको स्थापना वि.सं. १९१५
शिक्षा विभागको पहिलो डाइरेक्टर बबरजंग राणा
नारायणहिटी संस्कृत पाठशालाको स्थापना वि.सं. १९२७
षडानन्द अधिकारीद्वारा दिङ्लामा पाठशाला स्थापना वि.सं. १९३२
दरबार स्कुलमा भाइभारदारका छोराछोरीलाई प्रवेश वि.सं. १९३२
दरबार स्कूललाई माध्यमिक तहमा स्तरोन्नति गर्ने धीर शमशेर
पहिलो सरकारी पाठशाला रानीपोखरी पाठशाला
रानीपोखरी पाठशालाको संस्थापक रणोद्धिप सिंह
रानीपोखरी पाठशालाको स्थापना वि.सं. १९३४
रानीपोखरी पाठशालाको सम्बन्धन कलकत्ता विश्वविद्यालय
धनकुटामा शास्त्रविधान पुस्तकालय स्थापना वि.सं. १९४१
दरबार हाईस्कूल सर्वसाधारणका लागि खुला वि.सं. १९४२
दरबार हाईस्कूल सर्वसाधारणका लागि खुला गर्ने वीर शमशेर
स्कूल गोश्वाराको स्थापना वि.सं. १९५२
१५७ वटा भाषा पाठशाला स्थापना गर्ने देव शमशेर
१५७ भाषा पाठशालाको स्थापना मिति वि.सं. १९५७
अक्षरांक शिक्षाका लेखक जयपृथ्वीबहादुर सिंह
भाषा पाठशालामा निःशुल्क वितरण गरिएको पुस्तक अक्षरांक शिक्षा
महिला शिक्षाको सुरुवात वि.सं. १९४५
महिला शिक्षाको सुरुवात गर्ने प्रधानमन्त्री वीर शमशेर
जयपृथ्वीबहादुर सिंहका पुस्तकहरु बालबोध, भूगोल विद्या, स्रेस्ता बोध, अक्षरांक शिक्षा
किताब तर्जुमा अड्डाको स्थापना वि.सं. १९६०
सत्यवादी पाठशालाको स्थापना वि.सं. १९६३
पासजाँच अड्डाको स्थापना वि.सं. १९६७
गोरखा भाषा प्रकाशिनी समितिको स्वीकृति वि.सं. १९६७
नेपाली भाषा प्रकाशिनी समिति नामकरण वि.सं. १९८९
उपत्यका बाहिरको पहिलो अंग्रेजी स्कूल चन्द्र मिडिल स्कूल
चन्द्र मिडिल स्कूलको स्थापना वि.सं. १९७२, सिराहा
पाशुपत प्रेसबाट प्रकाशित पहिलो पुस्तक गोरखा शिक्षा
त्रिभुवनचन्द्र कलेजको स्थापना वि.सं. १९७५ भाद्र २७
त्रिभुवनचन्द्र कलेजको सुरुको सम्बन्धन कलकत्ता विश्वविद्यालय
त्रिचन्द्र कलेज नामकरण वि.सं. १९८०
वि.सं. १९८० पछि त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालय
स्रेस्ता पाठशालामा थपिएको विषय औंठा
स्रेस्ता पाठशाला ६ पासे बनाइएको वि.सं. १९८५
जुद्धशमशेरको पालामा ६ पासे निजामति द्वितीया
जुद्धशमशेरको पालामा ११ पासे निजामति प्रथमा
पाटन ढोकामा कन्या पाठशाला स्थापना वि.सं. १९८०
रुद्रराज पाण्डे दरबार हाईस्कूलको प्र.अ. नियुक्त वि.सं. १९८२
बारामा चन्द्र मिडिल स्कूलको स्थापना वि.सं. १९८४
राजकीय आयुर्वेदिक स्कूलको स्थापना वि.सं. १९८५
वसन्तपुरमा टेक्निकल स्कूलको स्थापना वि.सं. १९८७
कृषि स्कूलको स्थापना वि.सं. १९८९
नेपालका प्रथम शिक्षा मन्त्री नृपजंग राणा
प्रथम जननिर्वाचित शिक्षा मन्त्री परशुनारायण चौधरी
प्रथम महिला शिक्षा मन्त्री चित्रालेखा यादव
एस.एल.सी. बोर्डको स्थापना वि.सं. १९९० कार्तिक १६
एस.एल.सी. बोर्ड स्थापना हुँदाका हाईस्कूल २ वटा (पाटन र दरबार)
१९९० को एस.एल.सी. मा आवेदक ३४ जना
१९९० को एस.एल.सी. मा सहभागी ३३ जना
१९९० को एस.एल.सी. मा उत्तीर्ण १९ जना
१९९० को एस.एल.सी. श्रेणी विभाजन द्वितीय: १०, तृतीय: ९
१९९० को एस.एल.सी. पूर्णाङ्क र उत्तीर्णाङ्क पूर्णाङ्क ८००, उत्तीर्णाङ्क २८०
एस.एल.सी. बोर्डका प्रथम परीक्षा नियन्त्रक हरिमणि आचार्य
शिक्षा सम्बन्धी पहिलो बोर्ड गठन वि.सं. १९९३ (२२ सदस्य)
निजी विद्यालय खोल्न स्वीकृति वि.सं. १९९५ चैत २८
पहिलो निजी विद्यालय जुद्धोदय पब्लिक हाईस्कूल
जुद्धोदय हाईस्कूल खुलेको स्थान विराटनगर
शिक्षा सम्बन्धी पहिलो इस्तिहार वि.सं. १९९६ माघ ८
शिक्षा इस्तिहारका दफाहरु ४२ दफा
शिक्षा इस्तिहार अनुसार विद्यालय संरचना ३-४-३
विद्यालय सञ्चालक समितिको पहिलो व्यवस्था शिक्षाको इस्तिहार, १९९६
नेपाली भाषानुवाद परिषदको गठन वि.सं. १९९७ असोज १८
विद्यालय निरीक्षणको सुरुवात वि.सं. १९९८
औपचारिक प्राविधिक शिक्षाको सुरुवात वि.सं. १९९७
पहिलो इन्स्पेक्टर अफ स्कुल अफिस स्थापना वि.सं. १९९८ असोज २२
पहिलो इन्स्पेक्टर अफ स्कुल सूर्यप्रसाद उपाध्याय
उपत्यका बाहिरको पहिलो SLC केन्द्र त्रिजुद्ध हाईस्कूल, वीरगंज
संस्कृतलाई 'मृत भाषा' भन्ने राणा प्रम पद्म शमशेर
SLC मा पूरक परीक्षाको सुरुवात वि.सं. २००३
SLC मा पूरक परीक्षा बन्द वि.सं. २०२३
SLC मा पूरक परीक्षा पुनः सुरु वि.सं. २०५४
विद्यालय खोल्ने बन्देज हटाउने पद्म शमशेर
विद्यालयका पिता भनेर चिनिने पद्म शमशेर
आधार शिक्षक प्रशिक्षण केन्द्र स्थापना वि.सं. २००४ जेठ १०
आधार शिक्षाको सुरुवात वि.सं. २००४ असोज १६
प्रथम विश्वविद्यालय योजना कमिसन गठन वि.सं. २००५
विश्वविद्यालय योजना कमिसनका अध्यक्ष मृगेन्द्र शमशेर
विश्वविद्यालय योजना कमिसनका सदस्य २५ जना
'नेपाल शिक्षा' मासिक पत्रिका प्रकाशन वि.सं. २००५ असोज १५
२००७ सालमा साक्षरता प्रतिशत २ प्रतिशत
२००७ सालमा महिला साक्षरता ०.७ प्रतिशत
२००७ सालमा शैक्षिक संस्था संख्या प्रा.वि. ३२१, नि.मा.वि. ११, कलेज १
शिक्षा मन्त्रालयको स्थापना वि.सं. २००७
शैक्षिक विकेन्द्रीकरणका लागि ७ भागमा विभाजन वि.सं. २०१० माघ १६
नेपाल युनेस्कोको सदस्य बनेको वि.सं. २०१०
घुम्ती शिक्षक तालिम कार्यक्रम सुरुवात वि.सं. २०१३
कलेज अफ एजुकेशनको स्थापना वि.सं. २०१३ भाद्र २४
नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना वि.सं. २०१४
नेपाली भाषाले राष्ट्रभाषाको मान्यता पाएको वि.सं. २०१५
शैक्षिक प्रशासन २८ जिल्लामा विभाजन वि.सं. २०१५
सरकारी तवरबाट प्रा.वि. पाठ्यक्रम प्रकाशन वि.सं. २०१६ वैशाख ५
त्रिभुवन विश्वविद्यालयको स्थापना वि.सं. २०१६ असार ३०
१४ अञ्चल र ७५ जिल्लामा शिक्षा कार्यालय वि.सं. २०१८
पासजाँच अड्डा परीक्षा नियन्त्रण कार्यालयमा परिणत वि.सं. २०१८ वैशाख
राष्ट्रिय पुस्तकालय सर्वसाधारणका लागि खुला वि.सं. २०१८
पहिलो शिक्षा ऐन जारी वि.सं. २०२३
निःशुल्क तथा अनिवार्य प्राथमिक शिक्षा सुरुवात वि.सं. २०२० माघ १३
नियमित शैक्षिक तथ्याङ्क संकलन सुरुवात वि.सं. २०२१
एम.एड. (M.Ed.) पढाइको सुरुवात वि.सं. २०२२
बहिरा स्कुलको स्थापना (नक्साल) वि.सं. २०२३ जेठ २९
केशर पुस्तकालय सर्वसाधारणका लागि खुला वि.सं. २०२६
राष्ट्रिय शिक्षा पद्धति योजना (नेराशिपयो) लागू वि.सं. २०२८ कार्तिक १५
शिक्षा ऐन, २०२८ जारी वि.सं. २०२८ भाद्र २४
पाठ्यक्रम विकास केन्द्रको स्थापना वि.सं. २०२८ भाद्र ५
देशभर एउटै पाठ्यक्रम लागू वि.सं. २०२८
प्राविनि र माविनि राख्ने व्यवस्था वि.सं. २०३०
विशेष शिक्षा परिषदको गठन वि.सं. २०३०
रेडियोबाट शिक्षक तालिम सुरु वि.सं. २०३७
ग्रामीण विकासको लागि शिक्षा परियोजना वि.सं. २०३८
राष्ट्रिय पाठ्यक्रम कार्यान्वयन योजना लागू वि.सं. २०३८
शिक्षाशास्त्र अध्ययन संस्थान संकायमा परिणत वि.सं. २०४३
महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना वि.सं. २०४३
प्राथमिक शिक्षा तथा व्यवसायिक तालिम ऐन पारित वि.सं. २०४५
उच्च माध्यमिक शिक्षा ऐन जारी वि.सं. २०४६ कार्तिक १
निजी क्षेत्रको पहिलो विश्वविद्यालय काठमाडौं विश्वविद्यालय
काठमाडौं विश्वविद्यालय स्थापना वि.सं. २०४८
भर्ना हुँदा जन्मदर्ता अनिवार्य गर्ने निर्णय वि.सं. २०४९ फागुन ४
आधारभूत तथा प्राथमिक शिक्षा परियोजना (BPEP I) वि.सं. २०४९
विश्वविद्यालय अनुदान आयोग ऐन पारित वि.सं. २०५० मंसिर ७
अनौपचारिक शिक्षा परिषदको स्थापना वि.सं. २०४९
शैक्षिक जनशक्ति विकास केन्द्र (NCED) स्थापना वि.सं. २०५०
नेपाल टेलिभिजनबाट दूर शिक्षा प्रसारण वि.सं. २०५२ फागुन ७
शिक्षाका लागि खाद्य कार्यक्रम वि.सं. २०५२
अनौपचारिक शिक्षा केन्द्रको स्थापना वि.सं. २०५६
कक्षा १ मा अंग्रेजी अनिवार्य वि.सं. २०६०
विद्यार्थी भर्ना अभियानको सुरुवात वि.सं. २०६१
अनौपचारिक शिक्षा नीति जारी वि.सं. २०६३ माघ २५
प्राविधिक शिक्षा तथा सीप विकास नीति पारित वि.सं. २०६४
शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO) स्थापना वि.सं. २०६६ कार्तिक १३
दिवाखाजा कार्यक्रमको सुरुवात आ.व. २०६७/०६८
दिवाखाजा कार्यक्रम सुरु गरिएका जिल्ला ११ जिल्ला
साक्षर नेपाल अभियान निर्देशिका स्वीकृत वि.सं. २०६९ माघ ४
साक्षर नेपाल अभियान अवधारणापत्र स्वीकृत वि.सं. २०६९ असोज १५
विद्यालयमा ICT प्रयोग सम्बन्धी निर्देशिका वि.सं. २०६९
सक्षमतामा आधारित पाठ्यक्रम लागू वि.सं. २०७०
सक्षमतामा आधारित पहिलो पाठ्यक्रम आधारभूत शिक्षा पाठ्यक्रम २०६९
निरक्षर उन्मूलन वर्ष आ.व. २०७१/७२
प्राविधिक धारतर्फ SLC मा अक्षराङ्कन पद्धति वि.सं. २०७१
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (NEGRP) वि.सं. २०७१
शिक्षक सक्षमताको प्रारुप जारी वि.सं. २०७०
शिक्षा ऐनको ७ औं, ८ औं र ९ औं संशोधन २०५८/१०/२५, २०७३/०३/१५, २०७४/०७/०६
शिक्षा सेवा आयोग नियमावलीको १० औं संशोधन वि.सं. २०७६/०६/१३
निःशुल्क पाठ्यपुस्तक वितरण दिवस वि.सं. २०७३/०१/०५
खुला विश्वविद्यालय ऐन जारी वि.सं. २०७३/०३/३०
कक्षा ८ मा अक्षराङ्कन पद्धतिको प्रयोग शैक्षिक सत्र २०७४
राष्ट्रिय पाठ्यक्रम प्रारुप स्वीकृत वि.सं. २०७६/०५/२०
पाठ्यक्रम प्रारुप स्वीकृत गर्ने निकाय राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद
वैकल्पिक प्राथमिक विद्यालयहरूको संख्या २७५ वटा
एकै वर्ष २ पटक SLC परीक्षा सञ्चालन वि.सं. २००७
जिन्सी दिएर चलाइने पाठशाला सञ्चरी पाठशाला
दरबार स्कुलको हालको नाम भानु माध्यमिक विद्यालय
प्राविधिक शिक्षाको खाँचो औंल्याउने प्रम वीर शमशेर
"आफ्ना छोरालाई अंग्रेजी पढाऊ" भन्ने जंगबहादुर राणा
काठमाडौं विश्वविद्यालयको स्थान धुलिखेल, काभ्रे
नेपाली भाषाको पहिलो पाठ्यपुस्तक अक्षरांक शिक्षा
निवृत्तिभरण कोष ऐन प्रमाणीकरण वि.सं. २०७५/१२/०४
नेपालको पहिलो पुस्तकालय शास्त्रविधान गृह (वि.सं. १९४१, धनकुटा)
राजेश्वरी पाठशालाको स्थापना वि.सं. १९३१
रानीपोखरी पाठशालाको स्थापना वि.सं. १९३४
गंगाबाई नेपाल आएको समय वि.सं. १९४५
किताब तर्जुमा अड्डाको स्थापना वि.सं. १९६०
सत्यवादी पाठशालाको स्थापना वि.सं. १९६३ (नक्साल)
टेक्निकल स्कुलको स्थापना वि.सं. १९८७
जयतु संस्कृतम् आन्दोलन वि.सं. २००४ (२००५ मा उत्कर्ष)
गौतम बुद्धले प्रवचन दिने भाषा पाली
पहिलो शिक्षा ऐन जारी (दोहोरिएको) वि.सं. २०१९ (प्रमाणिकरण २०२३)
पासजाँच अड्डा पनेकामा गाभिएको वि.सं. २०१८ असार ३१
घुम्ती शिक्षक तालिमका केन्द्रहरु नेपालगंज, वीरगंज र धरान
पहिलो शिक्षा नियमावली प्रकाशन वि.सं. २०२३
त्रिविका प्रथम कुलपति र उपकुलपति कान्तिराज्य लक्ष्मी शाह र सुवर्ण शमशेर
राष्ट्रिय शिक्षक शिक्षण केन्द्र स्थापना वि.सं. २०११ भाद्र २४
नेपालमा पञ्चाङ्ग छापिन सुरु भएको वि.सं. १९४१

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 115
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 65
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA