संघीय व्यवस्थापिका
- नेपालको संविधान (२०७२) को भाग ८ मा संघीय व्यवस्थापिका सम्बन्धी व्यवस्था गरिएको,
- नेपालको संघीय व्यवस्थापिका अन्तर्गत प्रतिनिधि सभा (House of Representatives) र राष्ट्रिय सभा (National Assembly) गरी दुई सदनात्मक व्यवस्थापिकाको प्रावधान,
| विषय | विवरण |
| प्रतिनिधि सभा (धारा ८४ र ८५) |
|
| राष्ट्रिय सभा (धारा ८६) |
|
सदस्यका लागि योग्यता (धारा ८७):
दुवै सदनको सदस्य हुनका लागि देहायका योग्यता आवश्यक पर्छन्;
- नेपालको नागरिक,
- प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएको,
- नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
- कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको,