नेपालमा पहिलो पटक सालक सम्मेलन
सम्मेलनको प्रमुख पृष्ठभूमि:
- सम्मेलनको नाम: पहिलो बागमती सालक सम्मेलन
- आयोजना मिति: २०८२ माघ २६
- आयोजना स्थल: माडी, चितवन
- मुख्य आयोजक: बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय
- संयोजक निकाय: डिभिजन वन कार्यालय, चितवन
- सहभागी संख्या: १३ जिल्लाका सब डिभिजन प्रतिनिधि, विज्ञ र सरोकारवाला गरी २०० भन्दा बढी
- मुख्य उद्देश्य: सालकको वर्तमान अवस्था, संरक्षणका चुनौती र भावी रणनीतिका विषयमा छलफल गर्ने,
- पहिलो बागमती सालक सम्मेलनको क्रममा जारी गरिएको घोषणा पत्र: सालक संरक्षणका लागि माडी घोषणा-पत्र
माडी घोषणा-पत्र २०८२ का मुख्य बुँदाहरू
| क्र.सं. | मुख्य विषय | प्रतिबद्धता तथा घोषणा |
| १ | बासस्थान र शिक्षा | सालक पाइने वन र संरक्षित क्षेत्रहरूमा संरक्षण तथा बासस्थान व्यवस्थापन गर्ने र संरक्षण शिक्षा अभिवृद्धि गर्ने कार्यलाई सरोकारवाला निकायको पहलमा कार्यान्वयन गर्ने। |
| २ | सामूहिक पहल | चोरी-सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीन तहका सरकार, संरक्षण साझेदार संघ-संस्थाहरू र स्थानीय समुदायहरूको सहयोगमा सामूहिक पहल गर्ने। |
| ३ | योजना कार्यान्वयन | नेपाल सरकारले तर्जुमा गरेको सालक संरक्षण कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेश स्तरीय योजना बनाई सोको लागि आवश्यक साधन स्रोत जुटाई लागू गर्ने। |
| ४ | अध्ययन र अनुसन्धान | स्थानीय समुदायको सहभागितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरू, विश्वविद्यालय र तीनै तहका सरकारको सहकार्यमा आवश्यक अध्ययन अनुसन्धान अगाडि बढाउने। |
| ५ | स्थानीय सहभागिता | सालक संरक्षणका लागि स्थानीयको सक्रिय सहभागिता र अपनत्व हुने गरी संरक्षण कार्ययोजना निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्ने। |
| ६ | राष्ट्रिय स्तरको अनुरोध | अन्य सबै प्रदेश तथा राष्ट्रिय स्तरमा सालक सम्मेलन गर्न बागमती प्रदेश सरकारमार्फत अनुरोध गर्ने। |
| ७ | गौरवको प्राणी र बजेट | सालकलाई बागमती प्रदेशको 'गौरवको प्राणी' घोषणा गर्ने र यसको संरक्षणमा नीति कार्यक्रमसहित उचित बजेट व्यवस्थापनको प्रतिबद्धतालाई वैधानिकता प्रदान गर्न आवश्यक पहल गर्ने। |
सालक सम्बन्धी महत्वपूर्ण तथ्यहरू:
- एशियामा पाइने चार प्रजातिका सालक मध्ये नेपालमा दुई प्रजाति (कालो (Chinese Pangolin)/सानो सालक वा तामे सालक (Indian Pangolin)) पाइन्छन्,
- यसलाई शरीरभरि कत्ला हुने र कमिला खाने भएकोले "Scaly Anteater" पनि भनिन्छ,
- सामान्य अंग्रेजीमा यसलाई "Pangolin" भनिन्छ,
- नेपालमा पाइने सालकका दुई प्रजातिहरूको वैज्ञानिक नाम:
- कालो सालक (Chinese Pangolin): Manis pentadactyla
- तामे सालक (Indian Pangolin): Manis crassicaudata
- स्थानीय नामहरू:
- तामाङ समुदाय: घोस
- नेवार समुदाय: केंग्या
- अन्य जिल्लाहरू: साल माछा
- नेपालका कतिवटा जिल्लामा सालक पाइन्छन्? ६१ जिल्लामा
- अन्तर्राष्ट्रिय (IUCN) र राष्ट्रिय रूपमा सालकलाई 'अति संकटपन्न' (Critically Endangered) सूचीमा राखिएको,
- नेपालको कानुन (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९) अनुसार सालक मार्ने, हानी पुर्याउने वा अंग व्यापार गर्नेलाई:
- जरिवाना: ४०,००० देखि ७५,००० रुपैयाँसम्म
- कैद: १ देखि १० वर्षसम्म, वा दुवै सजाय