Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वैदेशिक रोजगारी

  • Bikash Shrestha
  • November 03, 2025
  • 493

वैदेशिक रोजगारी

Foreign Employment

वर्तमान विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारी आर्थिक विकासको एक महत्वपूर्ण आयामको रूपमा स्थापित भएको छ । विशेषगरी मुलुकभित्र बेरोजगारी बढ्दै गएपछि श्रमशक्तिलाई उनीहरूको योग्यता, सीप र दक्षताअनुसार अन्य देशहरूमा रोजगारीका लागि पठाइन्छ । तिनै श्रमिकहरूबाट प्राप्त वैदेशिक आय (विप्रेषण), सीप, प्रविधि र अनुभवले स्वदेशको आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याएको पाइन्छ । नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान उल्लेखनीय छ। विगतमा द्वन्द्वका कारण कृषि, उद्योग, व्यापार लगायतका आन्तरिक क्षेत्रमा नकारात्मक असर परे पनि वैदेशिक रोजगारीले निरन्तर आर्थिक टेवा पुर्‍याइरहेको देखिन्छ । तर, वैदेशिक रोजगारी नेपालका लागि केवल रोजगारीको अवसर मात्र होइन, एक बाध्यता पनि हो। देशमा आर्थिक, सामाजिक र औद्योगिक क्षेत्र अपेक्षाकृत रूपमा विकसित नहुँदा ठूलो संख्यामा युवाशक्ति वैदेशिक रोजगारीमा जान बाध्य छन् । चालू पन्ध्रौं योजनाअनुसार नेपालमा हरेक वर्ष करिब पाँच लाख नयाँ श्रमशक्ति श्रमबजारमा प्रवेश गर्छन्, तर आन्तरिक श्रमबजारको क्षमताले ती सबैलाई समेट्न नसक्दा थप श्रमशक्ति विदेश जान बाध्य हुन्छ । आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार, नेपालले हालसम्म १११ देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ। २०८१ फागुनसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ६४ लाख ६१ हजार १९ पुगेको छ, जसमा ६.७ प्रतिशत महिला र ९३.३ प्रतिशत पुरुष रहेका छन्। सोही अवधिमा ३ लाख १७ हजार ६३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् — जसमा ४१ हजार ३२० महिला र २ लाख ७५ हजार ७४३ पुरुष छन् । वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारमध्ये सबैभन्दा बढी यूएई जान्छन्। गत आर्थिक वर्ष (२०८०/०८१) मा पनि यूएई नै नेपाली कामदारका लागि प्रमुख गन्तव्य मुलुकको रूपमा रहेको थियो । वैदेशिक रोजगारीले विशेषगरी गरिबी निवारणमा उल्लेखनीय भूमिका खेलेको भए पनि, यसलाई दीर्घकालीन विकासको स्थायी आधार मान्न सकिँदैन। त्यसका लागि मुलुकभित्रै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण, उद्योगको विकास र विस्तार, तथा विविध स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक छ । यदि नेपालले वैदेशिक रोजगारीलाई बाध्यता होइन, अवसरका रूपमा लिएर दक्ष र सीपयुक्त जनशक्तिलाई मात्र सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा विदेश पठाउन सक्यो भने, देशले वैदेशिक रोजगारीबाट अधिकतम आर्थिक लाभ लिन सक्नेछ ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 103
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA