Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आधुनिक काल (वि.सं. २००७–२०६३)

  • Bikash Shrestha
  • October 26, 2025
  • 618

आधुनिक काल (वि.सं. २००७–२०६३)

Modern Period (2007–2063)

मध्यकालीन निरंकुश शासन प्रणालीमा चाकडी, भनसुन, मनपरी ढङ्गले कर्मचारी नियुक्ति, अवैज्ञानिक बढुवा र सरुवा, तथा योग्य जनशक्तिको अभावका कारण प्रशासनिक अवस्था कमजोर थियो । २००७ सालमा देशमा प्रजातान्त्रिक शासन प्रणाली प्रारम्भ भएपछि प्रशासनिक सुधारको आवश्यकता देखियो र त्यस दिशामा काम सुरु गरियो । २००७ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन गृह मन्त्री बि.पी. कोइरालाले गृह मन्त्रालयमा प्रशासनिक प्रमुखको रूपमा सचिव पदको स्थापना गरे । नेपालको अन्तरिम शासन विधान, २००७ अनुसार, २००८ असार १ गते लोक सेवा आयोग स्थापना भयो, जसले निष्पक्ष र तटस्थ रूपमा निजामती कर्मचारीहरूको नियुक्ति गर्ने जिम्मेवारी पायो । वि.सं. २००९ मा भारतीय प्रशासनविद् महेश नीलकण्ठ बुचको अध्यक्षतामा प्रशासन सुधार समिति गठन गरियो, जसले सुधारका सुझावहरू प्रस्तुत गर्‍यो । वि.सं. २०१३ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा प्रशासन पुनर्गठन योजना आयोग गठन भयो । यस आयोगले निजामती प्रशासनको सुधार र विकासका लागि आधारशिला राख्यो। आयोगका सुझावअनुसार निजामती सेवा ऐन र नियमावली तयार पारियो, जसले प्रशासनलाई विधिसम्मत बनायो । यसपश्चात् लोक सेवा आयोगबाट सिफारिस भएका व्यक्तिहरूमात्र निजामती सेवामा प्रवेश पाउने व्यवस्था गरियो। योग्यता र दक्षताका आधारमा कर्मचारी वर्गीकरण, तालिम, संगठनात्मक सुधार, र सेवा समूहको व्यवस्था गर्दै निजामती सेवाको व्यवसायीकरण प्रारम्भ गरियो । वि.सं. २०१५ देखि लोक सेवा आयोगले योग्यता प्रणालीअनुसार भर्ना सुरु गरेपछि नेपालमा औपचारिक रूपमा योग्यता प्रणाली लागू भयो  वि.सं. २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो र प्रशासनिक संरचना सोही अनुरूप पुनर्संरचित भयो। सबै जिल्लामा प्रशासनिक एकाइहरू स्थापना भए । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै विदेशमा कूटनीतिक निकायहरू पनि स्थापन भए । पञ्चायत कालमा विकेन्द्रीकरण सम्बन्धी सुझावका लागि विश्वबन्धु थापाको अध्यक्षतामा प्रशासन शक्ति विकेन्द्रीकरण आयोग गठन गरियो । वि.सं. २०२२ मा जिल्लास्तरीय प्रशासनिक प्रमुखका रूपमा प्रमुख जिल्ला अधिकारी (C.D.O.) को व्यवस्था गरियो ।

पछि,

  • वि.सं. २०२५ मा वेदानन्द झाको अध्यक्षतामा “प्रतिबद्ध प्रशासन प्रणाली” विकास गर्ने प्रयास,

  • वि.सं. २०३२ मा भेषबहादुर थापाको अध्यक्षतामा “विकास प्रशासनलाई सुदृढ बनाउने” प्रयास भए ।
    यी सबै प्रयासहरूले नेपाल प्रशासनलाई आधुनिक बनाउने दिशा देखाए ।

वि.सं. २०४७ मा प्रजातान्त्रिक सरकार गठन भई नेपाल अधिराज्यको संविधान, २०४७ जारी भएपछि प्रशासनमा सुधार र आधुनिकीकरणको प्रक्रिया तीव्र बन्यो।
वि.सं. २०४८ मा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अध्यक्षतामा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरियो। आयोगले निम्न सुझावहरू दियो —

  1. सरकारका कार्यक्षेत्र घटाई जनजीवनका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने।

  2. प्रशासनिक संगठनको पुनर्गठन गर्नुपर्ने।

  3. सुधार कार्यक्रमको अनुगमन सुनिश्चित गर्नुपर्ने।

  4. योजना र विकास प्रक्रियाको पुनर्गठन गर्नुपर्ने।

  5. निजामती सेवालाई विशेषज्ञ सेवा बनाउनुपर्ने।

  6. कर्मचारीको वृत्ति विकास, सरुवा, पदस्थापन र सेवा सुरक्षामा जोड दिनुपर्ने।

  7. ऐन–नियमहरूमा समयानुकूल सुधार र कार्यविवरण तथा कार्यसम्पादन मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने।

  8. मन्त्री र निजामती कर्मचारीबीचको सम्बन्ध स्पष्ट र व्यवस्थित गर्नुपर्ने।

  9. सरकारी कार्यप्रणाली सरल र उत्पादक बनाउनुपर्ने।

  10. विकेन्द्रीकरण र निजीकरणलाई प्रवर्द्धन गर्नुपर्ने।

  11. भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने।

यी सुझावका आधारमा निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० जारी भई कार्यान्वयन गरियो। यसका कारण सरकारको कार्यक्षेत्र सीमित हुँदै सेवा प्रवाहमा निजी क्षेत्रको संलग्नता बढ्यो। साथै, कर्मचारी सशक्तीकरण, सेवा सुरक्षा, वृत्ति विकासका अवसर, र ट्रेड युनियनको व्यवस्था पनि स्थापित भयो । यद्यपि सुधार प्रक्रिया निरन्तर चल्ने विषय हो । वि.सं. २०५५ मा स्थानीय स्वायत्त शासन ऐन, २०५५ लागू गरियो, जसले स्थानीय तहसम्म प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनायो । पछिल्लो चरणमा, आ.व. २०५७/०५८ मा शासकीय सुधार परियोजना सुरु भयो, जसले समावेशी निजामती सेवा स्थापना गर्ने दिशा लियो ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 98
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA