राष्ट्रिय प्रजातन्त्र दिवस र निर्वाचन दिवस, २०८२
राष्ट्रिय प्रजातन्त्र दिवस
- वि.सं. २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्षको फागुन ७ गते राष्ट्रिय पर्वका रूपमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ।
- मिति: २०८२ फागुन ७ (सन् २०२६, फेब्रुअरी १९)
- कतिऔं? ७६ औं
- महत्व: नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा
- राणा प्रधानमन्त्री मोहनशमशेरको आग्रहमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली कांग्रेस र राजा त्रिभुवनबीच २००७ साल फागुन १ गते त्रिपक्षीय (दिल्ली सम्झौता) भयो। राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र 'हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूको निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले' भन्दै फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसरी १०४ वर्षे राणाशासन अन्त्य भयो र प्रजातन्त्रको स्थापना भयो।
नेपालको प्रजातान्त्रिक आन्दोलनको विस्तृत कालक्रमिक तालिका:
| मिति (वि.सं.) | प्रमुख घटनाहरू तथा उपलब्धिहरू |
| १९५० | माधवराज जोशीद्वारा "आर्य समाज" स्थापित, धार्मिक-सामाजिक सुधारमार्फत प्रजातान्त्रिक चेतनाको सुरुवात। |
| १९६६ | कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले 'मकैको खेती' पुस्तक मार्फत राणाहरूलाई व्यङ्ग्य गरेको अभियोगमा जेल सजाय। |
| १९८७/८८ | राणा शासन विरुद्धको पहिलो संगठित प्रयास (प्रचण्ड गोरखाको स्थापना) र लाइब्रेरी पर्व |
| १९९३ | टंकप्रसाद आचार्यको नेतृत्वमा नेपालको पहिलो राजनीतिक दल "नेपाल प्रजापरिषद्" को स्थापना |
| १९९७ | महावीर स्कूल पर्व र चार शहीदलाई मृत्युदण्ड |
| २००४ | नेपाल प्रजा पञ्चायतको सत्याग्रह |
| २००७ फागुन ७ | राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना |
| २००७–२०१० | डा. के.आई. सिंह, भीमदत्त पन्त र रक्षादलको विद्रोह |
| २०१४ | प्रजातान्त्रिक मोर्चाको 'भद्र अवज्ञा आन्दोलन' |
| २०१५ फागुन ७ | १०९ सदस्यीय संसदका लागि पहिलो आम निर्वाचन |
| २०१६ | प्रथम निर्वाचित मन्त्रिमण्डलको गठन |
| २०१७ पुस १ | पञ्चायती व्यवस्थाको सुरुवात (संसदीय व्यवस्थाको अन्त्य) |
| २०१८–२०२९ | कांग्रेसको सशस्त्र संघर्ष र २०२८ को झापा विद्रोह |
| २०३५/३६ | विद्यार्थी आन्दोलन र जनमत संग्रहको घोषणा |
| २०४२ | नेपाली कांग्रेसको सत्याग्रह र जनवादी मोर्चाको बमकाण्ड |
| २०४६ | जनआन्दोलनको सफलता र प्रजातन्त्रको पुनस्र्थापना |
| २०४७ | नेपाल अधिराज्यको संविधान जारी |
| २०५२ | माओवादी सशस्त्र द्वन्द्वको सुरुवात |
| २०५९–२०६१ | राजा ज्ञानेन्द्रको शाही कदम र प्रत्यक्ष शासन |
| २०६२ मंसिर ७ | सात राजनीतिक दल र माओवादी बीच १२ बुँदे सहमति |
| २०६२/६३ | दोस्रो जनआन्दोलन र राजाको अधिकार कटौती |
| २०६३ मंसिर ५ | विस्तृत शान्ति सम्झौता (सशस्त्र द्वन्द्वको अन्त्य) |
| २०६३ माघ १ | अन्तरिम संविधान घोषणा र संघीयताको सुनिश्चितता |
| २०६५ जेठ १५ | राजतन्त्र खारेज र गणतन्त्रको घोषणा |
| २०७२ असोज ३ | संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी |
राष्ट्रिय निर्वाचन दिवस
- १०औँ राष्ट्रिय निर्वाचन दिवस
- मुख्य नारा: स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन
- नेपालको इतिहासमा पहिलो पटक वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भएको र सोही ऐतिहासिक दिनको स्मरण गर्दै यो दिवस मनाउन थालिएको,
- निर्वाचन आयोगले वि.सं. २०७३ सालदेखि प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रूपमा मनाउने निर्णय गरेको,