नेपाल जीवनस्तर सर्वेक्षण (२०७९/८०) संशिप्तमा,
पृष्ठभूमि, सर्वेक्षणको सन्दर्भ, नमुना र कार्यविधि:
- नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विश्व बैंकको 'जीवनस्तर मापन सर्वेक्षण' (Living Standards Measurement Survey (LSMS)) को ढाँचा र अद्यावधिक विधि (Updated Methodology) अनुसार यो सर्वेक्षण सम्पन्न गरिएको,
- कतिऔं सर्वेक्षण? चौथो
- विगतका सर्वेक्षणहरू: पहिलो (२०५२/५३), दोस्रो (२०६०/६१), तेस्रो (२०६६/६७)
- समय अवधि: २०७९ असारदेखि २०८० जेठसम्म (१ वर्ष)
- नमुना आकार: देशभर प्रतिनिधित्व हुने गरी ९,६०० घरपरिवार
- विश्लेषणात्मक क्षेत्र: १५ वटा क्षेत्र (सबै प्रदेशका शहरी र ग्रामीण क्षेत्र तथा काठमाडौँ उपत्यका शहरी क्षेत्र गरी जम्मा १५ क्षेत्र)
- समेटिएका विषय क्षेत्रहरू:
- उपभोग र आम्दानी
- शिक्षा, स्वास्थ्य र रोजगारी
- आवास र आवासीय सुविधा
- बचत, ऋण र विप्रेषण
- जग्गाको स्वामित्व र उपयोग
- वर्गीकरण आधार: महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई शहरी तथा गाउँपालिकालाई ग्रामीण क्षेत्र मानिएको
उपभोग खर्चको प्रवृत्ति:
- औसत वार्षिक उपभोग खर्च: प्रतिव्यक्ति १,२६,१७२ रुपैयाँ (१२ वर्षमा ६६% वृद्धि)
- २०६६/६७ मा रु ७५,९०२ रहेको औसत प्रतिव्यक्ति उपभोग खर्च हाल रु १,२६,१७२ पुगेको,
- खर्चको संरचना: जम्मा खर्चमा गैर-खाद्य खर्चको अंश ३८% बाट बढेर ४७% पुगेको,
- क्षेत्रगत खर्च: सबैभन्दा बढी काठमाडौँ उपत्यका शहरी क्षेत्रमा (रु. २,६३,३१८) र सबैभन्दा कम मधेशको ग्रामीण क्षेत्रमा (रु. ७१,८२८)
खाद्य उपभोग र क्यालोरी आवश्यकता:
- सर्वेक्षण अनुसार प्रतिव्यक्ति प्रतिदिन औसत २,२३६ किलोक्यालोरी आवश्यक पर्ने देखिएको,
- खाद्य डालो (Food Basket) निर्माण गर्दा जम्मा ७७ खाद्यवस्तु समावेश,
गरिबीको अवस्था (मुख्य नतिजा):
- तेस्रो सर्वेक्षणको गरिबी रेखा (रु १९,२६१) हालको मूल्यमा समायोजन गर्दा रु ४२,८४५ हुने,
- चौथो सर्वेक्षण अनुसार:
- खाद्य गरिबी रेखा: रु ३५,०२९
- गैरखाद्य गरिबी रेखा: रु ३७,८७९
- कुल गरिबी रेखा: रु ७२,९०८
- नयाँ गरिबी रेखा अनुसार २०.२७% जनसंख्या गरिबी रेखामुनि रहेका,
- गरिबी दर:
- शहरी क्षेत्र: १८.३४%
- ग्रामीण क्षेत्र: २४.६६%
नोट: गरिबी रेखा अद्यावधिक भएकाले अघिल्ला सर्वेक्षणसँग प्रत्यक्ष तुलना सम्भव छैन।
प्रादेशिक गरिबीको तुलना (उच्च देखि न्यून):
| प्रदेश | गरिबी दर (%) | अवस्था |
| सुदूरपश्चिम | ३४.१६% | सबैभन्दा बढी गरिबी |
| कर्णाली | २६.६९% | राष्ट्रिय औसत भन्दा बढी |
| लुम्बिनी | २४.३५% | राष्ट्रिय औसत भन्दा बढी |
| मधेश | २२.५३% | राष्ट्रिय औसत भन्दा बढी |
| कोशी | १७.१९% | राष्ट्रिय औसत भन्दा कम |
| बागमती | १२.५९% | राष्ट्रिय औसत भन्दा कम |
| गण्डकी | ११.८८% | सबैभन्दा कम गरिबी |
उपभोग खर्च र पञ्चमक (Quintile) विश्लेषण:
- सबैभन्दा गरिब २०% र सबैभन्दा धनी २०% बीचको अन्तर:
- सबैभन्दा बढी: बागमती प्रदेश (करिब ५ गुणा)
- सबैभन्दा कम: सुदूरपश्चिम प्रदेश (करिब ३ गुणा)
- काठमाडौँ उपत्यका शहरी क्षेत्रमा शीर्ष पञ्चमकको खाद्य खर्च हिस्सा: २८%
गरिबीको विषमता र असमानता:
- गरिबीको विषमता सूचक (Poverty Gap): ४.५२%
- ग्रामीण: ५.६४%
- शहरी: ४.०३%
- गिनी सूचकांक: ०.३०
- ग्रामीण: ०.२८७
- शहरी: ०.३०३
- यसले शहरी क्षेत्रमा उपभोग असमानता ग्रामीण क्षेत्रभन्दा बढी रहेको,
सेवा सुविधामा पहुँच र गरिबी:
- सार्वजनिक सेवामा पहुँच टाढिँदै जाँदा गरिबी दर कम्तीमा १.५ गुणाले बढ्ने देखिएको,
- ३० मिनेटभित्र विद्यालय, अस्पताल, बैंक, बजार जस्ता सेवामा पहुँच हुने घरपरिवारमा गरिबी दर कम रहेको,