Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Bikash Shrestha
  • June 18, 2025
  • 774

राणाकालपछिको राजनीतिक विकासक्रम

Political developments after the Rana period

राणाकालपछिको राजनीतिक विकासक्रम

पृथ्वीनारायण शाह गोरखाका राजा हुँदा भारतमा इस्ट इण्डिया कम्पनीको विस्तार भैरहेको थियो। नेपाल भने बाइसे–चौबीसे राज्यहरूमा विभाजित रहँदा आपसी दुश्मनी र युद्धमा संलग्न थियो। यसले राष्ट्रिय एकता र आर्थिक विकासमा बाधा पुर्‍याएको थियो। यस्तो संकटपूर्ण घडीमा पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणको अभियान सुरु गरे र कूटनीति, रणनीति र युद्धनीतिका माध्यमबाट आधुनिक नेपालको स्थापना गरे।

यद्यपि, सुगौली सन्धिपछि एकीकरणको अभियान रोकियो र राजदरबारमा षड्यन्त्र बढ्न थाल्यो। कोतपर्वपछि जङ्गबहादुरले राणाशासनको सुरुआत गरे। त्यसपछि नेपालको आधुनिक राजनीतिक इतिहास राणाशासनविरुद्धको आन्दोलनबाट सुरु हुन्छ।

वि.सं. २००७ साल असोज ७–८ गते भारतको बैरगनियामा नेपाली कांग्रेसको सम्मेलनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि सशस्त्र संघर्ष गर्ने निर्णय गर्‍यो। त्यसअनुसार कात्तिक २५ गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सशस्त्र आन्दोलन सुरु गरियो। फागुन ४ गते राजा त्रिभुवन स्वदेश फर्किए र ७ गते प्रजातन्त्रको औपचारिक घोषणा भयो।


२००७ देखि २०१७ सालसम्मका प्रमुख घटनाक्रम

१. दिल्ली सम्झौता र २००७ साल फागुन ७ को ऐतिहासिक घोषणा:
नेपालमा राणाशासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको घोषणा गरियो। घोषणाका प्रमुख बुँदाहरू:

  • जननिर्वाचित संविधानसभाले गणतान्त्रिक संविधान बनाउनेछ।

  • नयाँ संविधान नबनुन्जेलसम्म ५–५ जना सदस्य रहने गरी राणा र कांग्रेस सम्मिलित अन्तरिम मन्त्रिपरिषद् गठन गरिनेछ।

  • चैत २० भित्र सबै राजनीतिक बन्दीहरूलाई आममाफी दिइनेछ र खोसिएको सम्पत्ति फिर्ता गरिनेछ।

२. संयुक्त मन्त्रिपरिषद्को विघटन:
राणा र कांग्रेस सम्मिलित उक्त अन्तरिम सरकार नौ महिना मात्र टिक्यो र वि.सं. २००८ साल कात्तिक २५ गते विघटन गरियो।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 15
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 15
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 17
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 17
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA