Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ फागुन २०८२, बुधबार)

  • Ajnabee Khadka
  • February 25, 2026
  • 248

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ फागुन २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (13 Falgun 2082, Wednesday)

१. २५ औँ संस्करणको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२६ फेब्रुअरी ६२२, मिलानकोर्टिना, इटाली 

  • मोट्टो : इट्स योर भाइव 
  • सहभागी राष्ट्र : ९२ 
  • प्रथम : नर्वे (१८ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४१ पदक) 
  • द्वितीय : अमेरिका (१२ स्वर्ण, १२ रजत र ९ कांस्य गरी ३३ पदक) 
  • तृतीय : नेदरल्यान्ड्स (१० स्वर्ण, ७ रजत र ३ कांस्य गरी २० पदक) 

 

२. अभियान रत्न सम्मान, २०८२ बाट सम्मानित हुने कलाकार को हुन् ? 

➤ ख्यातिप्राप्त अभिनेता स्व. सुनील थापा (मरणोपरान्त)

  • नेपाल फिल्म सोसाइटी, अभियान र ग्लोबल नेपाली फिल्म अवार्ड (एलएलसी) को संयुक्त बैठकले अभिनेता थापालाई मरणोपरान्त सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो । 
  • ग्लोबल नेपाली फिल्म अवार्डको आगामी समारोहमा थापालाई मरणोपरान्त ग्लोबल दीर्घ साधना सम्मानबाट सम्मानित गरिने निर्णय पनि गरिएको छ । 
  • आगामी वर्षदेखि प्रत्येक ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण गर्ने निर्णयसमेत गरिएको । 

सुनिल थापालाई मरणोपरान्त : अभियान रत्न र दीर्घ सम्मान « News of Nepal

३. सरकारले ५० करोड रुपियाँमाथिको विदेशी लगानी पनि अब स्वचालित मार्गबाट नै गर्न सकिने गरी नयाँ नियम कहिले ल्याएको हो ? 

➤ वि.सं. २०८२ फागुन ४ (राजपत्रमा प्रकाशित)

  • सरकारले विदेशी लगानी स्वीकृतिका लागि यसअघि रहेको ५० करोड रुपियाँसम्मको सीमा हटाएर जतिसुकै ठुलो पुँजीको लगानी पनि स्वचालित मार्ग (अनलाइन) बाटै स्वीकृत गर्न सकिने व्यवस्था गरेको छ ।
  • अनलाइन प्रणालीबाट प्राप्त हुने स्वीकृतिपत्रकै आधारमा कम्पनी, भ्याट तथा प्यान दर्ता प्रकिया सहज हुने छ, जसले गर्दा लगानी प्रस्तावका लागि मात्र उद्योग विभाग धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
  • २०८१ वैशाखदेखि लागु भएको यस स्वचालित प्रणालीमार्फत आर्थिक वर्ष २०८२/८३ को माघसम्म ९४२ वटा परियोजनामा दुई अर्ब ३४ करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आइसकेको ।
  • पर्यटनलगायतका अन्य उद्योगका लागि विदेशी लगानीको न्यूनतम सीमा दुई करोड रुपियाँ यथावत् राखिएको छ तर सूचना तथा प्रविधि उद्योगको हकमा भने कुनै न्यूनतम सीमा तोकिएको छैन ।

 

४. युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, २०२६ कसलाई प्रदान गरियो ? 

➤ नृपेन्द्रलाल श्रेष्ठ 

  • भारतको नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नालिस्ट फोरम इन्डिया चाप्टरद्वारा श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठसँगै भारतका शशीभूषण कुमारलाई पनि सम्मानित गरिएको छ । 

नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता  पुरस्कार प्रदान - Bampijhyala

५. दक्षिण एसियाली मुलुक बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन् ? 

➤ तारिक रहमान (सन् २०२६ फेब्रुअरी १७)

  • बङ्गलादेश राष्ट्रिय पार्टी (बिएनपी) अध्यक्ष तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्री बनेका हुन् ।
  • उनले राष्ट्रपति मोहम्मद शाहाबुद्दिनद्वारा संसद् भवनमा पद तथा गोपनीयताको सपथ लिएका छन् । 
  • बिएनपी संसदीय दलद्वारा उनलाई सोही दिन बिहान दलको सर्वसम्मत नेता चयन गरिएको थियो । 
  • सन् २०२६ फेब्रवरी १२ मा सम्पन्न निर्वाचनमा बिएनपीले दुई तिहाइभन्दा धेरै मत ल्याएको थियो । 
  • तारिक रहमानका बुवा जियाउर रहमान बङ्गलादेशका पूर्वराष्ट्रपति तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का संस्थापक थिए भने आमा खालिदा जिया बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री थिइन् । तारिक रहमान करिब १७ वर्ष लण्डनमा निर्वासित जीवन बिताइ सन् २०२५ डिसेम्बरमा मात्र स्वदेश फर्किएका थिए । 

६. विश्व म्याराथन च्यालेन्ज अन्तर्गत सात महादेशमा सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा नेपाली पोसाक दौरा सुरुवालमा दौडेर विश्व कीर्तिमान कायम गर्ने धावक को हुन् ? 

➤ बाल जोशी (नेपाली मूलका अमेरिकी धावक)

  • सन् २०२६ जनवरी ३१ मा अन्टार्टिकाबाट सुरु भएको म्याराथन फेब्रुवरी ६ मा अमेरिकाको मायामीमा सम्पन्न भएको थियो ।

 

७. ‘एआई इम्प्याक्ट समिट २०२६’ को आयोजना कहाँ गरियो ? 

➤ नयाँदिल्ली, भारत (सन् २०२६ फेब्रुवरी १६२१) 

  • अमेरिका, चीन, रुस र युरोपेली सङ्घलगायत ८८ वटा देश र संस्थाद्वारा ऐतिहासिक ‘नयाँदिल्ली डिक्लेरेसन अन एआई इम्प्याक्ट’ मा हस्ताक्षर भएको छ ।

 

८.  देश र महादेशको नाम एउटै भएको देश कुन हो ?

➤ अस्ट्रेलिया

 

९.  नेपाली साहित्यमा ‘आशुकवि’ को उपाधिबाट कसलाई चिनिन्छ ?

➤ शम्भुप्रसाद ढुङ्गेल

 

१०. अर्थ मन्त्रालयद्वारा वि.सं. २०८२ माघ २७ मा प्रस्तुत तथ्याङ्क अनुसार आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धि कति हुने संशोधित अनुमान रहेको छ ? 

➤ ३.५ प्रतिशत 

  • सरकारले चालु आवको बजेटमार्फत कुल गार्हस्थ उत्पादन (जिडिपी) को वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरेको थियो ।
  • अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेट आकार घटाएसँगै आर्थिक वृद्धिको लक्ष्य पनि संशोधन गरेको हो ।
  • गत आवमा वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ । 
  • चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब रुपियाँको बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले १९ खर्बको बजेटलाई १६ खर्ब ८८ अर्ब रुपियाँमा झारेको छ ।

 

११.  प्राचीनकालमा चोभारलाई कच्छपाल गिरि भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?

➤ दोलागिरि/दोलाद्रीगिरि

 

१२.  अरब राष्ट्रबिच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?

➤ सन् १९४५ मार्च २२ (प्रधान कार्यालय : कायरो, इजिप्ट) 

 

१३. कोशी प्रदेश सरकारद्वारा लगानी सम्मेलनको आयोजना कहिले गरियो ? 

➤ वि.सं. २०८२ वैशाख १८१९ 

  • सम्मेलनमा कोशी पोडवे (रानीभेडेटार), बराहक्षेत्र केबलकार, ग्रिन हाइड्रोजनलगायत ७१ परियोजना प्रस्तुत भएका थिए । 
  • ५१ परियोजनाका समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । 
  • औद्योगिक उत्पादन क्षेत्रमा ४२.४९ प्रतिशत र पूर्वाधार तथा सहरी विकास क्षेत्रमा ३९.१३ प्रतिशत लगानी प्रतिबद्धता आएको छ । कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र स्वास्थ्य क्षेत्रका परियोजनाले पनि उल्लेख्य चासो पाएका छन् ।

 

१४. ‘न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् २०२६’ मा लाइफ टाइम अचिभमेन्ट इन वुमन आन्ट्रप्रन्योरसिपबाट सम्मानित हुने महिला उद्यमी को हुन् ? 

➤ कमला श्रेष्ठ (नेपालकै प्रथम ब्युटिसियन)

  • ‘स्पेसल रिकगिनसन फर कन्ट्रिब्युसन अन वुमन आन्ट्रप्रन्योरसिप’ बाट शान्ति चड्डा (संस्थापक अध्यक्ष, महिला उद्यमी महासङ्घ नेपाल) पुरस्कृत भएकी छन् । 
  • कार्यक्रममा विभिन्न सात विधामा १३ जना महिला उद्यमी सम्मानित भएका छन् ।

ब्युटिसियन कमला : ६३ वर्षमा पनि उस्तै जोशिली – Online Khabar

१५. २० औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन (२०८२ फागुन) को उपाधि कसले जितेका छन् ? 

➤ जुलियस मुरिउकी वाहोम (केन्याली धावक, २ घण्टा २३ मिनेट ३९ सेकेन्ड)

  • पुरस्कार राशि : चार लाख रुपियाँ
  • द्वितीय : गजेन्द्र राई (२ घण्टा २४ मिनेट ४७ सेकेन्ड) 
  • पुरस्कार राशि : दुई लाख रुपियाँ 
  • तृतीय : हरिकुमार रिमाल (२ घण्टा २७ मिनेट १८ सेकेन्ड) 
  • पुरस्कार राशि : एक लाख रुपियाँ 
  • निर्धारित दुरी : ४२.१९५ किलोमिटर

Samaya Nepal ...Best Nepali news portal || Authentic news publisher from  Gandaki Pradesh | Gandaki News | Pokhara news | Breaking news | Samaya  Nepal » २० औँ संस्करणको पोखरा म्याराथनको उपाधी केन्याली धावक ...

१६. आइसिसी टी२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी को बनेका छन् ? 

➤ युवराज समारा (क्यानडा, उमेर : १९ वर्ष १४१ दिन)

  • १० औँ संस्करणको आइसिसी टी२० विश्वकप क्रिकेटमा समाराले न्युजिल्यान्डविरुद्ध ११० रनको शतकीय इनिङ्स खेलेका छन् । 

 

१७. भारतद्वारा पशुपतिनाथवैद्यनाथ हाईस्पिड कोरिडोर बनाउने घोषणा कहिले गरिएको हो ? 

➤ सन् २०२६ फेब्रुअरी १० 

  • पशुपतिनाथ र झारखण्डस्थित वैद्यनाथ मन्दिर जोड्ने सो मार्गको लम्बाइ २५० किलोमिटर हुने छ । 

 

१८.  नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो ? 

➤ वि.सं. २०१७ फागुन ७ 

  • अर्धसाप्ताहिक प्रकाशन आरम्भ : वि.सं. २००० असोज २९ (मङ्गलबार र शुक्रबार)
  • सातामा तीन पटक प्रकाशन आरम्भ : वि.सं. २००३ पुस ८ 

 

१९.  नेपाली आकाशमा छ वटा ग्रह एकसाथ कहिले देखिए ?

➤ वि.सं. २०८१ माघ १४ (सन् २०२५ जनवरी २७)

  •   नेपाली आकाशमा छ वटा ग्रह एउटै लाइनमा लस्करै देखिएका थिए । 

 

२०.  नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ? 

➤ वि.सं. २०८२ फागुन ६ (सन् २०२६ फेब्रुअरी १८)

  • भारतसँग पहिलो पटक पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षर भएको हो । 
  • यस सम्झौताले अन्तरदेशीय अपराधको संयुक्त अनुसन्धानदेखि एकअर्का देशबाट प्रमाण आदानप्रदानलाई बाटो खुल्ने जनाइएको छ । 
  • सम्झौताका लागि वि.सं. २०८२ असोज ३० मा बसेको मन्त्रीपरिषद् बैठकद्वारा स्वीकृति प्रदान गरिएको थियो । 

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर -  बाह्रखरी :: Baahrakhari

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 104
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA