Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२६ कात्तिक २०८२, बुधबार)

  • Ajnabee Khadka
  • November 12, 2025
  • 443

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२६ कात्तिक २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (26 Kartik 2082, Wednesday)

१.  संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा ‘सङ्गीतको सिर्जनात्मक सहर’ को रूपमा घोषित नेपालको सहर कुन हो ?

➤ ललितपुर महानगरपालिका

  • युनेस्कोले सन् २०२५ अक्टोबर ३१ तारिख (विश्व सहर दिवसको अवसर) मा ललितपुर महानगरलाई सङ्गीतको सिर्जनात्मक सहरका रूपमा घोषणा गरेको ।
  • सन् २००४ देखि युनेस्कोले ‘युनेस्को सिर्जनात्मक सहरको सञ्जाल’ कार्यक्रम सुरु गरेको । यस कार्यक्रम अन्तर्गत हालसम्म विश्वका एक सय देशका ४०८ वटा सहरले विभिन्न विधामा सो सञ्जालको सदस्यता प्राप्त गरेका ।
  • यसअघि विश्व कला परिषद्बाट ‘ललितपुर महानगर’ ‘३५ औँ कला नगरी’ को रूपमा सूचीकृत भएको । 

२.  नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा कसलाई नियुक्त गर्यो ?

➤ दानबहादुर कार्की

  • विसं २०८२ कात्तिक २४ मा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय गरेको ।
  • कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार समाल्ने ।
  • नवनियुक्त महानिरीक्षक कार्की २०८२ वैशाख १५ मा डिआइजीबाट एआइजीमा बढुवा हुनुभएको थियो । 

३.  भारत र अमेरिकाबिच १० बर्से रक्षा सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

➤ सन् २०२५ अक्टोबर ३१

  • भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथद्वारा मलेसियाको राजधानी क्वालालम्पुरमा रक्षा साझेदारी ढाँचामा हस्ताक्षर भएको । 
  • दुई देशबिचको रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यका साथ यो सम्झौता भएको ।
  • साझेदारीले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ बनाउने विश्वास ती देशका अधिकारीले गरेका । नयाँ रक्षा ढाँचाले समन्वय, सूचना आदानप्रदान र प्रविधिक सहयोगलाई विस्तार गर्ने जनाइएको ।

४.  सन् २०२५ मा सम्पन्न १३ औँ आइसिसी महिला एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जित्ने राष्ट्र कुन हो ? 

➤ भारत 

  • उपविजेता : दक्षिण अफ्रिका
  • संस्करण : १३ औँ
  • आयोजक राष्ट्र : भारत र श्रीलङ्का
  • मिति : सन् २०२५ सेप्टेम्बर ३० – नोभेम्बर २ 
  • सहभागी टोली : आठ
  • उद्घाटन खेल : भारत र श्रीलङ्का
  • भारतीय महिला क्रिकेट टोली एकदिवसीय विश्वकपको नयाँ विजेता बनेको । 
  • सन् १९७३ मा पहिलो पटक महिला विश्वकप आयोजना भएको थियो । 

 

५.  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) को आयोजना कुन देशमा भएको हो ?

➤ बेलेम, ब्राजिल (सन् २०२५ नोभेम्बर १०–२१)

  • कोप–३० मा कृषि तथा पशुपन्छी विकासमन्त्री 
  • डा. मदनप्रसाद परियारको नेतृत्वमा नेपालले सहभागिता जनाएको । 

 

६.  १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय गरिएको नयाँ मिति कुन हो ?

➤ विसं २०८२ फागुन १–७ (कर्णाली प्रदेश)

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा कात्तिक १९ मा बसेको बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको । 

 

७. सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य आङ फुर्बा शेर्पाको निधन कहिले भएको हो ?

➤ विसं २०८२ असोज ३० (९२ वर्षको उमेरमा) 

 

८. थाइल्यान्ड र कम्बोडियाबिच विस्तारित युद्धविराम सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

➤ सन् २०२५ अक्टोबर २६

  • सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीलाई मुक्त गर्ने तथा कम्बोडियालेपहिलो चरणमा आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्ने जनाइएको ।
  • थाइल्यान्ड र कम्बोडियाबिच गत जुलाईमा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु हुनुका साथै लाखौँ विस्थापित भएका थिए । 

९. विश्व दृष्टि दिवश कहिले मनाइन्छ ?

➤ अक्टोबर महिनाको दोस्रो बिहीबार

  • सन् २०२५ को नारा : ‘आँखालाई माया गरौँ’ ।

 

१०. सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

➤ किर्गिस्तान 

  • उपविजेता : नेपाल
  • आयोजना : श्रीलङ्का
  • मिति : सन् २०२५ नोभेम्बर ४–९

 

११. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वामपन्थी पार्टीबिच एकताको घोषणा कहिले गरिएको हो ?

➤ विसं २०८२ कात्तिक १९

  • काठमाडौँको भृकुटीमण्डपमा कात्तिक १९ गते नौबुँदे प्रस्ताव पारित गर्दै एकता घोषणा गरिएको ।
  • पार्टीको नाम : नेपाली कम्युनिस्ट पार्टी
  • संयोजक : पुष्पकमल दाहाल ‘प्रचण्ड’ (पूर्वमाओवादी केन्द्रका अध्यक्ष)
  • सहसंयोजक : माधवकुमार नेपाल (पूर्वएकीकृत समाजवादीका अध्यक्ष)
  • चुनाव चिह्न : पाँचकुने तारा 

 

१२.  नेपालले बायो डाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो ?

➤ विसं २०८० असोज ३ (सन् २०२३ सेप्टेम्बर २०)

 

१३.  दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

➤ ६७० मेगावाट 

 

१४.   राष्ट्र–परराष्ट्र नामक कृतिका सर्जक को हुन् ? 

➤ डा. भेषबहादुर थापा

 

१५.  अनेसास डायस्पोरा वाङ्मय पुरस्कार २०२५ बाट सम्मानित हुने स्रष्टा को हुन् ? 

➤ डा. तुलसी आचार्य (कृति : स्वप्नभूमि)

  • अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार : रोसन थापा निरव (कृति : सन्त्रासका साठी दिन) 
  • अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोकसाहित्य पुरस्कार : शशीराम कार्की (कृति : रुकुमका लोककथा)
  • डायस्पोरा वाङ्मय पुरस्कार : डा. तुलसी आचार्य (कृति : स्वप्नभूमि)
  • निबन्ध यात्रा पुरस्कार : मोमिला (निबन्धसङ्ग्रह : प्रश्नहरू बाँकी छन्) 
  • सांस्कृतिक अध्ययन विधाको पुरस्कार : डा. दुर्गाबहादुर घर्ती 
  • अनेसास राष्ट्रकवि डायस्पोरा काव्य पुरस्कार : कवि जगन्नाथ पौडेल (कृति : बग्दाबग्दै) 
  • अनेसास राष्ट्रकवि काव्य पुरस्कार : कृशु क्षेत्री (कृति : पसिनाको क्यानभास)
  • उत्कृष्ट कथा पुरस्कार : कृष्ण कुसुम (कथासङ्ग्रह : पाश्र्व धुन)
  • उत्कृष्ट उपन्यास पुरस्कार : अखण्ड भण्डारी (उपन्यास : बोरा) 
  • अनेसास गीत गजल पुरस्कार : लक्ष्मण सिटौला (गीतिसङ्ग्रह : धर्तीको ध्वनि) 
  • अनेसास बालसाहित्य पुरस्कार : विमला निरौला (कृति : यात्रामा देश)

१६.  सरकारले राष्ट्रिय सभाको रिक्त पदपूर्तिका लागि तय गरेको निर्वाचन मिति कुन हो ?

➤ विसं २०८२ माघ ११

  • आगामी फागुन २० गते राष्ट्रिय सभाका १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको ।
  • पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान रहेको । 
  • राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुने र एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने । 
  • ऐनले सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभाका सदस्य पदका लागि मतदान गर्ने व्यवस्था गरेको । 

 

१७.  राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ ?

➤ १५१ जना (प्रति एक लाखमा) 

  • सबैभन्दा बढी मातृ मृत्युदर भएको प्रदेश लुम्बिनी र कम भएको प्रदेश बागमती रहेका ।

 

१८.  मिटरब्याज (अनुचित लेनदेन) लाई अपराध कायम गर्ने फौजदारी कानुन कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

➤ वि.सं. २०८० वैशाख २०

 

१९.  तामाङ मिनी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?

➤ दोलखा

 

२०.  सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको सम्मेलन कहिले सम्पन्न भयो ?

➤ विसं २०८२ कात्तिक १५ (हेटौँडा)

  • सङ्घीयताको आर्थिक पक्षलाई सबल र प्रभावकारी बनाउन सातै प्रदेशका आर्थिक मामिलामन्त्रीद्वारा संयुक्त रूपमा ‘हेटौँडा घोषणापत्र’ जारी गरिएको ।
  • सम्मेलनमार्फत वित्तीय सङ्घीयतालाई सुदृढ र पारदर्शी बनाउने घोषणा । 
  • घोषणापत्रमा सङ्घीय सरकारको वार्षिक बजेट वृद्धिको अनुपातमा वित्तीय समानीकरण अनुदान वृद्धि गर्न, अनुदानको वितरण पारदर्शी र अनुमानयोग्य बनाउन तथा आर्थिक वर्षको बिचमा कुनै पनि खालको अनुदान कटौती नगर्न माग गरिएको । 
  • ससर्त अनुदान विषयगत रूपमा एकमुष्ट पठाउनुपर्ने र राष्ट्रिय गौरवका आयोजनाबाहेकका परियोजना प्रदेश तथा स्थानीय तहमार्फत कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको।
  • वित्तीय सङ्घीयताको दीर्घकालीन स्थायित्वका लागि ‘प्रदेश आर्थिक मामिला परिषद्’ नामक स्थायी संयन्त्र गठन गर्ने निर्णय गरिएको । 
  • यस परिषद्ले वित्तीय सङ्घीयताको सुदृढीकरण, अन्तरप्रादेशिक वित्त नीति तथा कानुनमा समन्वय, साझा वित्तीय एजेन्डा तयार र सङ्घ–प्रदेशबिचको समन्वयका काम गर्ने बताइएको । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 115
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 65
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA