Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Ajnabee Khadka
  • October 15, 2025
  • 443

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (29 Asoj 2082, Wednesday)

१. सन् २०२५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को–को हुन् ? 

➤ जोन क्लार्क (बेलायत), मिसेल एच डेभरेट (फ्रान्स) र जोन एम मार्टिनिस (अमेरिका) 

नोबेल पुरस्कार–२०२५ 

 

२. फिफाद्वारा २३ औँ विश्वकप फुटबल २०२६ को आधिकारिक बल कहिले सार्वजनिक गरियो ? 

➤ सन् २०२५ अक्टोबर २

  • बलको नाम : ट्रिओन्डा 
  • ‘ट्री’ भन्नाले तीन आयोजक राष्ट्र (अमेरिका, क्यानडा र मेक्सिको) र ‘ओन्डा’ भन्नाले स्पेनिस/पोर्चुगिज भाषामा ‘तरङ्ग’ हुने । यस अनुरूप पहिलो पटक तीन देशद्वारा सहआयोजित विश्वकपको सांस्कृतिक एवं भावनात्मक महìव झल्काउने । 
  • सन् २०२६ विश्वकपका सबै खेलमा यही बल प्रयोग हुने जनाइएको । 
  • विश्वकप आयोजना मिति : सन् २०२६ जुन ११ – जुलाई १९ 
  • सहभागी राष्ट्र : ४५ (पहिलो पटक ४५ राष्ट्रको सहभागिता, यसअघि सहभागी राष्ट्र :३२)
  • उद्घाटन खेल : जुन ११, मेक्सिको, अज्टेका स्टेडियम 
  • फाइनल खेल : जुलाई १९, अमेरिका, मेटलाइफ स्टेडियम

३. पद्मश्री साधना सम्मान २०८२ कसलाई प्रदान गरियो ? 

➤ रमा शर्मा 

  • पद्म श्री गौरव पुरस्कार : प्राध्यापक अभि सुवेदी 
  • पद्म श्री साहित्य पुरस्कार : रमेश भुसाल (कृति : छालबाटो)
  • पुरस्कार राशि : जनही तीन लाख रुपियाँ 

४. विश्व बैङ्कले सन् २०२५ अक्टोबरमा सार्वजनिक गरेको ‘साउथ एसिया डेभलपमेन्ट रिपोर्ट’ अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ? 

➤ २.१ प्रतिशत 

  • विश्व बैङ्कले जेनजी आन्दोलनका कारण परिवर्तित राजनीतिक परिस्थितिका कारण नेपालको आर्थिक वृद्धिमा कटौती हुने जनाएको । 
  • यस अघि अप्रिलमा विश्व बैङ्कले ५.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । 
  • विश्व बैङ्कका अनुसार नेपालमा बेरोजगार दर २२.७ प्रतिशत रहेको । 
  • आव २०८३/८४ मा भने नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने विश्व बैङ्कले प्रक्षेपण गरेको । 

दक्षिण एसियाली राष्ट्रहरूको स्थिति (सन् २०२५)

  • भुटान – ७.३ प्रतिशत 
  • भारत – ६.५ प्रतिशत 
  • बङ्गलादेश – ४.८ प्रतिशत 
  • माल्दिभ्स – ३.९ प्रतिशत 
  • श्रीलङ्का – ३.५ प्रतिशत 
  • समग्र दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर – ५.८ प्रतिशत 

 

५. एयर इन्डियाको ड्रिम लाइनर ७८७ जहाज (नयाँ दिल्लीबाट लन्डनका लागि उडेको) कहिले दुर्घटनाग्रस्त भएको हो ? 

➤ सन् २०२५ जुन १२ (२४१ जनाको दुःखद निधन भएको, एक जना बाँच्न सफल ।)

 

६. निर्धारित समयमा दर्ताका लागि नआएसँगै फेसबुकलगायतका सामाजिक सञ्जालमाथि कहिले प्रतिबन्ध लगाइएको थियो ? 

➤ वि.सं. २०८२ भदौ १९ (जेनजी आन्दोलन भएसँगै भदौ २३ गते नै प्रतिबन्ध फुकुवा गरिएको ।) 

 

७. सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ असोज २३ 

  • भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको । 

 

८. सरकारले हालै कुन जिल्लालाई विपत् सङ्कटग्रस्त जिल्ला घोषणा ग¥यो ? 

➤ इलाम (विसं २०८२ असोज २३)

  • इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको । 

 

९. इजरायल र हमासबिच कहिलेदेखि लागु हुने गरी युद्धविराम सम्झौता भएको हो ? 

➤ सन् २०२५ अक्टोबर ११ 

  • युद्धविराम सम्झौतामा युद्धविराम सुरु भएको ७२ घण्टाभित्र बन्धकलाई रिहा गरिने जनाइएको । 
  • बन्धकको सट्टा इजरायलले आफ्ना जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गर्ने ।

१०. बिमस्टेक बडापत्रमा कति धारा रहेका छन् ? 

➤ ३६

  • प्रस्तावना ल्याइएको : सन् २०१८ (चौथो सम्मेलन, नेपाल) 
  • बडापत्रमा हस्ताक्षर : ५ औँ सम्मेलन (सन् २०२२, श्रीलङ्का) 
  • नेपालको तर्फबाट बडापत्रमा हस्ताक्षर गर्ने : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा 
  • बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र राष्ट्रपति : श्रीलङ्काबाट गोटाबाया राजापाक्षे 
  • हस्ताक्षर भएको मिति : सन् २०२२ मार्च ३०
  • बडापत्रमा ११ वटा उद्देश्य र दुई वटा सिद्धान्त रहेका ।
  • अनुसूची : २ वटा (अनुसूची १ : झन्डा, अनुसूची २ : प्रतीक चिह्न)
  • नेपालको प्रतिनिधि सभाबाट बडापत्र अनुमोदन : २०८० चैत २० 
  • कार्यान्वयन मिति : सन् २०२४ मे २० 

 

११. अन्तर्राष्ट्रिय बेपत्ता दिवस कहिले मनाइन्छ ? 

➤ हरेक वर्ष अगस्ट ३० 

 

१२. विश्व हुलाक दिवस कहिले मनाइन्छ ? 

➤ हरेक वर्ष अक्टोबर ९ 

  • सन् २०२५ को नारा : नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच ।
  • विश्वव्यापी रूपमा अत्यावश्यक सेवाका रूपमा रहेको हुलाक सेवाको विश्व हुलाक प्रणालीमा विश्व हुलाक सङ्घ स्थापना भएको दिन अक्टोबर ९ लाई संसारभर विश्व हुलाक दिवसका रूपमा मनाउने गरिएको ।
  • नेपालमा विसं १९३५ मा ‘नेपाल हुलाक घर’ स्थापना गरी औपचारिक रूपमा हुलाक सेवाको सुरुवात भएको । 
  • नेपालले सन् १९५६ अक्टोबर ११ (विसं २०१३ असोज २६) मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेसँगै नेपाल पनि विश्व हुलाक मञ्चको सक्रिय सदस्यका रूपमा क्रियाशील रहेको । 

 

१३. जलवायु परिवर्तन र यसको प्रभावसम्बन्धी विश्व सम्मेलन (सिसिआई–२०२५) कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८२ भदौ २१–२३, काठमाडौँ 

 

१४. नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ? 

➤ वि.सं. २०८२ भदौ २ 

 

१५. क्युआर कोर्डको आविष्कार कसले गरेका हुन् ? 

➤ मासाहिरो हारा (जापान)

  • आविष्कार : सन् १९९४ 
  • क्युआर अर्थात् क्विक रेस्पोन्स कोर्ड एउटा दुई–आयामिक म्याट्रिक्स बारकोर्ड हो । यसमा सेतो पृष्ठभूमिमा कालो वर्गाकार बक्सहरू हुन्छन्, जसले विशिष्ट ढाँचा बनाउँछ । 
  • क्यामेरा वा अन्य इमेजिङ उपकरणहरूले सजिलै पढ्न सक्ने गरी यसको संरचना बनाइएको हुन्छ । 
  • हाल यो प्रविधि मोबाइल, टिकट, उत्पादन लेबलदेखि बैङ्किङसम्मका क्षेत्रमा अनिवार्य जस्तै बनेको छ । 

 

१६. नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ? 

➤ सन् २०२५ मे 

 

१७. कोशी प्रदेश पर्यटन वर्ष २०८२ कहिले घोषणा गरिएको हो ?

➤ वि.सं. २०८१ चैत २७ 

 

१८. हाल नेपालकी जीवित देवी श्रीकुमारी पदमा कसलाई चयन गरियो ?

➤ आर्यतारा शाक्य (विसं २०८२ असोज १४)

  • नवनियुक्त जीवित देवी आर्यतारा शाक्य अब वसन्तपुरस्थित कुमारीघरमा बस्नुहुने छ । कुमारीलाई धार्मिक कार्य, पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ । 
  • काठमाडौँ महानगरपालिका–१७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी सुपुत्री आर्यतारा शाक्यलाई गुठी संस्थानको मिति २०८२ असोज ९ गतेको निर्णय अनुसार श्रीकुमारी मातामा नियुक्त गरिएको । 
  • परम्परा अनुसार कुमारी तृष्णा शाक्यको कुमारी बस्ने औसत उमेर १२ वर्ष पूरा भएकाले दसैँको महाअष्टमीका दिन कुमारीघरमा नयाँ कुमारी भित्र्याइएको । 
  • नेपालमा ‘कुमारी’ प्रथा एक जीवित देवीका रूपमा मानिन्छ, जसलाई ‘तलेजु भवानी’ को अवतारका रूपमा पूजा गरिन्छ । विशेष गरी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा बस्ने कुमारीलाई राजकीय कुमारी मानिन्छ । 
  • दसैँ, इन्द्रजात्रालगायतका महत्वपूर्ण चाडपर्वमा नवनियुक्त कुमारीको उपस्थितिलाई विशेष महìव दिइन्छ । कुमारी चयन प्रक्रिया अत्यन्तै परम्परागत मानक अनुसार हुने गर्छ । उमेर, स्वास्थ्य, पारिवारिक पृष्ठभूमि तथा विशेष शारीरिक–आध्यात्मिक लक्षणका आधारमा गुठी संस्थान र सम्बन्धित जातीय समुदायका प्रतिनिधिहरूको सहभागितामा नयाँ कुमारी चयन गरिन्छ ।

१९. विभिन्न देशमा निर्यात गर्न सकिने नेपालमा उत्पादित खाद्य वस्तुको सङ्ख्या कति रहेको छ ? 

➤ ८१४

 

२०. नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक कति निर्धारण गरिएको छ ?

➤ रु. १९,५५०।– (विसं २०८२ साउन)

 

२१. गण्डकी प्रदेश सभाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कहिले पारित गरेको हो ? 

➤ विसं २०८२ असार २४ 

 

२२. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ? 

➤ २८ वटा (नोक्सानमा रहेका : १५, दुई वटाको विवरण प्राप्त नभएको ।) 

 

२३. अध्यागमन विभागद्वारा ई–भिसा सेवाको शुभारम्भ कहिले गरियो ?

➤ वि.सं. २०८० माघ २६

 

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA