लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१६ पुस २०८२, बुधबार)
१. लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ?
➤ वि.सं. २०८२ पुस १३
- प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको।
- हालसम्म पाँच वटा प्रदेश साक्षर घोषित भएका।
- हालसम्म मुलुकका ६८ जिल्ला साक्षर घोषित भएका ।
- ६८ औँ जिल्ला: कालिकोट (वि.सं. २०८२ असोज ९)
- पहिलो साक्षर जिल्ला: सिन्धुपाल्चोक (विसं २०७१ असार २)
- पहिलो पूर्ण साक्षर घोषित जिल्ला: ललितपुर (विसं २०७१ असार ९)
- हालसम्म कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश: मधेश प्रदेश
२. करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो ?
➤ केराबारी गाउँपालिका, मोरङ
- अर्थमन्त्री रामेश्वरप्रसाद खनालद्वारा विसं २०८२ पुस ९ गते गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गरिएको ।
- आन्तरिक राजस्व कार्यालयबाट दिइने सेवा गाउँपालिकाबाट सुरुवात भएको ।
- गाउँ गाउँमा करदाता सेवा सुरु भएपछि करदाताको लागत, समय र झन्झट घट्ने विश्वास गरिएको ।
३. राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ ?
➤ पुस १५
- विसं २०८२ पुस ११ गतेको मन्त्रीपरिषद् बैठकद्वारा यससम्बन्धी निर्णय गरिएको ।
- मन्त्रालयका अनुसार हाल नेपालका ४७ जिल्लामा व्यावसायिक रूपमा च्याउ खेती गर्ने गरिएको ।
- विभिन्न ७० जिल्लामा च्याउ खेती विस्तार भएको ।
- च्याउ खेतीमा आबद्ध किसान ः ३५ हजार
४. १९ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव, २०८२ मा ‘हात्ती सुन्दरी’ को उपाधि जित्ने हात्ती कुन हो ?
➤ पुनमकली
- पुनमकलीले कुल ३०० पूर्णाङ्कमा २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी ।
- अन्तिम दिन हात्तीको पिकनिक, हात्तीको पूजा र हात्ती फुटबलको फाइनल प्रतिस्पर्धासँगै महोत्सव समापन गरिएको ।
- हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) प्रतियोगितामा लक्ष्मीकली प्रथम भएकी ।

५. नेपाल प्रहरीले ‘हाम्रो प्रहरी’ अभियानको सुरुवात कहिले गरेको हो ?
➤ वि.सं. २०८२ पुस १३
- जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा कार्यक्रम शुभारम्भ गरिएको ।
- यो कार्यक्रम समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरुवात गरिएको ।

६. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?
➤ वि.सं. २०८२ कात्तिक १६–१७ (काठमाडौँ घोषणापत्र जारी।)
७. संयुक्त राष्ट्रसङ्घद्वारा ‘इन्टरनेसनल डिकेड फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा घोषणा गरिएको अवधि कुन हो ?
➤ सन् २०२४ – २०३३
- युएनओद्वारा सन् २०१८–२०२७ को दशकलाई ‘डिकेड अफ दी इराडिकेसन अफ पोभर्टी’ का रूपमा घोषणा गरिएको ।
८. सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले ‘हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२–२०८६’ कहिले स्वीकृत गरेको हो ?
➤ वि.सं. २०८२ मङ्सिर २८
- नेपालको साहसिक पर्यटनको मुख्य आकर्षण मानिने हिमाल आरोहणका क्रममा हुने फोहोरमैला र आरोहणलाई सुरक्षित गर्ने चुनौती बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचबर्से सो कार्ययोजना स्वीकृत गरेको ।
- ‘सफा हिमाल स्वच्छ वातावरण’ कार्ययोजनाको दीर्घकालीन लक्ष्य रहेको ।
- जापानी आरोही केन नेगुचीको अगुवाइमा हिमाल सफाइ अभियान सन् २००० बाट शुरु भएको ।
- यो अभियानले सन् २००७ सम्ममा ९० क्विन्टल फोहोर सगरमाथा क्षेत्रबाट सङ्कलन गरेको थियो ।
- सन् २०१९ देखि नेपाली सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै आएको । नेपाली सेनाले सञ्चालन गरेको यो अभियानबाट हालसम्म कुहिने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलोग्राम फोहोर, १२ मानव शव र चार मानव अस्थिपञ्जरसमेत सङ्कलन भएको ।
- पर्यटन विभागले सन् २०११ को वसन्त ऋतुदेखि सगरमाथा आरोहणबाट फर्किने स्वदेशी तथा विदेशीले आठ किलोग्राम फोहोर ल्याउनुपर्ने नियम लागु गरेको छ ।

९. पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन कहिले भएको हो ?
➤ वि.सं. २०८२ पुस ८ (८८ वर्षको उमेरमा)
- बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि तथा शाहीकालमा गरेर उहाँ पटक पटक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत हुनुभएको ।
- २०५५ सालदेखि तत्कालीन नेपाल सद्भावना पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिमा सव्रिmय हुनुभएको । नेपाल सद्भवाना पार्टीका अध्यक्ष गजेन्द्रनारायणको निधनपछि उहाँ सोही पार्टीको कार्यवाहक अध्यक्षसमेत हुनुभएको थियो । २०६२÷६३ सालको जनआन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएपछि उहाँले तत्कालीन नेपाल सद्भावना पार्टीको अध्यक्षबाट राजीनामा दिएर राजनीतिक जीवनबाट अलग रहँदै आउनुभएको थियो ।

१०. अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्न सफल क्रिकेटर को हुन् ?
➤ गेदे प्रियान्दाना (इन्डोनेसिया)
- सन् २०२५ डिसेम्बर २३ मा कम्बोडियाविरुद्धको खेलमा सो कीर्तिमान कायम गरेका ।
११. ‘खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन’ भन्ने व्यक्तित्व को हुन् ?
➤ मदर टेरेसा
१२. ‘नेपाल बिएफएसआई शिखर सम्मेलन २०२५’ कहिले सम्पन्न भएको हो ?
➤ सन् २०२५ डिसेम्बर १९, काठमाडौँ
१३. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ ?
➤ डिसेम्बर १८
- सन् २०२५ को नारा (२५ औँ): श्रम आप्रवासनको चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन।
१४. पोखरा महानगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा ‘पोखरेली नवरत्न’ अवार्डबाट सम्मानित (२०८२ पुस) हुने व्यक्तित्व को को हुनुहुन्छ ?
➤ चन्द्रकान्त बराल, नेपथ्यका अमृत गुरुङ, उद्योगपति चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजू, प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का र उद्योगी हरिप्रसाद पाण्डे
- पुरस्कार: जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदक ।
१५. एनएसएसएफ १३ औँ किन्डर ओलम्पिकको उद्घाटन कहिले गरिएको हो ?
➤ वि.सं. २०८२ पुस १२
- त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सभामुख देवराज घिमिरेद्वारा ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरिएको ।
- कमलसँगै ओलम्पियन एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमती विष्टले टर्चसहित दशरथ रङ्गशालाको ट्र्याकमा परिक्रममा गर्नुभएको ।
- सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको ।
- पुस ४ गते शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण गरिएको थियो ।

१६. ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने नेपाली को हुन् ?
➤ कुलमान घिसिङ
१७. सावर्णि नामक औपन्यासिक कृतिका लेखक डा. श्रीधर खनाल हुन् भने हिउँको गीत नामक उपन्यासका लेखक को हुन् ?
➤ तीर्थ गुरुङ
१८. थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम गर्ने सहमति कहिले भएको हो ?
➤ सन् २०२५ डिसेम्बर २७
- दुवै देशले केही हप्तादेखि जारी सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका ।
- युद्धको क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था
- एएफपीले जनाएको ।
- सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागु गरिने भएको ।
- साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका ।
- यो युद्धविराम तीनदिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए ।
- विवाद पुरानो उपनिवेशकालीन सीमाङ्कनका कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ ।

१९. निर्वाचन आयोगले विसंं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ ?
➤ रु. २५ लाखदेखि ३३ लाखसम्म
- आयोगले १६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको ।
प्रस्तुतकर्ता : टङ्क केसी