Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२१ जेठ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • June 04, 2025
  • 614

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२१ जेठ २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (21 Jestha 2082, Wednesday)

१. उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कति राशिको बजेट प्रस्तुत गरियो ? 

➤ रु. १९ खर्ब ६४ अर्ब ११ करोड 

  • चालुतर्फ : ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत)
  • पुँजीगततर्फ : चार खर्ब सात अर्ब ८९ करोड (२०.८ प्रतिशत) 
  • वित्तीय व्यवस्थापनतर्फ : तीन खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत)

बजेट व्यवस्थापनका प्रमुख स्रोतहरू

  • कुल राजस्व रु. १३ खर्ब १५ अर्ब
  • वैदेशिक अनुदान रु. ५३ अर्ब ५८ करोड
  • वैदेशिक ऋण रु. दुई खर्ब ३३ अर्ब ६६ करोड
  • आन्तरिक ऋण रु. तीन खर्ब ६२ अर्ब

बजेटका प्रमुख प्रावधान 

  • आव २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धि,
  • मुद्रास्फीति ५.५ प्रतिशत कायम गरिने,
  • दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम, 
  • कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्‍याइएको, 
  • कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने, 
  • वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने, 
  • महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने, 
  • एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने, 
  • संविधान संशोधन गरिने, 
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु. एक खर्ब ५२ अर्ब बजेट, 
  • खानेपानी मन्त्रालयलाई रु. ३३ अर्ब ८९ करोड, 
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब एक करोड, 
  • स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन, 
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु. दुई अर्ब आठ करोड, 
  • युवा तथा खेलकुद मन्त्रालयलाई छ अर्ब आठ करोड विनियोजन, 
  • हरेक प्रदेशमा रोजगारी मेला सञ्चालन गर्ने, 
  • सहकारीका बचतकर्ताको रु. पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने, 
  • सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब नौ अर्ब रुपियाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु. ९५ अर्ब ८१ करोड, 
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु. दुई खर्ब ११ अर्ब विनियोजन, 
  • एआई र मेसिन लर्निङका लागि ‘एआई सेन्टर’ स्थापना गरिने, वैदेशिक लगानी भित्र्याइने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने, 
  • सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने, 
  • हरेक स्थानीय तहमा भूमि बैङ्क स्थापना गरिने, 
  • पाँच लाख परिवारलाई जग्गा धनी प्रमाणपत्र उपलब्ध गराइने, 
  • प्रदेश र स्थानीय तहमा रु. दुई खर्ब ४१ अर्ब ८१ करोड विनियोजन, 
  • उद्योग मन्त्रालयलाई रु. १० अर्ब १४ करोड बजेट,
  • कृषि मन्त्रालयका लागि रु. ५७ अर्ब ४८ करोड, 
  • दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम, 
  • बैङ्क–वित्तीय र सहकारी संस्थाबाट हुने जग्गा रोक्का तथा फुकुवा अनलाइनबाट हुने, 
  • बाली तथा पशु बिमाको प्रिमियममा रु. दुई अर्ब ३० करोड रुपियाँ अनुदान, 
  • १६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र, 
  • विश्वविद्यालयसँग मिलेर शिक्षक बैङ्क स्थापना गरिने, 
  • कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने, 
  • नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउने, 
  • बजेटमा जेनजी पुस्ता : स्टार्टअप उद्योगलाई तीन प्रतिशतमा कर्जा, 
  • उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने ।

२. राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आव २०८१/८२ को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धिदर कुन प्रदेशको रहेको छ ?

➤ गण्डकी प्रदेश 

सात प्रदेशको आर्थिक वृद्धिदर 

  1. प्रदेश वृद्धिदर
  2. गण्डकी ५.५१
  3. बागमती ५.१८
  4. कर्णाली ४.७४
  5. लुम्बिनी ४.७०
  6. मधेश ४.५०
  7. कोशी ३.३४
  8. सुदूरपश्चिम ३.३२
  • सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.३२ प्रतिशत रहेको । 
  • राष्ट्रिय औसत वृद्धिदर ४.६१ प्रतिशत रहेको । 
  • उपभोक्ताको मूल्यमा आधारित कुल गार्हस्थ उत्पादन (जिडिपी) आव २०८१÷८२ मा ६१ खर्ब ७ अर्ब रुपियाँ पुग्ने अनुमान रहेको । 

जिडिपीमा विभिन्न प्रदेशको योगदान (प्रतिशत) 

  • प्रदेश योगदान ९५० गार्हस्थ उत्पादन (जिडिपी)
  1. बागमती ३६.५२ २२ खर्ब ३० अर्ब
  2. कोशी १५.९० ९ खर्ब ७१ अर्ब
  3. लुम्बिनी १४.२३ आठ खर्ब ६९ अर्ब
  4. मधेश १३.१६ आठ खर्ब चार अर्ब
  5. गण्डकी ८.९८ पाँच खर्ब ४८ अर्ब
  6. सुदूरपश्चिम ७.०३ चार खर्ब ३० अर्ब
  7. कर्णाली ४.१९ दुई खर्ब ५६ अर्ब

 

३. मधुपर्क सम्मान २०८२ बाट सम्मानित स्रष्टा को हुन् ?

➤ पद्यतर्फ : त्रिभुवचन्द्र वाग्ले (निमित्त सम्पादक, मधुपर्क), गद्यतर्फ : कथाकार ध्रुव सापकोटा, खुला प्रतिभातर्फ : कथाकार पद्मावती सिंह 

४. गायक तथा सङ्गीतकर गणेश रसिकको निधन कहिले भएको हो ? 

➤ वि.सं. २०८२ जेठ १८ 

५. विश्वविख्यात आरोही कामिरिता शेर्पाले सगरमाथाको ३१ औँ पटक सफल आरोहण कहिले गरेका हुन् ? 

➤ वि.सं. २०८२ जेठ १३ (सन् २०२५ मे २७)

  • कामिरिताले सर्वाधिक सगरमाथाको आरोहणको आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका । 
  • उनले यसअघि विसं २०८१ जेठ ९ मा ३० औँ पटक आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए । 

६. इन्टरनेसनल बुकर पुरस्कार जित्न सफल साहित्यकार को हुन् ? 

➤ भारतीय लेखिका बानु मुस्ताक 

  • भारतीय लेखिका, वकिल तथा सामाजिक अभियन्ता मुस्ताकले लघु कथासङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि सो अवार्ड प्राप्त गरेकी । 
  • उनी बुकर पुरस्कार प्राप्त गर्ने कन्नड भाषाकी पहिलो साहित्यकार हुन् । 
  • सो कथासङ्ग्रहलाई दीपा भास्थीले अङ्ग्रेजीमा अनुवादी गरेकी । 
  • – पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको; जुन लेखक र अनुवादकबिचमा बराबरी बाँडिने । 
  • कन्नड भारतीय राज्य कर्नाटकमा बोलिने भाषा हो । यो भाषा करिब छ करोड ५० हजारले बोल्छन् । 
  • यसअघि सन् २०२२ मा भारतीय लेखिका गीताञ्जली श्रीको ‘टम्व अफ स्यान्ड’ ले इन्टरनेसनल बुकर पुरस्कार जितेको थियो । सो पुस्तक डेजी रोकवेलले हिन्दीबाट अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन् । 

७.  सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ? 

➤ राष्ट्रिय योजना आयोग

  • सरकारले २०८२ कात्तिक महिनाभित्र राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको ।
  • २०८२ जेठ ५ गते बसेको मन्त्रीपरिषद् बैठकले यो कार्ययोजना स्वीकृत गरेको । 
  • उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनका लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मन्त्रीपरिषद्ले स्वीकृत गरेको । 
  • परिषद्मा नास्ट, नार्क, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र, राष्ट्रिय तथ्याङ्क कार्यालय, विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान, निजी क्षेत्र, विद्युत् समूहबाट सदस्य रहने । यसको सहजीकरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गर्ने कार्ययोजनामा उल्लेख । 

 

८. नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?

➤ ९०० 

  • ९०० औँ चरा : छोटो पुच्छ«े समुद्री (सर्ट टेल्ड सियरवाटर) नामक फिरुते चरा । 
  • सम्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका स्थित कोशी बाँध जलाशयमा पौडी खेलिरहेको अवस्थामा देखिएको । 
  • यो नेपालका लागि नयाँ प्रजाति मात्र नभएर समुद्रमा पाइने चराको परिवारको पहिलो रेकर्ड भएको बताइएको । 
  • सो चरा विसं २०८२ वैशाख २० मा देखिएको । 

 

९. नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा कसलाई नियुक्त गरियो ?

➤ डा. विश्वनाथ पौडेल

  • वि.सं. २०८२ जेठ ६ को मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको । 
  • उहाँ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुनुहुन्छ । 
  • डा. पौडेल २०७८ श्रावण १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो । 
  • डा. पौडेलले अमेरिकास्थित ‘युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कले’बाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको ।
  • चीनको साँघाइस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययनसमेत गर्नुभएका गभर्नर पौडेल चीन र अमेरिकाको अर्थतन्त्र समाज र इतिहासका अध्येता पनि हुनुहुन्छ । 

१०. बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँ पालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध कहिले कायम भएको हो ? 

➤ वि.सं. २०८२ जेठ ८ 

 

११.  अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार विश्वको चौथो ठुलो अर्थतन्त्र भएको मुलुक कुन बनेको छ ? 

➤ भारत 

  • आईएमएफले सन् २०२५ मेमा प्रकाशित गरेको प्रतिवेदन अनुसार भारत जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको । 

आइएमएफका अनुसार विश्वका प्रमुख पाँच अर्थतन्त्र: 

  1. अमेरिका  ३०.५१ अमे.ड
  2. चीन  १९.२३ अमेड
  3. जर्मनी ४.७४ अमेड
  4. भारत ४.१८७ अमेड
  5. जापान ४.१८६ अमेड
  • यी राष्ट्रपश्चात् क्रमशः बेलायत, फ्रान्स र इटाली रहेका । 
  • ठुलो जिडिपीले देशसँग बढी आर्थिक स्रोत छन् भन्ने देखाउँछ । 

१२. नेपाल खानेपानी संस्थानको अध्यक्षमा कसलाई नियुक्त गरियो ? 

➤ डा. ढुण्डीराज भट्टराई 

  • नेपाल खानीपानी संस्थान ऐन, २०४६ बमोजिम नियुक्त गरिएको । 
  • २०८२ जेठ १२ को मन्त्रीपरिषद्को निर्णय अनुरूप नियुक्त । 
  • कार्यकाल : तीन वर्ष । 

 

१३. नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ? 

➤ सन् २०२५ मे 

  • स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न सङ्गठनको ७८ औँ महासभाका क्रममा नेपाल दक्षिण पूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मान भएको । 
  • नेपाल अब तीन वर्ष सङ्गठनको कार्य समितिमा रहने । 

 

१४. अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घले कसको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको हो ? 

➤ कृष्ण खतिवडा 

  • विसं २०८२ जेठ ३ मा कृष्ण खतिवडाको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको । 
  • कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष अमिर बगाले र महासचिव अङ्कितराज पाण्डे चयन भएका ।
  • विदेशमा मात्र सञ्जाल रहेको फिनेले बागमती प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरूलाई जोड्ने पहिलो खुड्किलो तयार गरेको ।

 

१५. नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत तथा नियमित महसुल भुक्तानीलाई आधार मानी छनोट गरेको उत्कृष्ट उपभोक्ताको सूचीमा पर्न सफल १० कम्पनी कुन कुन हुन् ? 

➤ सर्वोत्तम स्टिल लिमिटेड, विजयश्री स्टिल्स लिमिटेड, गोयल इस्पात प्रालि, आरती स्ट्रिप्स प्रालि, प्रिमियर स्टिल प्रालि, श्री स्टिल्स प्रालि, होङ्सी सिमेन्ट प्रालि, हुलास वायर इन्डस्ट्रिज लिमिटेड, स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स प्रालि

 

१६. सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ कहिले गरियो ?

➤ वि.सं. २०८२ जेठ ५

  • खानेपानी मन्त्री प्रदीप यादवद्वारा सिंहदरबारमा शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरिएको । 

 

१७.  गौतम वुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको स्थापना कहिले भएको हो ?

➤ वि.सं. २०६२

  • (प्रत्येक पाँच–पाँच वर्षमा प्रदान गरिने गौतम बुद्ध 
  • अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पहिलो पटक विसं २०६५ बुद्ध पूर्णिमाका दिन प्रदान गरिएको ।)

 

प्रस्तुतकर्ता : टङ्क केसी   

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 12
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 13
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 15
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 15
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA