Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन् २०२५ को परादृश्यमा घटेका केहि महत्वपूर्ण घटनाहरु

  • Ajnabee Khadka
  • January 04, 2026
  • 683

सन् २०२५ को परादृश्यमा घटेका केहि महत्वपूर्ण घटनाहरु

Some important events that occurred in the year 2025
क्रम घटना विवरण
१. डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल (२०२५–२०२९) को सुरुवात
  • ४६औँ राष्ट्रपति जो बाइडनको कार्यकाल समाप्त भएपछि ट्रम्प ४७औँ राष्ट्रपतिका रूपमा आए,
  • डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको जितका लागि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा मुख्य प्रतिद्वन्द्वी: अमेरिकी डेमोक्र्याटिक पार्टीका कमला ह्यारिस
  • दोस्रो कार्यकालको सुरुवात: जनवरी २०, २०२५ मा ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिएका,
  • अमेरिकी इतिहासमा शपथ लिने सबैभन्दा वृद्ध राष्ट्रपति बनेका,
२. DeepSeek ऐआई मोडल सार्वजनिक
  • OpenAI o1, GPT-4o, र Claude 3.5 Sonnet मोडललाई प्रतिष्पर्धा दिएको,
  • सिलिकन भ्यालीका ठूला कम्पनीहरूको एकाधिकारलाई चुनौती दिँदै एआई प्रविधिलाई प्रजातान्त्रिक (Democratize) बनाउन ठूलो भूमिका खेलेको,
  • सार्वजनिक मिति: २० जनवरी २०२५
  • विकासकर्ता: चीन (हाङजाउ, चीनमा आधारित स्टार्टअप)
  • ओपन-सोर्स (Open Source) क्रान्तिको सुरुवात,
३. क्याथोलिक चर्चको नयाँ पोप निर्वाचित
  • नाम: पोप लियो १४औँ (जन्म नाम: रोबर्ट फ्रान्सिस प्रिभोस्ट)
  • निर्वाचित मिति: मे ८, २०२५ 
  • क्रम: क्याथोलिक चर्चको २६७औँ सर्वोच्च पादरी (पोप)
  • इतिहासमै पहिलो अमेरिकी (U.S. born) पोप,
  • सन् २०२५ को अप्रिलमा पोप फ्रान्सिसको निधनपछि मे महिनामा सम्पन्न 'कन्क्लेभ' (Conclave) मार्फत कार्डिनल रोबर्ट प्रिभोस्ट नयाँ पोपका रूपमा निर्वाचित भएको,
४. नेपालको पहिलो महिला प्रधानमन्त्री
  • नाम: सुशीला कार्की
  • पदभार ग्रहण: १२ सेप्टेम्बर २०२५ (२७ भदौ २०८२)
  • नियुक्ति गर्ने: राष्ट्रपति रामचन्द्र पौडेल
  • नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री,
५. जापानको पहिलो महिला प्रधानमन्त्री
  • जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित व्यक्तित्व: साने ताकाइची
  • पदभार ग्रहण: २१ अक्टोबर २०२५
  • पार्टी: लिबरल डेमोक्रेटिक पार्टी (LDP)
  • उमेर: ६४ वर्ष (सन् २०२५ मा)
  • जापानकी 'लौह महिला' (Iron Lady of Japan) भनेर पनि चिनिने,
६. भारत-पाकिस्तान चार दिने युद्ध
  • जम्मु-कश्मीरको पहलगाम नजिकै भएको आतंकवादी हमला (२६ जनाको मृत्यु) पछि भारतको 'सर्जिकल स्ट्राइक',
  • अवधि: ४ दिन (७ मे २०२५ मा सुरु भएको,)
  • कोड नाम: अपरेशन सिन्दूर
  • युद्धको प्रकृति: हवाई आक्रमण (Air Strikes), ड्रोन युद्ध र सीमामा सीमित स्थलगत भिडन्त
  • परिणाम: युद्धविराम
७. इजरायल–हमास युद्धविराम
  • लागू भएको मिति: १० अक्टोबर २०२५
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रिय मध्यस्थतामा भएको,
८. इरानमाथि अमेरिकी आक्रमण
  • सन् २०२५ को जुन महिनामा इरान र इजरायलबीचको तनावले युद्धको रूप लिएपछि अमेरिकाले इरानको आणविक केन्द्रहरूमा गरेको प्रत्यक्ष आक्रमण,
  • अपरेसनको नाम: 'अपरेसन मिडनाइट ह्यामर' (Operation Midnight Hammer)
  • आक्रमणको मिति: २१–२२ जुन २०२५
९. जेनजी क्रान्ति" (Gen Z Revolution)
  • नेपाल, बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड (एसिया); केन्या, मोरक्को, माडागास्कर (अफ्रिका); पेरु, मेक्सिको (ल्याटिन अमेरिका); र सर्बिया, टर्की (युरोप) जस्ता राष्ट्रहरुमा युवा पुस्ताले डिजिटल प्लेटफर्मको प्रयोग गरी परम्परागत सत्ता र भ्रष्टाचारविरुद्ध ठूला आन्दोलनहरू गरेका,
१०. चीन-संयुक्त राज्य अमेरिका व्यापार युद्ध
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवातसँगै भन्सार शुल्कमा गरिएको भारी वृद्धि र त्यसको जवाफमा चीनले चालेका कदमहरूले विश्व अर्थतन्त्रमा नयाँ तरंग पैदा गरेको,
  • Tarrif war को रुपमा चिनिने,
  • नोभेम्बर १, २०२५: ट्रम्प र चिनियाँ प्रतिनिधिबीच ऐतिहासिक सम्झौता

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 1
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 5
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 6
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 6
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA