Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दोस्रो जनआन्दोलन २०६२–०६३ र त्यसपछिको राजनीतिक रूपान्तरण

  • Bikash Shrestha
  • June 24, 2025
  • 1867

दोस्रो जनआन्दोलन २०६२–०६३ र त्यसपछिको राजनीतिक रूपान्तरण

The Second People's Movement 2062–063 and the subsequent political transformation

दोस्रो जनआन्दोलन २०६२–०६३ र त्यसपछिको राजनीतिक रूपान्तरण

वि.सं. २०५९ असोज १८ गतेपछि राजा ज्ञानेन्द्रले कहिले लोकेन्द्रबहादुर चन्दलाई त कहिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर आफूखुसी शासन गर्न थाले। यसलाई नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका पाँच दलले ‘शाही प्रतिगमन’ को संज्ञा दिएर विरोधका कार्यक्रमहरू सञ्चालन गर्न थाले।

वि.सं. २०६१ असार १८ गते राजा ज्ञानेन्द्रले प्रतिनिधिसभाको चुनाव २०६१ साल चैत मसान्तभित्र गर्ने शाही आदेशसहित शेरबहादुर देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरे। तर, सो सरकारलाई २०६१ माघ १९ गते बर्खास्त गरी राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरे।

प्रत्यक्ष शासनपछि राजा ज्ञानेन्द्रको कदमको विरोधमा नेपाली कांग्रेस (प्रजातान्त्रिक), संयुक्त वाममोर्चालगायत सात राजनीतिक दलहरू एकजुट भई आन्दोलनको तयारी गरे। २०६२ साल वैशाखमा गठित सातदलीय गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापनासहित नेकपा (माओवादी) को सशस्त्र विद्रोहको राजनीतिक निकास संविधानसभामार्फत खोज्ने साझा प्रतिबद्धता सार्वजनिक गर्‍यो।

यसपछि सातदलीय गठबन्धन र नेकपा (माओवादी) बीच वार्ता सुरु भयो। २०६२ मङ्सिर ७ गते भारतको नयाँ दिल्लीमा नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादीबीच ऐतिहासिक १२ बुँदे सहमति भयो।

यस सम्झौताको आधारमा माओवादीले शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने सहमति जनायो, र शान्तिपूर्ण आन्दोलनको बाटो खुलेको थियो। त्यसपछि २०६३ मङ्सिर ५ गते सातदलीय सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो।

त्यसअघि, २०६२ साल चैत २४ गतेदेखि २०६३ साल वैशाख ११ गतेसम्म १९ दिनसम्म देशव्यापी शान्तिपूर्ण आन्दोलन भएको थियो। यस जनआन्दोलनमा नेपाली जनताको ऐतिहासिक सहभागिताले निर्णायक मोड ल्यायो।

फलस्वरूप, २०६३ माघ १ गते अन्तरिम संविधान, २०६३ जारी गरियो। त्यसपछि राजनीतिक संक्रमण व्यवस्थापन र संविधानसभाको चुनाव गर्ने जिम्मेवारी सात दललाई दिइयो।

वि.सं. २०६४ चैत २८ गते नेपालमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो। यस निर्वाचनबाट ६०१ जना सदस्य चयन भए —

  • २४० जना प्रत्यक्ष निर्वाचनबाट,

  • ३३५ जना समानुपातिक प्रणालीबाट,

  • २६ जना मन्त्रिपरिषद्को सिफारिशमा मनोनीत।

वि.सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। त्यसपछि डा. रामवरण यादव पहिलो राष्ट्रपतिको रूपमा निर्वाचित भए भने परमानन्द झा उपराष्ट्रपति बने।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 12
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 13
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 15
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 15
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA