Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम विश्व युद्ध

  • Ajnabee Khadka
  • February 21, 2026
  • 330

प्रथम विश्व युद्ध

World War I
  • मानव इतिहासको सबैभन्दा विनाशकारी युद्ध, 
  • २० औं शताब्दीका सबैभन्दा महत्त्वपूर्ण घटना,
  • यसलाई "The Great War" पनि भनिन्छ,
  • युद्धको सुरुवात: २८ जुलाई १९१४
  • युद्धको अन्त्य: ११ नोभेम्बर १९१८
  • युद्धको कुल अवधि: ४ वर्ष, ३ महिना र २ हप्ता
  • युद्धको तत्कालिन कारण: अस्ट्रियाका राजकुमार आर्चड्यूक फ्रान्ज फर्डिनान्डको सर्बियामा भएको हत्या,
  • मुख्य पक्षहरू:
    • मित्र राष्ट्र (Allied Powers): बेलायत, फ्रान्स, रूस, इटाली र पछि संयुक्त राज्य अमेरिका
    • केन्द्रीय शक्ति (Central Powers): जर्मनी, अस्ट्रिया-हंगेरी र ओटोमन साम्राज्य

प्रथम विश्व युद्ध: प्रमुख घटनाहरूको कालक्रम (१९१४–१९१९):

मिति प्रमुख घटना विवरण
२८ जुन १९१४ आर्चड्यूक फ्रान्ज फर्डिनान्डको हत्या
  • अस्ट्रिया-हंगेरीका राजकुमार आर्चड्यूक फ्रान्ज फर्डिनान्डको सर्बियाली राष्ट्रवादी ग्यब्रिलो प्रिन्सेपद्वारा हत्या, 
  • यही घटना नै युद्धको तत्कालिन कारण बनेको,
२८ जुलाई १९१४ युद्धको औपचारिक घोषणा
  • अस्ट्रिया-हंगेरीद्वारा सर्बियामाथि आक्रमण,
  • रुसले सर्बियालाई साथ दियो भने जर्मनीले अस्ट्रियालाई,
  • यो घोषणा केवल दुई देशबीचको झगडा मात्र थिएन, यसले डोमिनो प्रभाव (Domino Effect) सिर्जना गरेर पूरा विश्वलाई युद्धको भुमरीमा धकेल्यो,
४ अगस्ट १९१४ बेलायतको प्रवेश
  • जर्मनीले तटस्थ बेल्जियममाथि आक्रमण गरेपछि बेलायतले जर्मनी विरुद्ध युद्धको घोषणा गरेको,
७ मे १९१५ 'लुसिटानिया' जहाज काण्ड
  • जर्मन पनडुब्बीले अमेरिकी यात्रु बोकेको बेलायती जहाज डुबाइदियो, यसले अमेरिकालाई आफ्नो "तटस्थता" (Neutrality) को नीतिबाट बाहिर ल्याउने पहिलो र सबैभन्दा बलियो धक्का पुर्याएको,
  • लुसिटानिया डुबेपछि अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले जर्मनीलाई कडा चेतावनी दिएका; डराएर जर्मनीले केही समयका लागि आफ्नो पनडुब्बी आक्रमण रोक्यो (जसलाई 'Sussex Pledge' भनिन्छ),
फेब्रुअरी–डिसेम्बर १९१६ भर्डनको युद्ध (Battle of Verdun)
  • यो इतिहासकै सबैभन्दा लामो र भयानक युद्धहरू मध्ये एक,
  • पक्षहरू: फ्रान्स विरुद्ध जर्मनी
६ अप्रिल १९१७ अमेरिकाको युद्धमा प्रवेश
  • जर्मनीको 'अनियन्त्रित पनडुब्बी युद्ध' नीति विरुद्ध संयुक्त राज्य अमेरिका मित्र राष्ट्रको पक्षमा युद्धमा प्रवेश,
नोभेम्बर १९१७ रुसी क्रान्ति
  • रुसभित्रै आन्तरिक विद्रोह (बोल्सेभिक क्रान्ति) भएपछि रुस युद्धबाट आधिकारिक रुपमा फिर्ता (Withdrawal)
११ नोभेम्बर १९१८ युद्धविराम (Armistice)
  • जर्मनीद्वारा आत्मसमर्पण,
  • सन् १९१८ नोभेम्बर ११ को बिहान ठिक ११ बजे युद्धका सबै मोर्चाहरूमा गोलीबारी बन्द भएका; यसलाई "११ औं महिनाको, ११ औं दिनको, ११ औं घण्टा" भनिन्छ,
२८ जुन १९१९ भर्सायको सन्धि (Treaty of Versailles)
  • प्रथम विश्व युद्धलाई आधिकारिक रूपमा अन्त्य गर्ने सबैभन्दा महत्त्वपूर्ण र विवादित शान्ति सम्झौता,
  • स्थान: फ्रान्सको पेरिस नजिकैको भर्साय दरबार (Hall of Mirrors)
  • प्रमुख निर्णयकर्ता: "The Big Three" भनिने नेताहरू:
    • वुड्रो विल्सन (अमेरिकाका राष्ट्रपति)
    • डेभिड लोयड जर्ज (बेलायतका प्रधानमन्त्री)
    • जर्ज क्लेमेन्स्यु (फ्रान्सका प्रधानमन्त्री)
  • यस सन्धिले जर्मनीलाई युद्ध सुरु गरेकोमा पूर्ण रूपमा दोषी ठहर गरेको,
  • यसले युद्धको अन्त्य त गर्‍यो, तर यसका सर्तहरूले दोस्रो विश्व युद्धको बीउ रोपेको मानिन्छ,

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 113
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 64
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA