लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
- यो अभियान महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसाहरूलाई मानव अधिकारको गम्भीर उल्लंघन हो भनी जानकारी गराउन, सम्बोधन गर्न र यस विषयमा व्यापक छलफल गर्नका लागि विश्वव्यापी रूपमा सञ्चालन गरिने एक अन्तर्राष्ट्रिय अभियान,
- हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन गरिन्छ,
- नोभेम्बर २५ लाई महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको रूपमा सुरुवात,
- डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस को रूपमा समापन,
- सुरुवात - सन् १९९१ मा वुमन्स ग्लोबल लिडरसीप इन्सिट्युट (Women’s Global Leadership Institute) मा सहभागी महिला अधिकारकर्मीहरूद्वारा,
- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा विसं २०७५, कार्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मनाउन सुरु गरिएको,
- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन् २०२५ को लागि अन्तर्राष्ट्रिय नारा - "UNiTE to End Digital Violence Against All Women and Girls."