Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा शरणार्थी र शरणार्थीका असरहरु

  • Prija Shrestha
  • May 15, 2023
  • 585

नेपालमा शरणार्थी र शरणार्थीका असरहरु

नेपालमा शरणार्थी र शरणार्थीका असरहरु

नेपालमा ढुइ ढेशका शरणार्थी रहेका छन्‌ :

भूटानी शरणार्थी

  • १११० मा भएको भुटान आन्दौलनका कारण नेपाली भाषी भुटानी नागरिकहरु माथी चरम दमन गर्यो त्यहाँको सरकारले । त्यो सहन नसकी नेपालमा शरणार्थीका रुपमा प्रवेश गरेका भुटानी नागरिकहरु पुर्वी नेपालको झापा र मोरङ जिल्लामा आई करिव १ लाखको सँख्यामा बसोबास गरेका थिए |
  • भुटानी शरणार्थीहरुलाई स्वदेश फर्काउने प्रयास असफल भए पश्चात UNHCR को पहलमा स्थानान्तरण स्विकार गर्ने देशहरुको उदारता र नेपाल सरकारको समेत सहयोको कारण बिभिन्न ८ देशमा स्थानान्तरण भएका छन्‌।
  • तेस्रो देश पुनस्थापना कार्यक्रम अन्तर्गत शरणार्थीहरु आहिलेसम्म क्यानाडा ,ब्रिटेन ,नेदरल्याण्ड,अमेरिका,नर्वे,डेनमार्क ,अस्ट्रेलिया र न्युजिल्यान्डमा पनस्थापित छन् ।
  • सन् २००७ बाट सुरु भएको पुनस्थापना कार्यक्रमबाट हालसम्म १ लाख ७ हजारको सँख्यामा भुटानी शरणार्थीहरु तेस्रो मुलुक स्थानान्तरण भैसकेको छन्‌ ।

तिब्बती शरणार्थी

  • १९६० को देशकदेखी नै स्वतन्त्र तिब्बतको माग गरिरहेका धार्मिक नेता दलाई लामाका समर्थकहरु शरणार्थीको रुपमा नेपाल प्रवेश गर्न थाले ।
  • हाल नेपालको बाटो प्रयोग गरी तिब्बतिहरु भारततर्श शरण लिन जाने गरेका छन्‌ । हाल नेपालमा रहेका तिब्बति शरणार्थीको सँख्या १२,५४७ रहेको राष्ट्रिय जनगणना २०६८ बाट देखिएको छ ।

शरणार्थी (Refugee) भनेको के हो ?

  • देशमा चलेको जातिय , धार्मिक युद्ध, द्धन्द्ध,राजनैतिक आन्दोलन तथा सामाजिक टकराव ईत्यादि कारणबाट आफ्नो जिउ, ज्यान, धर्म,सँस्कृतिको सुरक्षाको सन्त्रासबाट आतंकित भएको खण्डमा जवरजस्ति वा वाध्य भएर आफू बसेको थातथलो वा वासस्थान छोडी अन्यत्र सुरक्षाको खोजीमा निस्किएको व्यत्ति वा व्यत्तिहरुको समूह नै शरणार्थी हो ।
  • शरणार्थीहरु आफ्नो स्थानबाट खेदियेपछि सबैभन्दा सुरक्षित स्थानको खोजी गरी सबै प्रकारले आफूलाई संरक्षण दिन सक्ने देशको खोजी गरी सोही ठाउँमा शरण माग गर्दछन्‌ ।
  • विशेषगरी युद्धरत अवस्था ,लडाइँमा रासायनिक हातहतियारको प्रयोग, गृहयुद्ध आदिका कारणबाट शरणार्थी बन्न पुग्छन् ।
  • शरणार्थी समस्य एउटा विश्वव्यापी समस्या हो । यसको विश्वव्यापी समाधान खोजिनु आवश्यक भएकोले सन् १९५१ दोस्रो विश्वयुद्धका कारण शरणार्थी बनेकाहरूको सहयोगका लागि संयुक्त राष्ट्र संघय शरणार्थी आयोग(United Nations High Commission for Refugees-UNHCR) को स्थापना भएको हो ।
  • UNHCR ले शरणार्थी समस्यालाई सम्बोधन गर्ने क्रममा शरणार्थीहरुको वसोवासको व्यवस्था मिलाउने, उनीहरुको सुरक्षाको काम गर्नुका साथै बसोबासको व्यवस्था मिलाउने काममा सहजीकरण गर्दछ ।

शरणार्थीका असरहरु/नेपालमा

शरणार्थी आफैमा ठूलो र गम्भिर समस्या हो । यसर्थ यसको नकारात्मक पक्ष बढी हुन्छन्‌ यद्यपि यसभित्रको सकारात्मकताको खोजि गर्ने हो भने शरणार्थीहरुलाई अपनाउने मुलुकहरुमा केही सकारात्मक असर समेत परेको मूल्याङकन गर्न सकिन्छ ।

क) सकारात्मक असर/प्रभाव

  • सेवा क्षेत्रको विकास एवं विस्तार
  • बजारको विस्तार भएको
  • देशको लागि श्रमशक्ति प्राप्त हुने
  • नयाँ साँस्कृतिक सञ्चरण हुने
  • न्यून ज्यालामा काम गर्ने श्रमिकहरुको उपलब्धता
  • शरणार्थीहरुले नयाँ ज्ञान, सीप,अनुभव र प्रविधि भित्रिइ Synergetic Benefit प्राप्त गर्न सकिने
  • सडक यातायात लगायत अन्य पूर्वाधारहरुको विकास भौएको -UNHCR सहयोगमा।
  • देश विकास र निर्माणमा टेवा पुग्ने
  • तेस्रो देशहरुमा रहेका शरणार्थीहि छ मुद्रा नेपालमा पठाउने गर्दछन्‌ । यसबाट नेपालको अर्थतन्त्रमा सहयोग पुगेको छ
  • बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरुले शरणार्थीहरुको पक्षमा काम गर्ने भएकोले त्यसबाट ठुलो मात्रामा रोजगारी सिर्जना भएको आदी

ख) नकारात्मक असर/प्रभाव

  • वन विनास र वातावरणीय हास हुन पुगेको
  • शरणार्थीहरु सीपयुक्त, सस्तोदरमा काम गर्ने र इमान्दार समेत भएकोले साविकदेखी श्रम गरी जीवनयापन गरिराखेकाहरु जोखिममा पर्दै गएका ।स्थानियलाई श्रम बजार र रोजगारीमा चुनौति थपिएको
  • ठगी, चोरी डँकैति हत्या हिँसा जस्ता अपराधका गतिविधिहरुमा वृद्धि भइ शान्ति सुरक्षामा खलल पुगेको
  • कतिपय शरणार्थीहरुले विवरण ढाँटेर नेपाली नागरिकता लिने गरेको
  • साँस्कृतिक विचलनता र अतिक्रमण हुन सक्ने

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA