Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

(वि.सं. २०८१/०२/१९) विविध सेवा, सहायकस्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको खुला

  • Ajnabee Khadka
  • June 02, 2024
  • 512

(वि.सं. २०८१/०२/१९) विविध सेवा, सहायकस्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको खुला

(वि.सं. २०८१/०२/१९) विविध सेवा, सहायकस्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको खुला

प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश
विविध सेवा, सहायकस्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा

परीक्षा मितिः २०८१।०२।१९

 

विषयः सामान्य ज्ञान

 

1. हरेक वर्ष स्वास्थ्य दिवस कहिले मनाईन्छ?
A. मंसिर ५
B. पौष १२
C. माघ २७
D. फाल्गुन १५

2. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको महिला साक्षरतादर कति रहेको छ?
A. ६५.६%
B. ६९.४%
C. ७४.५%
D. ८६.६%

3. नेपालमा साक्षरतादर सबैभन्दा कम भएको प्रदेश कुन हो?
A. मधेश प्रदेश
B. कर्णाली प्रदेश
C. सुदुरपश्चिम प्रदेश
D. लुम्बिनी प्रदेश

4. राष्ट्रिय गौरवको आयोजना भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाबाट कति हेक्टर भूमिमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ?
A. ४९ हजार हेक्टर
C. ५१ हजार हेक्टर
B. ५३ हजार हेक्टर
D. ४२ हजार हेक्टर

5. उद्योग दिवस २०८० को आदर्श वाक्य के थियो?
A. “उत्पादनमा अभिवृद्धि- नेपालीको संवृद्धि
B. “स्वदेशी उत्पादन र प्रयोगमा जोड दिउँ
C. “स्वदेशी उत्पादन अभियान- उद्यमीको सम्मान”
D. “उत्पादनमूलक उद्योगमा प्राथमिकता- सरकारको प्रतिवद्धता”

6. चालु आर्थिक वर्षको ८ महिनामा गत वर्षको तुलनामा विप्रेषण आप्रवाह कति प्रतिशतले बढेको छ?
A. १२%
B. १५%
C. १८%
D. २१%

7. जिल्लामा रहने संघीय कार्यालय, प्रदेश सरकारी कार्यालय तथा स्थानीय तहबाट सञ्चालन हुने कार्यको समन्वय कुन निकायबाट हुने गर्दछ?
A. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय
B. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
C. जिल्ला समन्वय समिति
D. प्रदेश समन्वय समिति

8. नेपालको शासन प्रणालीको विशेषता तलकामध्ये कुन होईन?
A. लोकतान्त्रिक मूल्य मान्यतामा आधारित शासन प्रणाली
B. बहुदलीय शासन प्रणालीको अवलम्बन
C. प्रत्यक्ष निर्वाचन प्रणाली
D. तीन तहका अदालतको व्यवस्था

9. संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध कुन आधारमा हुने संवैधानिक व्यवस्था छ?
A. सहकारिता, सहअस्तित्व र समन्वय
B. सहकारिता, सहअस्तित्व र सहकार्य
C. सहअस्तित्व, समन्वय र सहकारी
D. समन्वय, सहकारी र सहकार्य

10. संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न संविधान बमोजिम गठित राष्ट्रिय समन्वय परिषदमा प्रदेशस्तरबाट कसको सहभागिता हुने व्यवस्था छ?
A. प्रदेश योजना आयोगको उपाध्यक्ष
B. प्रमुख सचिव
C. प्रदेशको अर्थमन्त्री
D. मुख्यमन्त्री

11. नेपालले औपचारिक रुपमा दिगो विकासका कार्यक्रमहरु कुन आवधिक योजनाबाट कार्यान्वयनको प्रारम्भ गरेको हो?
A. सातौ आवधिक योजना
B. आठौं आवधिक योजना
C. नवौं आवधिक योजना
D. दशौ आवधिक योजना

12. प्रति इकाइ क्षेत्रमा रहेका जीवजन्तु, वनस्पति, प्राणी, जीवाणु आदि सम्पूर्ण वातावरणीय प्रणालीलाई के भनिन्छ?
A. पारिस्थितिक प्रणाली
B. जैविक विविधता
C. पर्यावरणीय प्रणाली
D. माथिका कुनैपनि होईन

13. SAARC का वर्तमान महासचिव गोलाम सरवार कुन देशका हुन्?
A. पाकिस्तान
B. श्रीलंका
C. बंगलादेश
D. अफगानिस्तान

14. नेपालमा कति औं बिमस्टेक सम्मेलन आयोजना भएको थियो ?
A. तेस्रो सम्मेलन, २०१४
B. चौथो सम्मेलन, २०१८
C. पाँचौ सम्मेलन, २०२२
D. छैठौं सम्मेलन, २०२४

15. संयुक्त राष्ट्र संघ WIPO केसँग सम्बन्धित विशिष्टिकृत संस्था हो?
A. हुलाकसँग सम्बन्धित
B. गरिवी निवारणसँग सम्बन्धित
C. वौद्धिक सम्पत्तिसँग सम्बन्धित
D. जलवायु विज्ञानसँग सम्बन्धित

16. चौथो जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार सबैभन्दा कम गरिवीको दर रहेको प्रदेश कुन हो?
A. कोशी
B. बागमती
C. लुम्बिनी
D. गण्डकी

17. असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलन, २०२४ कुन मुलुकमा सम्पन्न भएको थियो?
A. युगाण्डा
B. अजरवैजान
C. क्यूवा
D. मलेशिया

18. युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम २०८० अन्तर्गत कर्णाली प्रदेशबाट महिलातर्फ कसलाई पुरस्कृत गरेको थियो?
A. रजनी कुमारी योगी
B. नन्दा चौधरी
C. विमला खड्का
D. मिरा न्यौपाने

19. राष्ट्रिय तथ्यांक कार्यालयबाट प्रकाशित तथ्यांक अनुसार नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यको आधारमा कति हुने अनुमान गरेको छ?
A. २.५%
B. ३.८७%
C. ४.३%
D. ५.५%

20. Federation of International Football Association (FIFA) को प्रधान कार्यालय कुन देशमा छ?
A. जर्मनी
B. स्वीटजरल्याण्ड
C. फ्रान्स
D. नर्वे

21. नेपालको सबैभन्दा टाढाको पूर्वी बिन्दु कुन हो?
A. च्याङ्ला भञ्ज्याङ्ग
B. चाँदनी दोधरा
C. लोदावारी
D. ओलाचुङ्गोला

22. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पहाडी जिल्लाहरु कतिवटा छन्?
A. २४ वटा
B. २६ वटा
C. २८ वटा
D. २७ वटा

23. मल्ल वंशमा भक्तपुरका अन्तिम मल्ल शासक को थिए ?
A. भूपतिन्द्र मल्ल
B. प्रताप मल्ल
C. जगतप्रकाश मल्ल
D. रणजीत मल्ल 

24. लिच्छवि राजाहरुले कुन किराँती राजालाई हराएर किराँती राज्य आफ्नो हातमा लिएका थिए?
A. यलम्बर
B. गस्ती 
C. हुम
D. पटुक

25. तत्कालीन खसराज्यको विस्तार गण्डक क्षेत्रसम्म फैलिएको दर्शाउने प्राचिन अभिलेख कुन हो?
A. वि.सं. १०३८ को दामुपालको दुल्लु अभिलेख
B. वि.सं. १११४ को संग्राम मल्लको अभिलेख 
C. वि.सं. १३१२ को अशोक चल्लको हुम्ला रेलिङ गुम्बाको अभिलेख
D. वि.सं. १३७८ को आदित्य मल्लको ताधलाई गुम्बाको अभिलेख

26. मोतिराम भट्टको पहिलो कृति कुन हो?
A. नवमन्जरी
B. उर्वशी
C. गजेन्द्रमोक्ष 
D. शिशुबोध

27. “Nepal and Her Neighbors” पुस्तकका लेखक को हुन्?
A. ऋषिकेश शाह
C. डिल्लीरमण रेग्मी
B. भेषबहादुर थापा
D. हिरण्लाल श्रेष्ठ 

28. लोक नाचहरुमध्ये लोकप्रिय ‘सोह्र अंगे’ नाच भनेर कुन नाचलाई चिनिन्छ?
A. वन्गारी
B. झाप्रे
C. भाकाना
D. गरा 

29. मन, वचन र कर्मको संयमलाई के भनिन्छ?
A. त्रिपुट
B. त्रिकुट
C. त्रिदण्ड
D. त्रिबचन

30. भिटामिन र रोगको कुन जोडा मिलेको छैन्?
A. भिटामिन A – रतन्धो
B. भिटामिन B – रिकेट्स
C. भिटामिन C – स्कर्भी
D. भिटामिन B3 – पेलेग्रा

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA