Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • June 19, 2024
  • 757

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. वि.सं. २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? 

  • रु. ६४ अर्ब ५४ करोड

सातै प्रदेशको बजेट : २०८१/८२

➤कोशी

कुल बजेट : ३५ अर्ब २८ करोड

चालु : १४ अर्ब ४७ करोड

पुँजीगत : १६ अर्ब २० करोड

(आव २०८०/८१ : रु. ३६ अर्ब ७४ करोड)

➤मधेश

कुल बजेट : ४३ अर्ब ८९ करोड

चालु : १६ अर्ब ७ करोड

पुँजीगत : २७ अर्ब ८९ करोड

(आव २०८०/८१ : रु. ४४ अर्ब ११ करोड)

➤बागमती

कुल बजेट : ६४ अर्ब ५४ करोड

चालु : २६ अर्ब १० करोड

पूँजीगत : ३६ अर्ब ९४ करोड

(आव २०८०/८१ : रु. ६२ अर्ब ७१ करोड)

➤गण्डकी

कुल बजेट : ३२ अर्ब ९८ करोड

चालु : १३ अर्ब १६ करोड

पूँजीगत : १९ अर्ब ५२ करोड

(आव २०८०/८१ : रु. ३३ अर्ब ८२ करोड)

➤लुम्बिनी

कुल बजेट : ३८ अर्ब ९७ करोड

चालु : ११ अर्ब २४ करोड

पुँजीगत : २४ अर्ब ५९ करोड

(आव २०८०/८१ : रु. ४० अर्ब ४७ करोड)

➤कर्णाली

कुल बजेट : ३१ अर्ब ४१ करोड

चालु : सात अर्ब ५८ करोड

पुँजीगत : १८ अर्ब ७५ करोड

(आव २०८०/८१ : रु. ३३ अर्ब ३७ करोड)

➤सुदूरपश्चिम

कुल बजेट : ३१ अर्ब ६३ करोड

चालु : ११ अर्ब सात करोड

पुँजीगत : १७ अर्ब ५३ करोड

(आव २०८०/८१ : रु. २९ अर्ब २७ करोड)

  • सातै प्रदेशको कुल बजेट : रु. दुई खर्ब ७८ अर्ब ७० करोड
  • आ.व. २०८०/८१ मा कुल बजेट : रु. दुई खर्ब ८० अर्ब ४० करोड

२.  भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा कहिले चयन भएका हुन् ?

  • सन् २०२४ जुन ७
  • दुई कार्यकाल पूरा गरिसकेका विजेपी नेता नरेन्द्र मोदीले जुन ९ का दिन तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी स्वतन्त्र भारतका २० औँ प्रधानमन्त्री भएका छन् । जवाहरलाल नेहरूपछि लगातार तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् ।
  • हालैको लोक सभा निर्वाचनमा एकल बहुमत प्राप्त नभए पछि मोदीलाई एनडिए गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने अवसर मिलेको हो ।
  • ५४३ सदस्यीय लोक सभामा एनडिएलाई २९२ सिट प्राप्त भएको छ ।

३.  इजिप्टमा तेस्रो कार्यकालका लागि चुनिएका राष्ट्रपति को हुन् ?

  • अब्देल फताह एल–सिसी 

४.  मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल नेतृ को हुन् ?

  • क्लाउडिया सेइन वाम (सन् २०२४ जुन)
  • उनले वामपन्थी झुकाव भएको दल ‘मोरेना पार्टी’ को उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी थिइन् ।
  • सन् २०१८ मा उनी मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् र सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो ।

५.  ४३ औँ आसियान शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

  • सन् २०२३ सेप्टेम्वर ४–७, जकार्ता (इन्डोनेसिया) 
  • आसियान शिखर सम्मेलन हरेक २÷२ वर्षमा आयोजना गरिने छ ।
  • आसियानको स्थापना सन् १९६७ फेब्रुअरी २४ मा भएको छ ।

६.  किर्गिजस्तानले राष्ट्रिय प्रतीक चिह्नको रूपमा के घोषणा गरको छ ?

  • हिउँ चितुवा 

७.  कङ्गोको पहिलो महिला प्रधानमन्त्रीका रूपमा चयन हुन सफल राजनीतिकर्मी को हुन् ?

  • जुडिथ सुमिन्वा टुलुका (सन् २०२४ अप्रिल १) 

८.  एल–निनोको कारण सिर्जित खडेरीले गर्दा स्टेट अफ डिजास्टर घोषणा गर्ने देश कुन हो ?

  • जिम्बाब्बे (खडेरीका कारण ८० प्रतिशत भूभाग प्रभावित)

९.  चौथो साङ्घाई कर्पोरेसन अर्गनाइजेसन स्टार्टअप फोरम कहिले र कहाँ सम्पन्न भएको हो ?

  • सन् २०२४ मार्च १९, नयाँ दिल्ली

१०.  इन्टरनेसनल सोलार एलायन्सको गठन कहिले भएको हो ?

  • सन् २०१५ नोभेम्बर ३० 
  • कर्कट रेखा र वृश्चिक रेखाको बिचमा पर्ने सौर्य ऊर्जामा समृद्ध देशहरूको गठबन्धन नै इन्टरनेसनल सोलार एलायन्स हो ।
  • यो एलायन्स गठनको प्रस्तावक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् ।
  • नेपाल सन् २०२२ मा यस एलायन्सको सदस्य (१०६ औँ) बनेको छ ।

११.  लामो रुटको गाडी चलाउने पहिलो नेपाली महिला को हुन् ? 

  • रेबिका साहने 
  • (विवेक स्वच्छ केन्द्र बाल आश्रममा आबद्ध)

१२.  फ्युचर फर नेचर अवार्ड २०२४ बाट सम्मानित हुने नेपाली को हुन् ? 

  • रिन्जिन फुन्जोक लामा
  • लामा हुम्लामा हिउँ चितुवाको संरक्षणमा समुदायसँग कार्य गर्ने संरक्षणकर्मी हुन् ।
  • फ्युचर फर नेचर फाउन्डेसन, नेदरल्यान्ड्सले प्रदान गर्ने सो पुरस्कारको राशि ५० हजार युरो रहेको छ ।

१३.  बिम्स्टेक फ्याकल्टिज एक्स्चेन्ज प्रोगामको आयोजना कहाँ गरियो ?

  • बङ्गलादेश (सन् २०२४ मार्च ३–६)
  • पारस्परिक सहकार्य प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

१४.  विश्वको पहिलो वैदिक घडी कुन हो ?

  • विक्रामादित्य वैदिक घडी 
  • भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको छ ।
  • समय गणना मान ३० घण्टा, एक दिन एवं एक घण्टा, ४८ मिनेट रहेको छ ।
  • यस घडीको उद्घाटन सन् २०२४ फेब्रुवरी २९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको हो ।

१५.  आठौँ एसिया इकोनोमिक डायलग (एइडी) को आयोजना कहिले र कहाँ गरियो ?

  • सन् २०२४ फेब्रुवरी २९–मार्च २, पुने (भारत)
  • (नारा : जिओ–इकोनोमिक च्यालेन्जेज इन एन इरा अफ फ्लक्स)

१६.  ‘पैसाको उडान’ नामक कृतिका लेखक को हुन् ?

  • डा. रवीन्द्र समीर

१७.  तनहुँस्थित बन्दीपुर केबलकार कहिलेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ?

  • वि.सं २०८१ जेठ ३१
  • यो केवलकार गत वैशाख १ गतेदखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो ।
  • तीन चरणको परीक्षणकाल सम्पन्न भएसँगै केवलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र प्राप्त गरेको छ ।
  • केवलकारको प्रति घण्टा पाँच सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

१८.  देशकै लामो झोलुङ्गे पुल कुन हो ?

  • कठाल–मल्हनिया झोलुङ्गे पुल (मल्टिस्पान) 
  • पुलको लम्बाइ १५००.४४ मिटर रहेको छ ।
  • पुलको उद्घाटन विसं २०८० फागुन १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको हो ।
  • यस पुलले सिरहा नपा–१३, मल्हनिया (सिरहा) र जनकनन्दिनी गापा–६, कठाल (धनुषा) जोड्ने छ ।

१९. ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

  • नबिल बैङ्क लि. (सन् २०२४)
  • बैङ्कलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।

२०.  सन् २०२४ जूनमा फ्रान्समा सम्पन्न कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘ग्रान्ड प्रिक्स’ अवार्ड जित्ने फिल्म कुन हो ?

  • भारतीय फिल्म अल बी इम्याजिन एज लाइट (पायल कपाडिया निर्देशित) 
  • कपाडियाको यही फिल्मले ७७ औँ कान्स फिल्म फेस्टिभलमा भारतका लागि ऐतिहासिक सफलता दिलाएको छ । फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड ग्रान्ड प्रिक्स जितेको छ ।

२१.  पपुवा न्युगिनीमा दुई हजारभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ?

  • सन् २०२४ मे २५
  • मुङ्गालो पर्वतको एउटा ठुलो भाग भत्कँदा सयौँ घरहरू पुरिएपछि ठुलो सङ्ख्यामा मानिसको ज्यान गएको छ ।

२२.  पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?

  • सलिना (तेजसराज जोशी निर्देशित) 
  • रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित गरिएको हो ।

२३.  योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?

  • केपी खनाल (सरसफाइ अभियन्ता)
  • इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA