Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • July 03, 2024
  • 722

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले चुम्यो ?

  • भारत (उपविजेता : दक्षिण अफ्रिका)
  • दक्षिण अफ्रिकालाई सात रनले हराएर भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको हो । भारत प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसै गरी भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको छ ।
  • सन् २००७ मा विश्वकप टी–२० को पहिलो संस्करणको उपाधि जितेपछि भारतले अर्को उपाधि जित्न नवौँ संस्करणसम्म कुर्नु प¥यो ।
  • सन् २०११ को एक दिवसीय विश्वकपको उपाधि भारतले जितेको थियो ।
  • च्याम्पियन भारतले ट्रफीसहित २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग¥यो । उपविजेता दक्षिण अफ्रिकाले १२ लाख २८ हजार अमेरीकी डलर पुरस्कार प्राप्त गर्यो ।
  • भारतका विराट कोहली फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
  • भारतकै तेज बलर जसप्रित बुमराह ‘प्लेयर अफ दी टुर्नामेन्ट’ बने ।

२.  नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० कस–कसलाई प्रदान गरियो ?

  • रङ्गमञ्च विधा : वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा 

परम्परागत तथा शास्त्रीय सङ्गीत विधा : वरिष्ठ सङ्गीतज्ञ चन्दनकुमार श्रेष्ठ

लोकसङ्गीत विधा : लोकगायक बोमबहादुर कार्की

सङ्गीत विधा : गायिका तारा थापा

नाटक विधा : नाटककार गोपाल देवान

नृत्य विधा : नृत्य निर्देशक जोगेन्द्र केसी

सम्मानित छ जना स्रष्टा कलाकारलाई जनही एक लाख रुपियाँ प्रदान गरियो ।

३.  नेपाली पत्रकारिता जगत्मा हिम डमरुको उपाधि कसले पाउनु भएको छ ?

  • बालकृष्ण बस्नेत 

४.  नेपालको इतिहासमा पहिलो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरिएका बहालवाला मुख्य सचिव को हुन् ?

  • वैकुण्ठ आर्याल 
  • मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०८१ असार ९ मा मुद्दा दायर गरेको हो ।
  • भ्रष्टाचारको मुद्दा लागेपछि नेपाल सरकारका मुख्य सचिव अर्याल स्वतः निलम्बनमा परेका छन् ।
  • भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार कुनै राष्ट्रसेवक थुनामा रहेको अवधि भर र मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक उक्त मुद्दा किनारा नलागेसम्म स्वतः निलम्बित हुने व्यवस्था छ ।

५.  नेपाल जीवनस्तर सर्वेक्षण, २०२२/२३ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत पुगेको देखिएको छ ? 

  • ७७.४ प्रतिशत
  • क्षेत्रगत रूपमा काठमाडौँ उपत्यकाको सहरी इलाकामा सबैभन्दा धेरै ८९.६ प्रतिशत साक्षरता रहेको छ । यहाँ ९४.७ प्रतिशत पुरुष साक्षर रहेका छन् ।
  • सबैभन्दा कम साक्षरता मधेश प्रदेशको ग्रामीण भेगमा ६२.९ प्रतिशत मात्र साक्षरता रहेको छ । यहाँ ५३.७ प्रतिशत महिला मात्र साक्षर रहेको सर्वेक्षणले देखाएको छ ।
  • प्रदेशगत रूपमा महिला साक्षरता दर सबैभन्दा धेरै बागमती (७६.८ प्रतिशत) प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेश (५९.९ प्रतिशत) मा रहेको छ ।
  • पुरुषमा सबैभन्दा धेरै साक्षरता दर गण्डकी प्रदेश (९१.३ प्रतिशत) मा र सबैभन्दा कम मधेश प्रदेश (७७.९ प्रतिशत) मा रहेको छ ।
  • प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ ।
  • राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

६.  नेपालका प्रथम महालेखा परीक्षक को हुन् ?

  • चन्द्रबहादुर थापा

७.  लोक सेवा आयोग निलम्बनमा परेको समयावधि कुन हो ?

  • वि.सं. २०१७ माघ २५ देखि २०१८ जेठ 

८.  अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो ?

नेपाल अधिराज्यको संविधान, २०१५ 

९.  मधेश प्रदेश सभाले प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक कहिले पारित गरेको हो ?

  • विसं २०८० असार ८
  •  यस्तो विधेयक मुलुककै पहिलो भएको दाबी गरिएको छ ।

१०.  संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसिआर) ले नेपालमा रहेका शरणार्थीको दैनिकी, जीवनचर्या र उनीहरूको दैनिकीलाई सहज बनाउन युएनएचसीआर नेपालले खेलेका भूमिकाहरू समेटी प्रकाशित गरिएको तस्बिर पुस्तक कुन हो ? 

  • व्रिजेज अफ कम्प्यासन : अ फोटोग्राफिक ओडीसी अफ रिफ्युजिज इन नेपाल (सन् २०२४ जून २०)
  • पुस्तकमा विगत तीन दशकभन्दा अघिदेखि नेपालमा रहेका शरणार्थीको दैनिक जीवनयापनलाई सहज बनाउनुका साथै उनीहरूको सुरक्षा र संरक्षणमा नेपाल सरकारसँग मिलेर युएनएचसीआरले पु¥याएको योगदानलाई तस्बिरको रूपमा समेटिएको छ ।
  • शरणार्थीसम्बन्धी घोषणापत्र जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा सन् २००० मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सन् २००१ देखि जुन २० तारिखका दिन विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।

११.  १६ औँ पञ्चवर्षीय योजना अनुसार योजना अवधिमा बाह्रै महिना सिँचाइ उपलब्ध कृषियोग्य जमिनको क्षेत्रफल कति पु¥याउने लक्ष्य लिइएको छ ?

  • ५० प्रतिशत 
  • १६ औँ योजनाले हाल २५ प्रतिशत रहेको सिँचाइ हुने कृषियोग्य जमिनलाई ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।
  • सिँचाइ समस्याको दीर्घकालीन समाधान गर्न पूर्वपश्चिम राजमार्गको समानान्तरमा नहर निर्माण गर्नुका साथै चुरे तथा पहाडी क्षेत्रमा ठुला पोखरी निर्माण गरी वर्षाको पानी सङ्कलन र पुनर्भरणको व्यवस्था गर्ने सरकारको योजना छ ।
  • त्यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा नदीको पानीबाट लिफ्ट सिँचाइ र तराईमा भूमिगत स्रोतबाट पम्प सिँचाइलाई प्रोत्साहन गर्न विद्युत् महसुलमा राज्यले व्यवस्था मिलाउने योजना अगाडि सारेको छ ।
  • सरकारले पाँच वर्षभित्र धान, मकै, गहुँ, आलु, तरकारी बाली, मसला बालीमा आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।

१२.  राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ असार १३ मा प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई–२०८०) को नतिजा अनुसार कति प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ?

  • ४७.८६ प्रतिशत
  • सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ ।
  • यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका छन् ।
  • एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ ।
  • सैद्धान्तिक परीक्षामा न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत ल्याउन नसक्ने परीक्षार्थीको नतिजा एनजी आएको हो ।

१३.  पाचौँ सुदूरपश्चिम स्पोर्टस् अवार्डमा सर्वोत्कृष्ट खेलाडी को घोषित भए ?

  • पुरुषतर्फ : दीपेन्द्र सिंह ऐरी (क्रिकेट) र महिलातर्फ जयन्ती बडु (कबड्डी) 
  • त्यस्तै, कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक बनेका छन् ।
  • वर्ष युवा खेलाडी हेमन्त पाल (भारोत्तोलन)
  • सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट र आइकन महिलामा एथ्लेटिक्सकी देवकी धामी घोषित भए ।
  • लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टले प्राप्त गरेका छन् ।
  • स्पेसल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रूपमा प्राप्त गरेका छन् ।
  • वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको छ ।

१४.  ‘राजजेता पार्क’ बनाउने योजना कुन प्रदेशको हो ?

  • कोशी प्रदेश

१५.  रगत नीलो हुने समस्या के को कमीको कारणले हुन्छ ?

  • पाइरिडोक्सिन

१६.  नागरिक एप सञ्चालन तथा एपमार्फत सेवा प्रवाह गर्ने सम्बन्धमा समन्वय कायम गर्न गठित समन्वय समितिको संयोजक को हुने व्यवस्था छ ?

  • सञ्चार तथा सूचना प्रविधि मन्त्री

१७.  नेपाली भाषामा लेखिएको पहिलो पुस्तक कुन हो ? 

  • अक्षराङ्क शिक्षा

१८.  आव २०८०/८१ मा देशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कुन प्रदेशको रहने अनुमान छ ? 

  • बागमती प्रदेश (३६.४ प्रतिशत), सबैभन्दा कम कर्णाली प्रदेश : ४.३ प्रतिशत

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 123
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA