Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ असार २०८१, बुधबार)

  • Ajnabee Khadka
  • July 10, 2024
  • 465

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ असार २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ असार २०८१, बुधबार)

१.  कौसी क्विन–२०८१ को उपाधि कसले पाइन् ?

  • अञ्जनी जोशी
  • कौसी क्विनको फस्र्ट रनर अप गङ्गादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिरे र थर्ड रनर अपको उपाधि कमलामाया श्रेष्ठले प्राप्त गरे ।
  • बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्धन गर्ने र कौशी खेती गरिरहेकालाई थप प्रोत्साहित गर्ने उद्देश्यका साथ निजी क्षेत्रबाट कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

२.  नेपाल सामुदायिक पुस्तकालय सङ्घको प्रथम बागमती प्रदेश सम्मेलन कहिले सम्पन्न भयो ?

  • वि.सं. २०८१ असार १३ र १४ 
  • सम्मेलनले १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घको आयोजनामा सम्मेलन भएको हो ।

३.  क्यानडा–नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४ मा उत्कृष्ट अभिनेता/अभिनेतृ को घोषित भए ? 

  • अभिनेता: प्रदीप खड्का (फिल्म: प्रेमगीत ३) 
  • अभिनेतृ: मिरुना मगर (फिल्म: जारी) 
  • उत्कृष्ट निर्देशक (फिचर फिल्म): सन्तोष सेन र स्वर्गीय चेतन गुरुङ
  • उत्कृष्ट माउन्टेन फिल्म: प्रेम गीत ३
  • उत्कृष्ट टुरिजम फिल्म: मन्त्र
  • उत्कृष्ट जुरी अवार्ड: विच्छेद
  • उत्कृष्ट कल्चरल फिल्म: जारी
  • सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म: लभ, लस्ट र फाउन्ड (क्यानडा)
  • बेस्ट फिचर फिल्म नेपाल: बुलाकी
  • दुई दिने महोत्सवमा नेपालसहित अमेरिका, क्यानडा, भारत, बङ्गलादेश गरी पाँच देशका चलचित्र सहभागी गराइएको थियो ।

४.  खोटाङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कहिले भएको हो ?

  • वि.सं. २०८१ असार १८ 
  • जिल्लास्थित १० वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चत तथा दिगोपना घोषणा गरेपछि सो घोषणा गरिएको हो ।
  • कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङ पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा हुनेमा चौथो बनेको छ ।

५.  हालै बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुने राजनीतिकर्मी को हुन् ?

  • सर कियर स्ट्यामर (सन् २०२४ जुलाइ ५) 
  • लेबर पार्टीका नेता स्ट्यामर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
  • बेलायतका राजा चाल्र्स तृतीयले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
  • लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ ।
  • बेलायतमा जुलाई ४ मा सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेर सत्तामा पुगेको हो ।
  • विगत १४ वर्षभन्दा बढी समय सत्तामा रहेको कन्जरभेटिभ पार्टीले केवल १२१ सिट मात्र जित्न सक्यो ।
  • ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ ।

६.  इरानको नयाँ राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?

  • मसुद पेजेस्कियन
  • पेजेस्कियनले एक करोड ६० लाखभन्दा बढी मत ल्याए भने उनका प्रतिद्वन्द्वी अल्ट्रा कन्जरभेटिभका सइद जलिलीले एक करोड तीन लाख मत प्राप्त गरे ।
  • निर्वाचनमा ४९.८ प्रतिशत मतदान भएको थियो ।

७.  भारतमा एक धार्मिक मेलामा भएको भागदौडमा १२१ भन्दा बढी मानिसको ज्यान जाने गरी दुःखद घटना कहिले भयो ?

  • सन् २०२४ जुलाई २

८.  २० हजार कैदी अट्ने गरी विशाल कारागारको निर्माण कुन देशले गर्दै छ ?

  • होन्डुरस (सन् २०२४ जुलाई) 

९.  मानव भूगोलका पिता भनी कसलाई चिनिन्छ ? 

  • फ्रेडरिक रिट्जेल

१०. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिले भयो ?

  • वि.सं. २०६९ 

११.  विश्वको कान्छो गणतान्त्रिक मुलुक कुन हो ? 

  • बार्बाडोस

१२.  संयुक्त राष्ट्रसङ्घको पिस बिल्डङ कमिसन (पिबिसी) मा नेपाल कति अवधिका लागि चयन भएको छ ?

  • दुई वर्ष 
  • नेपाल सन् २०२३ जनवरीदेखि लागु हुने गरी दुई वर्षका लागि पिबिसीको सदस्य निर्वाचित भएको छ ।
  • पिबिसीमा नेपालसहित भारत, बङ्गलादेश, इथियोपिया र रुवान्डा पनि सदस्य निर्वाचित भएका छन् ।
  • राष्ट्रसङ्घीय मिसनमा सबैभन्दा धेरै सैनिक र प्रहरी पठाउने देशको सूचीबाट नेपाल पिबिसीमा निर्वाचित भएको हो । शान्ति स्थापना मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने १० मुलुकमध्येबाट पिबिसीमा पाँच मुलुक सदस्य हुने प्रावधान रहेको छ ।

१३.  आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

  • वि.सं. २०७४ मङ्सिर १

१४.  सरकारद्वारा नेपालको परराष्ट्र नीति–२०७७ पहिलो पटक एकीकृत दस्ताबेजका रूपमा कहिले सार्वजनिक गरिएको हो ?

  • वि.सं. २०७७ मङ्सिर २१

१५.  नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?

  • सन् १९७५ 
  • विश्व पर्यटन सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको हो ।
  • यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको छ ।

१६.  विश्वमा हालसम्मकै लामो नाकाबन्दी कुन हो ?

  • अमेरिकाद्वारा क्युवामाथि लगाइएको झन्डै साढे पाँच दशक (सन् १९६१–२०१५) लामो नाकाबन्दी

१७.  पहिलो पटक रोबोट शब्दको प्रयोग गर्ने व्यक्ति को हुन् ?

  • कारेल क्यापेक (चेक नागरिक, सन् १९२१)
  • रोबोट शब्दको उत्पत्ति रोबोटा (चेक शब्द) बाट भएको हो, जसको अर्थ फोस्र्ड लेबर भन्ने हुन्छ ।
  • रोबोटको पूरा रूप -यान्डम अप्टिकल बायनरी अस्किलेटिङ टेक्नोलोजी रहेको छ ।
  • पहिलो ह्युमोनोइड रोबोट एरिक (युके, सन् १९२८) हो ।
  • फादर अफ रोबोटिक्स भनी एन्जेल बर्गेजलाई चिनिन्छ ।
  • नगरिकता प्राप्त गर्ने पहिलो रोबोटको नाम सोफिया (साउदी अरब, सन् २०१८ अक्टोबर २५) हो ।
  • सोफिया रोबोटको डिजाइन ह्यानसन रोबोटिक्सले गरेका हुन् ।

१८.  आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

  • सन् २०२१ जनवरी २२
  • संयुक्त राष्ट्रसङ्घद्वारा यो सन्धि सन् २०१७ मा अनुमोदन गरिएको हो ।
  • यस सन्धिमा १२० भन्दा बढी मुलुकले समर्थन जनाएका छन् ।
  • नेपालका तर्फबाट सन् २०१७ मा यस सन्धिमा हस्ताक्षर भएको छ ।

१९.  मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?

  • मोटोरोला (अमेरिका, सन् १९७३ अप्रिल)

२०.  विश्वमा बढ्दो तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा तल राख्ने गरी वृक्षरोपण, वनजङ्गलको संरक्षण एवं हरियाली वृद्धि जस्ता कार्यव्रmम सञ्चालन गर्ने उद्देश्यका साथ हरित जलवायु कोषको स्थापना कहिले भएको हो ?

  • सन् २०१०
  • यसको प्रधान कार्यालय दक्षिण कोरियामा रहेको छ ।

२१.  नेपाल सरकारले आयात–निर्यात कार्यलाई सहज बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको पोर्टल कुन हो ?

नेपाल ट्रेड 

२२. एटिएम/डेबिट कार्ड प्रयोगमा ल्याउने पहिलो बैङ्क एभरेस्ट बैङ्क हो भने क्रोडिट कार्ड प्रयोगमा ल्याउने पहिलो बैङ्क कुन हो ?

  • हिमालयन बैङ्क
  • इन्टरनेट बैङ्किङ सेवा सञ्चालन गर्ने पहिलो बैङ्क: कुमारी बैङ्क
  • रोबोटको प्रयोग गर्ने पहिलो बैङ्क: एसबिआई बैङ्क
  • क्युआर प्रयोगमा ल्याउने पहिलो बैैङ्क:नबिल बैङ्क
  • मल्टी करेन्सी कार्ड प्रयोगमा ल्याउने पहिलो बैङ्क: सेञ्चुरी बैङ्क

२३.  धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर हो भने गजुर नै नभएको मन्दिर कुन हो ? 

  • अशोक विनायक

२४.  सैपाल हिमाल र उराई भन्ज्याङ कुन जिल्लामा रहेका छन् ? 

  • बझाङ

२५.  तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन भने पाल्पाका अन्तिम राजा को हुन् ? 

  • पृथ्वीपाल सेन 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 90
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 89
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 125
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA