Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु [९ साउन २०८१, बुधबार]

  • Ajnabee Khadka
  • July 24, 2024
  • 468

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु [९ साउन २०८१, बुधबार]

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु [९ साउन २०८१, बुधबार]

१.  नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८३ औँ राष्ट्र कुन हो ? 

➦ किरिबाटी (सन् २०२४ जुलाई १८)

२.  छिन्नलता पुरस्कार २०८० क–कसलाई प्रदान गरियो ? 

➦ गीत: वीरेन्द्र पाठक, सङ्गीत: चण्डीप्रसाद काफ्ले, गायन: मनिला सोताङ र युवातर्फ: गायक भुपु पाण्डे

३.  नेपालकै पहिलो लक्जरी बुटिक द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन कहिले भएको हो ? 

➦ वि.सं. २०८१ साउन ३

  • काठमाडौँको बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको हो।

४.  इतिहासकार प्राडा तुलसीराम वैद्यको निधन कहिले भएको हो ? 

➦ वि.सं. २०८१ साउन २

५. आइसिसी डिजिटल फ्यान इङ्गेजमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड प्राप्त गर्ने राष्ट्र कुन हो ? 

➦ नेपाल

  • सामाजिक सञ्जालमा समर्थकहरूको संलग्नतामा उच्च कार्य गरेको भन्दै आइसिसीले सो अवार्ड प्रदान गरेको हो।

६. नेपाल सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा कसलाई नियुक्त गरियो ? 

➦ वरिष्ठ अधिवक्ता रमेश बडाल (वि.सं. २०८१ साउन ४)

  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
  • बडाल यसअघि २०७७ मा पनि महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो ।

७.  फ्युचर फर नेचर अवार्ड–२०२४ बाट सम्मानित हुने नेपाली को हुन् ? 

➦ रिन्जिन फुन्जोक लामा

  • ५० हजार युरो राशिको सो पुरस्कार फ्युचर फर नेचर फाउन्डेसन, नेदरल्यान्ड्सले प्रदान गरेको हो ।

८.  सार्क साहित्य पुरस्कार २०२३ कसलाई प्रदान गरियो ? 

➦ बङ्गबन्धु शेख मुजिबुर रहमान

९.  संयुक्त राष्ट्रसङ्घले दोस्रो सडक सुरक्षा अभियान दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ? 

➦ सन् २०२१–२०३०

१०.  सरबरिया टोल कृतिका लेखक राजेन्द्र विमल हुन् भने पैसाको उडान कृतिका लेखक को हुन् ? 

➦ रवीन्द्र समीर

११.  दिगो विकास प्रतिवेदन, २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➦ ९५ औँ

१२.  सिसेक्पा तङ्नाम कुन समुदायमा प्रचलित पर्व हो ?

➦ किराँत लिम्बू

किराँत लिम्बू समुदायमा साउने संक्रान्तिलाई सिसेक्पा तङनामका नामले मनाउने गरिन्छ।

१३.  ‘फादर अफ लाइब्रेरी साइन्स’ भनी कसलाई चिनिन्छ ?

➦ यसआर रगनाथ

१४.  सामान्यतया वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लगाइने करलाई के भनेर चिनिन्छ ?

➦ अन्तःशुल्क

  • सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ । अन्तःशुल्क कर खास गरी उत्पादकको तहमा र पैठारीमा लगाइन्छ ।
  • अन्तःशुल्क लाग्ने भनी तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा त्यस्ता वस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निष्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बेलामा लाग्ने कर नै अन्तः शुल्क हो ।

१५.  पाण्डाको औसत उमेर कति हुन्छ ?

➦ २० वर्ष

१६.  सूर्यमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ?

➦ हाइड्रोजन

१७.  आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई के भनिन्छ ?

➦ हरिबोधिनी एकादशी

१८.  ऐतिहासिक एवं धार्मिक महìवको रमणीय स्थल नरसिंह कोट कहाँ रहेको छ ? 

➦ बागलुङ

  • यो स्थानमा नरसिंहकोट, कालिका, नन्देली, भीमसेन र जयन्तीका पाँच छुट्टाछुट्टै मन्दिर रहेका छन् ।
  • यहाँ बडादसैँ, वैशाखे पूर्णिमा र मङ्सिरको पूर्णिमामा दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकको विशेष जमघट हुने गर्छ ।
  • समुद्र सतहदेखि झन्डै पाँच हजार फिटको उचाइमा रहेको यस क्षेत्रबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमालका साथै बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, प्युठान एवं रुकुमका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।
  • चार हजार पर्वतको कोटका रूपमा चिनिने यो क्षेत्रमा वनभोज स्थल, अतिथिगृह, भ्यु प्वाइन्ट र पैदल यात्रालगायतका संरचना निर्माण गरिएको छ ।

१९.  “हाम्रो सबैभन्दा ठुलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एक पटक प्रयत्न गर्नु मात्र हो ।” भन्ने विचारक को हुन्?

➦ थोमस अल्वा एडिसन, वैज्ञानिक

२०.  महान् दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ? 

➦ ग्रिसको एथेन्स सहरमा

२१.  जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो ? 

➦ वि.सं. २००४ असार १

  • संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीले सरकारसमक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए । तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले संस्कृत भाषालाई मृत भाषा भनेकोमा चर्किएको सो आन्दोलन खास गरी शैक्षिक र राजनीतिक उद्देश्यबाट प्रेरित थियो ।

२२.  नेपालकै पहिलो महिला फिफा रेफ्री को हुन् ?

➦ कल्पना शर्मा

२३.  नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सिधा बस सेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

➦ बिबीआईएन इनिसिएटिभ

  • भुटानको थिम्पुमा सन् २०१५ जुन १५ मा यसको सम्झौता भएको हो ।

२४.  नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ भनी चिनिन्छ ?

➦ अमादब्लम

२५.  गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?

➦ सन् १९५५ अगस्ट २७

  • विश्वमा भएका विविध कीर्तिमान उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्ट २७ मा बेलायतको लन्डनमा भएको हो ।

२६.  नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो ?

➦ चुहानडाँडा, तेह्रथुम

२७.  सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?

➦ मकवानपुर

२८.  तमारा छोरी नामक नाच नेपालको कुन जिल्लामा प्रचलित छ ?

➦ लमजुङ

२९.  समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?

➦ स्टेफन हकिङ

३०.  कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?

➦ महाभारत पर्वत

३१.  मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्यहरू थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?

➦ चौबिसे राज्य

३२.  एफटिटीएचको पूरा रूप के हो ?

➦ फाइबर टु द होम

  • नेपाल टेलिकमले दु्रत गतिको इन्टरनेट सेवा एफटिटीएचको शुभारम्भ विसं २०७६ भदौ २३ गते रूपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको छ ।
  • एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याइ ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको छ ।

३३.  क्यालिग्राफी केसँग सम्बन्धित छ ?

➦ सुन्दर अक्षर लेखन कला

३४.  मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?

➦ जेरेन्टोलोजी

३५.  देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश घोषित हुन सफल प्रदेश कुन हो ? 

➦ गण्डकी प्रदेश

  • विसं २०७५ भदौ १३ मा गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषित भएको हो ।

३६.  लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?

➦ विषयपति

प्रस्तुतकर्ता: टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 81
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1590
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 81
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 118
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 121
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA